Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: ‘अर्थतन्त्र जोगाऔं’ अभियान चलाइरहेको नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर मुलुकको अर्थतन्त्र जोगाउन आग्रह गरेको छ। केही दिनअघि पत्रकार सम्मेलन गरेर सरकार र राष्ट्र बैंक समस्याप्रति गम्भिर नहुने हो भने ठूलो संकटमा परिने जनाएको थियो। राष्ट्र बैंकले अर्थतन्त्र सुधारका लागि आफ्नो क्षेत्रबाट सक्ने काम पनि नगरेको भन्दै आक्रोशित रहेको महासंघले निर्वाचनपछि अर्थमन्त्री शर्मालाई भेटेको हो। महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले अर्थतन्त्रमा वहुुआयामिक असर परेको र वहुप्रतिक्षित चालु आर्थिक बर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले समेत विद्यमान समस्या सम्बोधन गर्न नसकेको जानकारी गराएको थियो। अर्थमन्त्रीसँगको भेटवार्ताको क्रममा महासंघका अध्यक्षले राजस्वले साधारण खर्च समेत…

Read More

काठमाडौँ: काभ्रे क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद गोकुल बास्कोटाको घरमा आइतबार बिहानै एक शंकास्पद वस्तु फेला पर्‍यो। भक्तपुरको मनहरा फाँटस्थित बास्कोटाको घरको पर्खालमा शंकास्पद वस्तु देखेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए। लगत्तै, प्रहरीको समन्वयमा नेपाली सेनाको टोली पुगेर उक्त शंकास्पद वस्तु निस्क्रिय पारेको छ। भक्तपुर प्रहरी परिसरका डिएसपी राजु पाण्डेका अनुसार अब फोरेन्सिक ल्याबमा लगेर उक्त शंकास्पद वस्तुको बारेमा अनुसन्धान हुनेछ। शंकास्पद वस्तु फेला पर्दा एमाले पोलिटब्यूरो सदस्य समेत रहेका बास्कोटा भने घरमा थिएनन्। काभ्रेमा आयोजित धन्यवाद सभामा व्यस्त भएका बास्कोटा अहिले आफ्नै गृहनगरमा आयोजित कार्यक्रममा छन्। गत फागुन २८ गते पनि बिहानै पनि उनको घरमा बम विस्फोट भएको…

Read More

अष्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। अर्जेन्टिनालाई जित दिलाउने क्रममा लियोनेल मेस्सी र जुलियान अल्भारेजले १/१ गोल गरे। खेलको ३५ औं मिनेटमा अर्जेन्टिनाका लियोनेल मेस्सीले गोल गर्दै अग्रता दिलाएका थिए भने खेलको ५८ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै टोलीको अग्रता दोब्बर पारेका थिए। यद्यपि ७७ औं मिनेटमा इन्जो फर्नान्डेजको आत्मघाती गोलमा अष्ट्रेलियाले एक गोल उपहार पाएको थियो। यससँगै खेल २–१ को अवस्थामा पुगेको हो। यसअघि २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाटै बाहिरिएको थियो। त्यतिबेला फ्रान्ससँग ४–३ गोल अन्तरमा पराजित भएको थियो। २०१४ मा फाइनलमा पुगे पनि जर्मनीसँग पराजित भएको थियो। २०१० र…

Read More

काठमाडौँ:नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवालाई आगामी सत्ता सहकार्य लागि तयार रहेको सन्देश पठाएका छन् । कांग्रेसका शीर्ष नेता प्रकाशमान सिंहमार्फत ओलीले सत्ता सहकार्यको सन्देश पठाएको बालुवाटार उच्च स्रोतले जनाएको छ । गत आइतबार कांग्रेस नेता सिंह ओलीइलाई भेट्न उनको निवास बालकोट पुगेका थिए । सिंहको सचिवालका अनुसार पहिला प्रधानमन्त्री देउवालाई भेटेर नेता सिंह ओली भेट्न बालकोट पुगेका हुन् । प्रतिनिधिसभा सदस्यमा काठमाडौं– १ बाट निर्वाचित सिंह र झापा– ५ निर्वाचित ओलीबीच बधाइ साटा साटसँग आगामी सत्ता सहकार्यबारे कुराकानी भएको पाइएको छ । ओलीसँग भएको कुराकानीबारे सिंह गएको बुधबार बालुवाटार गएर प्रधानमन्त्री देउवालाई विफ्रिङ…

Read More

काठमाडौँ: कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिगं कर्पोरेशनमार्फत ठेक्का लगाएको २ लाख ५७ हजार मेट्रिक रासायनिक मलमध्ये एक लाख दश हजार मेट्रिक टन आयात भइसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चालु आवमा विनियोजित १५ अर्ब तथा साउन महिनामा अर्थमन्त्रालयबाट थप स्रोत रकम १६अर्बमध्येबाट यो परिमाणमा मल आयात गरिएको हो । जसमध्ये ८६ दशमलब पाँच हजार मेट्रिक टन मल विक्री भइसकेको कृषि मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । जसमध्ये युरिया २१ हजार ७६४ मेट्रिक टन (कृषि सामाग्री कम्पनीको १५ हजार १७९ तथा साल्ट ट्रेडिगंको छ हजार ५८४ मेट्रिक टन) रहेको छ । त्यसैगरि, डीएपी १८ हजार २८६ (कृषि…

Read More

काठमाडौँ: बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्। महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो। उनलाई आजै बैतडीलाई लैजान लागिएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक भोलाप्रसाद रावलले जानकारी दिए। गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो। २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा…

Read More

बाजुरा: एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डे विजयी भएका छन्। उनले ३१ हजार ७ सय ८६ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापा पराजित भए। उनले २६ हजार ३ सय ४९ मत ल्याएका छन्। कांग्रेसका बद्रीले ५ हजार ४ सय ३७ मतान्तरले एमालेका थापालाई हराएका हुन्। राप्रपाका उम्मेदवार जंगकुमार गिरीले २०७ र स्वतन्त्र उम्मेदवार टेकबहादुर बडुवालले ११४ तथा जनसमाजवादी पार्टी नेपालका उम्मेदवार रामबहादुर शाहीले ७३ मत ल्याएका छन्। बाजुराको प्रदेश सभा क्षेत्र १ मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही विजयी भए भने प्रदेश सभा २ मा कांग्रेसका पदमबहादुर शाही विजयी भएका…

Read More

काठमाडौं: आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार पाँच सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आइतबार सुनको मूल्य चार सय रुपैयाँले बढेर तोलाको ९९ हजार पाँच सय पुगेको हो । शुक्रबार सुन तोलाको ९९ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी पनि तोलाको २५ रुपैयाँले बढेको छ । चाँदी शुक्रबार तोलाको १ हजार ३४५ रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ: नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह ३.६ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट ब्रिफ’ रिपोर्ट अनुसार गत वर्षको तुलनामा यस वर्ष रेमिट्यान्स बढ्ने देखिएको हो । सन् २०२१ मा नेपालले ८ अर्ब २० करोड अमेरिकी डलर बराबर रेमिट्यान्स भित्र्याएको थियो । नेपालले रेमिट्यान्समार्फत आउने रकम मुद्दति निक्षेपमा राख्दा अतिरिक्त ब्याज दिने व्यवस्था गरेको, दैनिकरुपमा पठाउन सकिने रकमको सीमा बढाएको र विदेशी मुद्रा बचत खाता खोल्न सकिने व्यवस्था लागू गरेपछि त्यसको सकारात्मक प्रभाव देखिएको पनि रिपोर्टमा उल्लेख छ । कूल गार्हस्थ्य उत्पादन (जिडिपी) आकारको तुलनामा बढी रेमिट्यान्स…

Read More

काठमाडौँ: नेकपा एमालेका नेता गोकुल बास्कोटाको घर अगाडि फेला परेको शंकास्पद वस्तु निस्कृय बनाइएको छ। भक्तपुरको लोकन्थलीमा रहेको बास्कोटाको घर अगाडि प्लास्टिकभित्र राखेको अवस्थामा शंकास्पद वस्तु फेला परेको थियो। घरअगाडि प्लास्टिकभित्र रहेको शंकास्पद प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले निस्कृय बनाएको हो। आज बिहान बास्कोटाको घर अगाडि शंकास्पद बस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानैदेखि प्रहरी परिचालन गरिएको थियो। नेपाली सेना घटनास्थल पुगेर शंकास्पद वस्तु निस्कृय बनाएको हो। उक्त शंकास्पद वस्तु बम नरहेको सेनाको भनाइ छ। २०७६ फागुनमा पनि गोकुलको घर अघि बिस्फोट भएको थियो।

Read More