Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
धनगढी: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग लगाउनेबारे सत्ता गठबन्धनमा अहिलेसम्म कुनै छलफल नभएको बताएका छन् । जबराको राजीनामा मागसँगै महाभियोग लगाउनुपर्ने आवाज उठिरहेका बेला सत्ता साझेदार एक पार्टीका अध्यक्ष नेपालले आज बिहीबार बिहान धनगढीमा पत्रकारहरूसँग यस्तो बताएका हुन् । उनले भने, ‘हामीले महाभियोगबारे छलफल पनि गरेका छैनौँ, म बाहिरको बाहिर छु । हाम्रो पाँच दलको बैठक पनि बसेको छैन ।’ केही दिन अघि मात्र एमाले अध्यक्ष केपी ओलीले प्रतिनिधिसभा पुनःस्थापना फैसला गर्ने सबै न्यायाधीशको राजीनामा माग गरेका थिए । तर, नेपालले उक्त विषय नाजायज र अनुचित भएको बताए । ओलीको अभिव्यक्ति प्रणालीलाई भत्काउने प्रवृत्तिको…
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिहरुबिच भर्चुअल बैठक सम्पन्न भएको छ । बुधवार भएको बैठकमा बिश्व बैंकको सहयोगमा नेपालमा संचालित विकास परियोजनाहरु र जलवायु परिवर्तनको असरका विषयमा छलफल भएको हो । बैठकलाई सम्बोधन गर्दै मन्त्री शर्माले विश्व बैंकको सहयोगमा संचालन हुने उर्जा तथा अन्य पूर्वाधार परियोजना कार्यान्वयनको गति बढाउन सरकारले तदारुकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २६) मा विश्व बैंकको तर्फबाट नेपालको चासो र एजेण्डाहरुको सम्बोधन हुने विश्वास व्यक्त गरे । नेपालले जलवायु परिवर्तनको कारणले ठूलो जोखिम मोलिरहेको उल्लेख गदै मन्त्री शर्माले यतिबेला सरकार बेमौसमी वर्षाले पु¥याएको…
काठमाडौँ: विद्युत् नियमन आयोगले गरिब तथा न्यून आय भएका वर्गलाई लक्षित गरी विद्युत् उपभोक्ता महसुल दर निर्धारण गरेको छ । निर्धारण गरिएको महसुल दर आगामी मङ्सिरको विद्युत् खपतका आधारमा पुस महिनाको बिलमा उल्लेख हुनेछ । विपन्न नागरिकलाई लक्षित गरी पाँच एम्पियरबाट मासिक २० युनिटसम्म खपत गर्ने गार्हस्थ्य वर्गका उपभोक्ताको हकमा ‘इनर्जी’ शुल्क नलाग्ने र न्यूनतम शुल्क रु ३० मात्र लाग्ने गरी महसुल निर्धारण गरिएको आयोगका प्रमुख आयुक्त डिल्लीबहादुर सिंहले जानकारी दिए। उनले भने, “गार्हस्थ्यस्तरमा विद्युत् उपभोग बढाउन तथा उपभोक्तामाझ विद्युत्को उचित मूल्य सुनिश्चित गर्न गार्हस्थ्य वर्गको महसुलमा औसतमा २.८४ प्रतिशतले घटाईएको छ ।” विस्तृत अध्ययन, छलफल, विश्लेषण, सार्वजनिक सुनुवाइ, सरोकारवालाको…
काठमाडौँ: आज बिहीबार देशका पहाडी भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदलीदेखि सामान्यतया मौसम सफा रहनेछ। भोलि शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौँ: आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ। यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले कात्तिक ९ मा पालिका अधिवेशन गर्ने भएपछि प्रतिनिधि सभा बैठक त्यस दिन नगरेर आजका लागि सारिएको थियो। आजको बैठकमा राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेश गर्ने सम्भावित कार्यसूची छ।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवा नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (कोप–२६) को पक्षको २६ औँ सम्मेलनको वल्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा देउवा अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री देउवा त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। अक्टोबर ३१ मा प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालसँग विवेकशील साझाका संयोजक मिलन पाण्डेको समूहले भेटवार्ता गरेको छ । बुधबार विवेकशील साझाका संयोजक पाण्डेको टोलीलाई अध्यक्ष नेपालले आफ्नो निवासमा बोलाएर आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् । एकीकृत समाजवादीमा प्रवेश गर्ने विषयमा पाण्डेसँगै नेता केशव दाहाल, बागमती प्रदेशका सांसद रमेश पौडेल र नेता हरिश भट्टले अध्यक्ष नेपालसँग एक घण्टा लामो कुराकानी गरेका थिए । विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्रसँग संघीयता र धर्मनिरपेक्षाबारे सैद्धान्तिक मतभेद देखिएपछि संयोजक पाण्डेको समूह विकल्पको खोजीमा छ । यसअघि जनता समाजवादीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग छलफल गरेका पाण्डे समूह पछिल्लो समय माधव नेपालसँग नजिकिएको छ ।…
काठमाडौँ: चेकजाँचको क्रममा बुधबार मध्याह्नमा सिंहदरबारभित्र एक राउण्ड गोली फायर भएको छ । राष्ट्रियसभाका उपाध्यक्ष शशीकला दाहालको निजी सुरक्षा गार्ड प्रहरी सहायक निरीक्षक अनुपमा भारतीको साथमा रहेको पेस्तोलबाट एक राउण्ड गोली फायर भएको हो । संसद् सचिवालयको भवन नम्बर २ मा उक्त घटना भएको र त्यसबाट मानवीय क्षति नभएको जनाइएको छ । डियुटी सकेर पेस्तोल चेकजाँच गर्ने क्रममा उक्त गोली फायर प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान जारी रहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिए ।
काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसको निर्वाचन समितिले बुधबार १४ औं महाधिवेशन मंसिर २७ देखि गर्ने प्रस्ताव पेश गरेको । निर्वाचन समितिको आज बसेको बैठकले स्थगित वडा अधिवेशनहरु कात्तिक २७ गतेबाट सुरु गर्ने र प्रदेश अधिवेशन मंसिर १६ र १७ गते गर्ने गरी प्रस्ताव पेश गरेको जनाइएको छ यस्तै, केन्द्रीय महाधिवेशन भने मङ्सिर २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको समितिका संयोजक महादेवप्रसाद यादव जानकारी दिए । यादवका अनुसार पार्टी नेतृत्वलाई प्रस्ताव गरिएको हो र सोहि अनुरुप नै निर्णय हुन्छ होला । कार्यतालिका पारित भएमा सोहि अनुसार सूचनाहरु प्रकाशित हुनेछन, उनले भने ।
हेटौंडा । पाँच दलीय गठबन्धनले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अघि सारेको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले भोलि बिहीबार ३ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्न आह्वान गरेका थिए । पाँच दलीय गठबन्धनले ५९ सांसदको समर्थनसहित एकीकृत समाजवादीका सांसद पाण्डेलाई मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । पाण्डेले ५९ सांसदको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाएका छन् । १०९ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५५ सांसदको समर्थन चाहिन्छ ।
