काठमाडौँ:
माल्दिवसमा जारी साफ च्याम्पियनशिप फुटबलमा विहीबार भएको भारत र श्रीलंकाबीचको खेल गोलरहित बराबरीमा सकिएको छ। यससंगै अंक तालिकामा दुवै खेल बराबरी खेलेकोले भारतको २ अंक मात्रै छ भने उसको फाइनल पुग्ने सम्भवन लगभग सकिएको छ।
नेपाल तालिकाको ६ अंक सहित शिर्ष स्थानमा छ भने आज भएको श्रीलंका र भारतको बराबरी खेलले नेपाललाई फाइनलको ढोका खोल्न झनै सहज भएको छ।
अहिले बंगलादेश र आयोजक मल्दिब्सबीच खेल भैरहेको छ। अंक तालिकाको दुई शिर्ष टोलि फाइनल पुग्ने छ। नेपालले भारतसँग भने यही अक्टोबर १० तारिखमा खेल्ने छ ।
Facebook Comments Box