Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेकपा एमालेको कन्द्रीय सदस्य पद त्यागेर भानुभक्त जोशी एमालेबाटै फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेपछि एमालेका केन्द्रीय सदस्य सूर्य थापाले टिप्पणी गरेका छन्। नेता जोशी एमाले त्याग्दै बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमका बीच नेकपा एकीकृत समाजवादीमा सामेल भएका हुन्। ​एकीकृत समाजवादीमा प्रवेश गरेका एमाले केन्द्रीय सदस्य भानुभक्त जाेशीले के लेखेका छन् राजीनामा पत्रमा? तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार रहेका थापाले नेता जोशीले एमालेमा नरहने संकेत एमालेको केन्द्रीय कमिटीको पछिल्लाे बैठकमै दिएको उल्लेख गरेका छन्। नेता जोशीलगायत केही सदस्यले १० बुँदे कार्यान्वयनमा जोड दिँदा बहानाबाजी मात्रै बनाएको दाबी पनि थापाले गरेका छन्। ‘भानुभक्त जैसी, वल्लो घरको नरे…

Read More

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले आजदेखि १८ वर्षमथिका सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप दिँदैछ। यसअघि खोप केन्द्र रहेका ३२ वटै वडाका केन्द्र र केही थप गरिएका केन्द्रबाट आजदेखि यही असोज २४ गतेसम्म १८ वर्षमाथिको सबै नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा दिइने महानगरपालिकाले जनाएको छ। दसैँ सहितका चाडपर्वमा बढ्न सक्ने कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै खोप अभियान सञ्चालन गरिएको काठमाडौं महानगरपालिकाको जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवरले जानकारी दिए। महानगरपालिकाका ३२ खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट नागरिकले खोप लगाउन सक्नेछन्।

Read More

काठमाडौं: बेलायतले नेपाललाई रेड लिस्ट (रातो सूची)बाट हटाएको छ । बेलायत सरकारले बिहीबार गरेको यो निर्णय आउँदो सोमबारबाट लागू हुने छ । बेलायतले रातो सूचीबाट हटाएपछि नेपालले खुसी व्यक्त गरेको छ । कोरोना संक्रमण नियन्त्रणमा लिने उद्देश्यअनुसार बेलायत सरकारले नेपालसहित ५४ देशलाई रातो सूचीमा राखेको थियो । तर बिहीबार ४७ वटा देश रातो सूचीबाट हटेका छन् । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपाल सोमबारबाट रातो सूचीबाट हट्ने जानकारी ट्वीटरमार्फत दिएकी छन् । तर अझै पानामा, कोलम्बिया, भेनेजुएला, पेरु, इक्वेडर, हाइटी र डोमिनिक रिपब्लिकसहित सातवटा देश बेलायतको रातो सूचीमा कायम छन् । नेपाललाई रातो सूचीबाट हटाएपछि लन्डनस्थित नेपाली दूतावासकी प्रवक्ता…

Read More

काठमाडौँ: आज पनि देशभरको मौसम बदली भएको छ । भारतको पश्चिम बंगाल तथा आसपासतिर अवस्थित न्यून चापीय क्षेत्रको प्रभावले नेपालमा पनि असर परेको महाशाखाले जनाएको छ । सोही प्रभावले अहिले प्रदेश- १ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो मुलुकभर मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । अक्टोबर २ मा बाहिरिसक्नु पर्ने मनसुन बाहिरिन केही दिन लागेकाले पनि वर्षाको क्रम नरोकिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कम्तीमा आगामी आइतबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

Read More

काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले भोलि शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार थपिएका मन्त्रीहरुको अपरान्ह ४ बजे शपथ राखिएको छ। नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी (जसपा) सहितको सत्ता गठबन्धनका शीर्ष नेताहरुले शुक्रबार ३ घण्टा छलफल गरेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति गरेका हुन्। जसअनुसार कांग्रेसलाई प्रधानमन्त्रीसहित ९, माओवादी केन्द्रलाई ५, जसपा र नेकपा (एकीकृत समाजवादी)ले ४–४ मन्त्रालय लिने सहमति गरेका छन्। माओवादी, एकीकृत समाजवादी र जसपाले एक/एक वटा राज्यमन्त्री पाएका छन्।। अहिले मन्त्रालयको संख्या प्रधानमन्त्री सहित २२ छ। संविधान अनुसार २५ वटाभन्दा बढी मन्त्रालय बढाउन पाइँदैन। माओवादी…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित ४ मन्त्रालय पाउने भएको छ । विहीबार बसेको स्थायी कमिटी बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले गठबन्धन सरकारमा आफूहरुले स्वास्थ्यसहित चारवटा मात्र मन्त्रालय पाउने जानकारी दिएका हुन् । सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो भोलि बस्ने केन्द्रीय सचिवालय बैठकले गर्ने उनले बताए । यसअघि पाँच मन्त्रालय र एक राज्यमन्त्रीको दाबी गरेको नेकपा एसले प्रदेशमा दुई मुख्यमन्त्री पाउने भएपछि संघीय सरकारमा चार मन्त्रालयमा पाउने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकमा प्रदेश नम्बर १ र वागमतीको मुख्यमन्त्री नेकपा एसलाई दिने सहमति भएको हो…

Read More

काठमाडौँ: माल्दिवसमा जारी साफ च्याम्पियनशिप फुटबलमा विहीबार भएको भारत र श्रीलंकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यससंगै अंक तालिकामा दुवै खेल बराबरी खेलेकोले भारतको २ अंक मात्रै छ  भने उसको फाइनल पुग्ने सम्भवन लगभग सकिएको छ। नेपाल तालिकाको ६ अंक सहित शिर्ष स्थानमा छ भने आज भएको श्रीलंका र भारतको बराबरी खेलले नेपाललाई फाइनलको ढोका खोल्न झनै सहज भएको छ। अहिले बंगलादेश र आयोजक मल्दिब्सबीच खेल भैरहेको छ। अंक तालिकाको दुई शिर्ष टोलि फाइनल पुग्ने छ। नेपालले भारतसँग भने यही अक्टोबर १० तारिखमा खेल्ने छ ।

Read More

काठमाडौँ: नेपाली काँग्रेसले यो पटक कोजाग्रत पूर्णिमामा चियापान नगर्ने भएको छ । कोरोना महामारीका कारण प्रत्येक वर्ष गर्दै आएको चियापान यो वर्ष नगर्ने निर्णय भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काँग्रेसले बीपी कोइरालाकै पालादेखि दसैँ, तिहार र छठ पर्वको अवसरमा प्रत्येक वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रमको आयोजना गर्दै आएको छ ।

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा थप ८०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० हजार ६७२ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ८ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ७३ हजार जना निको हुँदा ११ हजार २०० जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।

Read More

काठमाडौँ: नेपाल उद्योग परिसंघले बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकोप्रति सरकारको ध्यानाकर्षण गराएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति सरकार र राष्ट्र बैंक चनाखो हुने हो भने यो समस्या तत्काल टर्ने परिसंघको भनाई छ । बैंक तथा वित्तीय संस्था र उद्योगीहरूसँगको छलफलमा हाल बजारमा तरलताको चाप बढ्दै गए पनि यो समस्या दीर्घकालीन नभई तत्कालका लागि मात्र भएको धारणा आएका छन् । यो समस्या समाधान गर्न तत्काल केही कदम नचाल्ने हो भने समस्या विकाराल हुनेमा सजग हुन परिसंघले सम्बद्ध सबै पक्षलाई आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले हाल तरलताको चाप देखिनुको…

Read More