Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी प्रतिनिधिमण्डलसँग सोमबार विहान बालुवाटारमा भएको भेटवार्तामा प्रधानमन्त्री देउवाले अर्थमन्त्रालय र राष्ट्र बैंकसँग छलफल गरि समाधान निकाल्ने आश्वासन दिएका हुन् । अर्थतन्त्र जोगाऔ अभियानमा रहेको महासंघकातर्फबाट अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस विषयमा निजी क्षेत्र सहित सबैलाई बोलाएर समस्या समाधानमा नेतृत्व लिने प्रतिवद्धता जनाएका हुन् । शीर्ष नेतृत्वहरूसंग भेटघाटको क्रममा महासंघ प्रतिनिधिमण्डलले यसअघि आइतबारमात्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहालसँग अलग अलग…

Read More

काठमाडौँ: जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । सप्तरीबाट प्रतिनिधि सभामा निर्वाचित सांसद समेत रहेका राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे समेत कुराकानी भएको राउतले बताएका छन् । केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले प्रमुख दलका शीर्ष नेताहरुसँग पनि भेटवार्ता गरिसकेका छन् ।

Read More

काठमाडौँ: सरकारले महाकाली नदीमा भारतले गरिरहेको एकतर्फी तटबन्धका सम्बन्धमा कूटनीतिक नोट पठाएको छ । मंगलबार सो सम्बन्धमा नेपालको धारणासहितको कूटनीतिक नोट पठाइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पुष्टि गरिन् । रातोपाटीसँग कुरा गर्दै लम्सालले भनिन्–‘कुटनीतिक च्यानलमार्फत आज हामीले भारत सरकारलाई नेपालको धारणा समेटिएको कुटनीतिक नोट पठाएका छौँ । हाम्रो सवाल, हामीले गर्नुपर्ने कुराहरु, हामीले भारतीय पक्षलाई भन्नुपर्ने कुराहरू त्यसमा लेखेर पठाएका छौँ ।’ नेपालले काठमाडौंमा रहेको नेपालका लागि भारतीय राजदूतावास मार्फत सो पत्र पठाएको हो । केही दिन यता भारतले दार्चुलास्थित नेपालको सिमानामा रहेको महाकालीको बहाव नेपालतर्फ धकेल्ने गरी भारतीय भूमिमा एकतर्फी बाँध बनाउँदै आएको छ । सो सम्बन्धमा दुई…

Read More

हेटौँडा: हेटौँडा सिमेन्ट उद्योगको विद्युतीय उपकरणको मर्मतसम्भार गरेर सिमेन्ट उत्पादन गर्न अझै एक हप्ता लाग्ने भएको छ। एक साताभित्र सिमेन्टको पुनः उत्पादन सुरु गर्ने लक्ष्य रहेको उद्योगको व्यवस्थापनले जनाएको छ। उद्योगमा प्रयोग हुने चेनको फिल्टर र विद्युतीय मोटर बिग्रिएर केही दिनदेखि सिमेन्ट उत्पादन बन्द गर्नु परेको प्रशासन महाशाखाले जनाएको छ। उद्योगको भण्डारणमा राखिएको गुणस्तरीय सिमेन्टलाई जुटका बारेमा प्याकिङ गरी काठमाडौँ र हेटौँडालगायत विभिन्न सहर आपूर्ति गरिरहेको हेटौँडा सिमेन्ट उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। उनका अनुसार, उत्पादन सिमेन्ट सुपथ मूल्यमा विकास आयोजना, सडक–ढल निर्माण एवम् सर्वसाधारणको आवासगृह निर्माणका लागि उच्च प्राथमिकता दिएर खपत गरिरहेको जानकारी दिए। मकवानपुरमा नेपाल सरकारद्वारा २०३३…

Read More

काठमाडौं: नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य घटेको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६०० रुपैयाँले र चाँदी ३५ रुपैयाँले घटेको हो । आज घटेको मूल्य अनुसार छापावाल सुन प्रतितोला ९९ हजार ३ सय रुपैयाँ र चाँदी १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यको तुलनामा महासघंले यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

Read More

काठमाडौँ: साविक उपविजेता क्रोएसिया कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अल जानुब स्टेडियममा सोमबार राति जापानलाई पेनाल्टी सुटआउटमा ३(१ गोल अन्तरले हराउँदै क्रोएसिया अन्तिम आठमा पुगेको हो । निर्धारित ९० मिनेटमा १–१ को बराबरीमा सकिएको खेलमा थपिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि पेनाल्टी सुटआउटमा पुगेको पुगेको थियो । पेनाल्टी सुटआउटमा क्रोएसिया ३–१ ले विजयी भयो। पेनाल्टी सुटआउटमा क्रोएसियाका निकोला भ्लासिच, मारियो पासालीच र मार्सेलो ब्रोजोभिचले गोल गरे । भने मार्को लिभाजा पेनाल्टीमा गोल गर्न असफल भए । जापानका ताकुमा असानोले गोल गर्दा ताकुमी मिनामिनो, माया योशिदा र कोरु मितोमाले गोल गर्न सकेनन् ।

Read More

काठमाडौं: ब्राजिल फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ। कतारमा सोमबार राति भएको प्रि-क्वाटरफाइनल खेलमा ब्राजिलले दक्षिण कोरियालाई ४-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो। ब्राजिलका लागि खेलको ७औँ मिनेटमा भिनी जुनियरले गोल गर्दै अग्रता दिलाए भने खेलको १३औँ मिनेटमा पेनाल्टीमार्फत् गोल गर्दै नेयमारले अग्रता दोब्बर बनाए। त्यस्तै खेलको २९औँ मिनेटमा रिचार्लिसन र ३६औँ मिनेटमा लुकास पाक्वेटाले गोल गरेपछि ब्राजिलले पहिलो हाफमा ४-० ले अग्रता लियो। खेलको ७६औँ मिनेटमा पाइक सेउङले दक्षिण कोरियाका लागि सान्त्वना गोल गरे। त्यसपछि खेलमा कुनै गोल भएन र ब्राजिलले खेल ४-१ गोलअन्तरले आफ्नो पक्षमा बनाएको हो। यसअघि आजै राति भएको अर्को खेलमा…

Read More

काठमाडौँ: सेयर बजार सोमबार २४.४६ अंक घटेर १९३८.७६ बिन्दुमा झरेको छ । बिहीबार र आइतबार क्रमशः ११.२२ र २.१६ अंकले बढेको बजारमा सोमबार भने उच्च गिरावट देखिएको हो । साताको दोस्रो कारोबार दिन सोमबार कारोबारमा आएकामध्ये २०२ कम्पनीको सेयरमूल्य घटेको छ । २७ कम्पनीको सेयरमूल्य मात्र बढेको छ भने ११ को स्थीर रहेको छ । यस्तै सेन्सेटिभ इण्डेक्स ५.१९ अंक घटेर ३७९.६४ अंकमा झरेको छ । आज २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता सेयर २६ हजार ४७५ वटा संख्यामा खरिद बिक्री भएका छन् । आज कारोबार रकम १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३५ रुपैयाँमा समेटिएको…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष पुुष्पकमल दाहाल (प्रचण्ड) संग आज छुट्छुट्ै भेटगरी मुलुकको अर्थतन्त्र जोखिमोन्मुख रहेकोले जोगाउन नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरयो । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओलीलाई सा“झ उहा“को निवास बालकोट भक्तपुर र नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई विहान उहा“को निवास खुमलटारमा भेट गरेको थियो । सो अवसरमा शीर्ष नेताहरू समक्ष प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र बहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेकोतर्फ…

Read More

काठमाडौँ: सुनचाँदी ब्यवसायीहरुले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति ब्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थको अभावमा ब्यवसाय सञ्चालनमा नै कठीनाई भएको भन्दै उनीहरुले आपूर्ति ब्यवस्थालाई सुधारगर्न आग्रह गरेका हुन्। नेपाल सुनचाँदी ब्यवसायीसंघ चितवनको प्रतिनिधीमण्डलले सोमबार नेपाल सुनचाँदी ब्यवसायी महासंघमा एक ज्ञापनपत्र बुझाउँदै आपूर्ति ब्यवस्था प्रावकारी वनाउन र यसकालागि सरकार सँग आवश्यक समन्वय समेत र्गर्न आग्रह गरेका हुन। महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई ज्ञापनपत्र बुझाउनेक्रममा संघको सो प्रतिनिधीमण्डलले सुनको वितरण प्रणालीमा समेत सुधारगरी समसामयिक र ब्यवहारिक वनाउन आग्रह गरेको छ । संघका अध्यक्ष डा. यमवहादुर विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधीमण्डले सुनचाँदी ब्यवसाय सञ्चालन सम्वन्धी प्रभावकारी ब्यवस्था गर्न समेत आग्रह गर्यो। त्यसक्रममा…

Read More