Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले बैंकहरुको मर्जरबाट विकास निर्माणका ठूला परियोजनाहरुमा लगानी गर्न सहज हुने बताएका छन्। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको औपचारिक उद्घाटन गरेपछि सोमबार सम्बोधत्रनका कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। ‘बैंक तथा वित्तीय संस्था मर्जर लगायताका कृयाकलापले ठूला परियोजनामा श्रोत जुटाउन सहज हुनेछ’, उनले भने, ‘यसले अझ बढी वित्तीय दक्षता बढ्ने छ। अर्कातिर वित्तीय क्षेत्रमा देखिने अस्वस्थ प्रतिस्पर्धा पनि हटेर जाने छ।’ उनले सम्बोधनका क्रममा बैंकहरु ठूलो हुँदै जाँदा नागरिकको पहुँचमा कमी आउन दिन नहुने पनि बताए। ‘बैंक तथा वित्तीय संस्थान देशका आर्थिक क्षेत्रका खम्बा हुन्। वित्तीय साक्षरता र स्वरोजगारमा पनि…
विराटनगर: प्रदेश १ को चौथो मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता हिक्मत कुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बेलुका कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री कार्कीको सपथ सोमबार दिउँसो २ बजे हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश नं. १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश नं. १ को प्रदेश सभाको सदस्यका रुपमा कार्की मुख्यमन्त्री नियुक्त भएका हुन् । कार्कीले नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाका संसदीय दलका नेताहरुको समर्थनमा आजै मुख्यमन्त्रीको दाबी पेश गरेका…
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको बताएका छन् । आइतबार बैंक तथा वित्तीय संस्था परिसंघको तेस्रो वार्षिक साधारणसभामा बोल्दै उनले विश्वको अर्थतन्त्र नै अहिले मन्दीमा रहेकोले त्यसको संकेत नेपालमा पनि देखिन थालेको धारणा राखेका हुन् । उनले निरन्तर मुल्यवृद्धि उच्च हुँदै गएको, बाह्य क्षेत्रको चाप निरन्तर गएको बताउँदै नेपाली अर्थतन्त्रमा पनि मन्दीको संकेत देखिन थालेको धारणा राखेका हुन् । उनले सबै निकायहरुले सहकार्य र समन्वय गरेर यो किसिमको चुनौतिलाई परास्त गर्नु पर्ने धारणा राखेका हुन् ।‘अहिले मुल्य स्थीरता कायम गर्नु पर्ने, वाह्य क्षेत्रको दबाव कायमै छ, वित्तीय स्थीरता कायम गर्नु पर्ने पनि…
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि पेट्रोलियम पदार्थको मूल्य घटेको छ । आइतबार साँझ बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले मूल्य घटेको छ । निगमद्वारा जारी विज्ञप्तिअनुसार नयाँ मूल्यसँगै अब काठमाडौं उपत्यकामा पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ। यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो। यस्तै हवाई इन्धनको मूल्य आन्तरिकतर्फ २० र बाह्यतर्फ ३० रुपैयाँ घटेको निगमले जानकारी दिएको छ । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । त्यस्तै नयाँ मूल्यअनुसार…
काठमाडौं: राहदानी विभागले राहदानी वितरणमा देखिएको समस्याको समाधान भइसकेको दाबी गरेको छ । यही पुस १७ मा देखिएको राहदानी वितरणको समस्या आइतबारदेखि समाधान भएको दाबी गरेको हो । विभागले सूचना जारी गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन अनुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई अझै चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । यस्तै विभागले राहदानीको आवेदन दिएकाहरुले राहदानी तयार रहेको म्यासेज मोबाइलमा आएपछि वा नेपाल इपासपोर्ट एपमा राहदानी तयार छ भन्ने जानकारी प्राप्त भएपछि राहदानी लिनका लागि सम्पर्क गर्न पनि सूचनामार्फत भनेको छ ।
काठमाडौँ: नेपाल उद्योग परिसंघले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ मा गरिएको संशोधनले निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको जनाएको छ । चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ संशोधनमा आफ्ना धारणा सार्वजनिक गर्दै परिसंघले राष्ट्र बैंकले गत कात्तिक १ देखि लागू गरेको चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा लचकता देखाउँदै संशोधन गरिनुले वर्तमान अर्थतन्त्रको चुनौतीपूर्ण अवस्थामा निजी क्षेत्रको खस्केको मनोबल उकास्न केही मात्रामा भए पनि सकारात्मक सञ्चार प्रवाह गरेको महशुुस भएको बताएको छ । समृद्धिका साझेदार उद्योगी व्यवसायीहरु हाल कष्टपूर्ण अवस्थाबाट गुज्रिनु परिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ दुई वर्ष पर सार्नुपर्ने…
बुटवल: गुल्मीको रेसुंगा विमानस्थलमा आइतबार तारा एयरले डेमो उडान गरेको छ। रेसुंगा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आईतबार मध्यान्ह तारा एयरको ट्वीनअटर जहाज अवतरण गरेको हो। आईतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको उक्त जहाज ५० मिनेटमा रेसुंगा विमानस्थल पुगेको हो। उक्त विमानमा पूर्वमन्त्री प्रदीप ज्ञवाली, रामकुमारी झाक्री, प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, प्रदेशसभा सदस्य धनेन्द्र कार्की, तारा एयर र नेपाल नागरिक उड्ययन प्राधिकरणका अधिकारी थिए। रेसुंगा विमानस्थलमा पहिलो पटक तारा एयरले उडान भरेको खुसीयालीमा रेसुंगा नपनगरपालिका कार्यालयले आईतबार सार्वजनिक विदा दिएको छ। रेसुंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा सफलतापूर्वक परीक्षण उडान गरिएको र त्यसको खुसीयालीमा…
काठमाडौँ: कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी माघ ३ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा आठ लाख ९६ हजार चार सय कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्ने भएको हो । कम्पनीले आफ्नो जारी पुँजी रु ६० करोड को १८ प्रतिशतले हुने रु १० करोड ८० लाख बराबरका १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो । यसमध्ये १० प्रतिशत अर्थात् एक लाख आठ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ भने पाँच प्रतिशत अर्थात् ५४ हजार कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकेको…
काठमाडौँ: नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले वृद्धि भइ प्रति तोला १ लाख ३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । साथै आज चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रति तोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
काठमाडौँ: प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ। सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। बेलुकीसम्म मुख्यमन्त्रीका लागि दलहरुले दावी पेश गर्ने तयारी गरिरहेका छन्। ९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । प्रदेश एकमा अहिलेको सत्ता साझेदार दलकै सरकार बन्ने सम्भावना छ। नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन्। जहाँ नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । यसैगरी राष्ट्रिय प्रजातन्न पार्टीका ६, नेकपा एकीकृत समाजवादीका चार र जनता समाजवादी पार्टीका एक जना प्रदेशसभा सदस्य…
