Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: विराटनगर विमानस्थल बन्द भएपछि भद्रपुरमा उडान थप गरिएको छ। अत्यधिक वर्षाका कारण विराटनगर विमानस्थलले भोलि साँझ ५ बजेसम्म नोटाम जारी गरेको हो। योसँगै यति एयरलाइन्स र बुद्ध एयरले भद्रपुरमा थप उडान गरेका हुन्। बुद्ध एयरले भद्रपुरमा दैनिक ५ उडान गर्दै आएकोमा अब ७ उडान गर्ने भएको हो। यति एयरलाइन्सले पनि भद्रपुरमा थप २ उडान गरिएको जनाएको छ। ‘विराटनगर नजिकैको भद्रपुर विमानस्थलमा उडान थप गरेका छौं,’ यति एयरलायन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने ‘पानी कम भए भोलिबाट मात्रै विराटनगर विमानस्थल सञ्चालन होला।’ अत्यधिक वर्षाले विराटनगर विमानस्थलको रनवेमा पानी भरिएको छ। रनवेको पानी नसुकेसम्म उडान तथा अवतरण गर्न सकिँदैन।
काठमाडौँ: नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । गए रातिबाट कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, वाग्मती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ । भोलि बिहीबारबाट…
काठमाडौँ:मनसुन बिदा भएयताको वर्षाका कारण आएको बाढी तथा गएको पहिरोमा परी अहिलेसम्म ३१ जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन्। गृह मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाले बुधबार बिहान दिएको विवरणअनुसार बाढी तथा पहिरोमा परी ४३ जना घाइते भएका छन् भने ४०० परिवार विस्थपित भएका छन्। बाढी पहिरोमा मृत्यु भएका ३१ मध्ये २२ जना प्रदेश १ का मात्रै रहेको विपद् महाशाखाले जनाएको छ।
काठमाडौं:अविरल वर्षासँगै सुनसरी खोलामा आएको बाढीका कारण सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माणाधीन ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसन डुबानमा परेको छ । सुनसरी खोला नै सबस्टेसनमा पस्दा ठूलो क्षति पुगेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने (चार्ज)लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको थियो । बाढीले सबस्टेसनको कम्पाउण्डवाल बगाएको छ । जडानका लागि राखिएका उपकरणहरु डुवेका छन् । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुवानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी कुलमान घिसिङले बताए। ‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुर्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, जान सक्ने अवस्था छैन, त्यहाँ रहेका कर्मचारी र श्रमिकहरुलाई…
काठमाडौँ: नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले छिट्टै नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक भ्रमण हुने बताएका छन् । भारतसँगको सम्बन्धलाई अझ सुमधुर बनाउन सरकारी स्तरबाट पहल भइरहेका उनले बताए । उनले भने, ‘अहिले रेल्वे वार्ता भएको छ । सीमा सुरक्षा छलफल सुरु भएको छ । विषयगत र विभागीय छलफलहरुले स्वरुप लिएपछि उच्च तहको वार्ता हुनेछ ।’ डा.महतले भारतीय जनता पार्टीको विदेश विभागका प्रमुखको मैत्रीपूर्ण निमन्त्रणमा आफ्नो नेतृत्वमा गएको प्रतिनिधि मण्डलले नेपाल र भारतको सम्बन्ध सुमधुर बनाउने कार्य गरेको बताए । उनले नेकपा एमालेको नेतृत्वमा रहेको पूर्ववर्ती सरकारले भारतसँग देखिएका समस्यालाई सडकमा पसार्ने गरेको तर आवश्यक ठाँउमा चूँ पनि नबोलेको…
काठमाडौँ: नेपालमा भारतको विहार र उत्तर प्रदेश आसपास रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव कायमै रहेको तर यसको प्रभाव पश्चिमबाट पूर्वतर्फ सरेको छ । गत असोज ३१ गतेबाट उक्त प्रणाली सक्रिय हुँदै नेपालको कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अत्यधिक वर्षा र अन्य प्रदेशका केही स्थानमा भारी वर्षा भएको थियो । यसका कारण जनधनको क्षति भएको छ भने भौतिक पूर्वाधारसमेत तहसनहस बनाएको छ । बुधबार रातिबाट भने कर्णाली र सुदूरपश्चिममा उक्त प्रणाली कमजोर भई पूर्वतर्फ सरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रदेश १, २, बागमती र गण्डकीमा आज भारी वर्षाको सम्भावना छ । भोलि…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारलाई सम्मानित सर्वोच्च अदालतको परमादेश र जनादेश दुवै प्राप्त भएको बताएका छन् । उनले सर्वोच्च अदालतले संविधानको व्याख्या गरेर प्रधानमन्त्री बनाउन परमादेश र प्रतिनिधि सभाको १६५ जना सांसदको विश्वास प्राप्त गरेर जनादेश पाएको स्पष्ट पारे । वर्तमान संयुक्त सरकारले सय दिन पूरा गरेको सन्दर्भमा गोरखापत्र दैनिकलाई मङ्गलबार दिएको विशेष अन्तर्वार्तामा प्रधानमन्त्रीले भने– “यो सरकारलाई परमादेश र जनादेश दुवै प्राप्त छ ।” प्रधानमन्त्री देउवाले सङ्क्रमण अन्त्य भएर मुलुक लिकमा फर्किएको र अब संविधान सुरक्षित भएको बताए । उनले एमसीसी अमेरिकाले दिएको विकास अनुदान भएकाले यो नेपालको हितमा रहेको दाबी गर्दै भने– “अब यसमा विवाद गर्नु…
काठमाडौँ: विगत ३ दिनदेखि परेको अविरल बर्षापछि आएको बाढी र पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ । गृह मन्त्रालयकाअनुसार बाढी र पहिरोमा परेर कालिकोट, डडेल्धुरा, डोटी र सुनसरीमा ६ जनाको मृत्यु भएको हो । मन्त्रालयका अनुसार बाढी–पहिरोमा परेर कालिकोटमा १, डडेल्धुरामा १, डोटीमा २ र सुनसरीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । वर्षाका कारण १९ जिल्ला प्रभावित भएका छन् । प्रभावित जिल्लाहरुमा कालिकोट, डडेल्धुरा, कञ्चनपुर, बझाङ, बर्दिया, कैलाली, डोटी, सुनसरी, दैलेख, दार्चुला, बाजुरा र सुर्खेत लगायत रहेका छन् । बाढी र पहिरोबाट प्रभावित ४ वटा घरमा पूर्ण रुपमा क्षति पुगेको छ भने करिव…
महेन्द्रनगर: कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उनकी श्रीमती ४५ वर्षीया मधुराको आज बिहान मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको छ। नजिकैको सामुदायिक वनबाट नौ/दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए। सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ। ‘डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो,’ शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, ‘अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ।’
काठमाडौँ:: बैंकहरुले आफूखुसी मुद्दतीको ब्याजदर बढाएर १० प्रतिशत भन्दा बढी कायम गरेपछि राष्ट्र बैंकले २४ घण्टाभित्र सो ब्याजदर परिवर्तन गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले मंगलबार क, ख र ग वर्गका इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाहरुलाई सो निर्देशन दिएको हो । निर्देशनमा इजाजतपत्र प्राप्त बैंक तथा वित्तिय संस्थाले उप बुँदा (१) र (२) बमोजिमको व्यवस्था २०७८ कात्तिक महिनाको लागि प्रकाशित भइसकेको ब्याजदरमा समेत संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरी सोही मितिबाट लागू गर्न र ५ गते भित्र दैनिक पत्रिकासमेत प्रकाशित गर्न भनिएको छ । निर्देशनमा मुद्दतीमा प्रदान गर्ने ब्याजदरमा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा…
