Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका प्रयोगशालाहरूले अबदेखि कोरोना परीक्षण (आरटी–पीसीआर) शुल्क १२ सय रुपैयाँभन्दा बढी लिए कारबाही गरिने भएको छ। विमानस्थलको सञ्चालन विभागले आइतबार पत्र पठाई विमानस्थल परिसरभित्र रहेका स्टार अस्पताल, टीजी मेडिसिन डिस्ट्रिब्युटर्स प्रालि, क्रिस्टल डाईग्नोस्टिक प्रालि, अल्फा हेल्थ केयर एण्ड डाइग्नोस्टिक, क्लिनिकल एन्ड मोलिकुलर जेनेटिक, कोरोना ट्रेडिङ कम्पनी, सिद्धि पोलिक्लिनिक र विध ल्याबलाई विदेशिने यात्रुको कोरोना परीक्षण गर्दा १२ सय रुपैयाँ मात्र लिन अन्यथा कारबाही गरिने चेतावनी दिएको हो। यसअघि उनीहरूले पीसीआर परीक्षण गर्दा एक जनाबाट २ हजार रुपैयाँसम्म लिने गरेका थिए। पत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसहितले अनुगमन गर्ने क्रममा वीर अस्पतालमा कोरोना परीक्षण…
टोकियो: जापानको टोकियोस्थित अन्डरग्राउण्ड रेलमार्गमा चक्कु र आगोको आक्रमण हुँदा १७ जनाको मृत्यु भएको छ। स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार प्रहरीले यो आक्रमणमा संलग्न भएको आरोपमा २४ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ। मानिसहरु एक पार्टीतर्फ जाँदै गरेको बेला यो आक्रमण भएको हो। प्रत्यक्षदर्शीका अनुसार आक्रमणकारीले मानिसहरुमा स्पे छर्किएर आगो लगाइदिएका थिए। आक्रमणपछि सार्वजनिक भएको भिडियोमा मानिसहरु सब वे मा रेलको झ्याल तोडेर निस्किने प्रयास गरिरहेको देख्न सकिन्छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीका अनुसार यो आक्रमणमा घाइते भएकामध्ये तीनजनाको अवस्था गम्भीर छ। जापानमा हिंसात्मक आक्रमण विरलै हुने गर्छ तर पछिल्लो केही वर्षमा भने यो संख्या बढेको छ। गत अगष्टमा पनि जापानको रेलमा…
काठमाडौँ: आज सोमबार देशका केही भूभागमा वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन गरिएको छ । देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । मंगलबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना…
काठमाडौँ: प्रदेश १ का विपक्षी गठबन्धनले नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको आइतबार बसेको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले अब बन्ने नयाँ सरकारको नेतृत्व राईले गर्ने बताए । मुख्यमन्त्री नियुक्तिपछि मन्त्रालय भागबण्डा लगायत अन्य विषयमा छलफल गर्ने निर्णय गरेको माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । बैठकले प्रदेशका मुख्यमन्त्री भीमप्रसाद आचार्यको विपक्षमा मतदान गर्न सबै दलले सांसदहरूलाई ह्विप जारी गर्ने निर्णय गरेको छ ।…
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूलाई अपमानजनक ढंगले हटाउन खोजेको बताएका छन्। सर्वोच्च अदालतका आन्दोलनरत न्यायाधीशहरूले गठन गरेको वार्ता टोलीसँग आइतवार अपरान्ह छलफलका क्रममा उनले यस्तो बताएका हुन्। आन्दोलित न्यायाधीशहरुले बनाएको तीन सदस्यीय टोलीसँगको छलफलका क्रममा आफूले संवैधानिक र सम्मानजनक बिदाइ चाहेको पनि बताएका छन्। न्यायाधीशहरुले जबराको बिदाइका लागि आइतवार मात्रै आन्दोलनमा समर्थन जनाउन आइपुगेका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र अर्का न्यायाधीश मनोजकुमार शर्मासहितको टोलीलाई छलफलको जिम्मा दिएका थिए। ‘मलाई यहाँबाट अपमानजनक रुपमा निकाल्न खोजे, हटाउने नाममा अनेक षडयन्त्र गरे’, उनले उक्त टोलीसँग भने, ‘म अपमानित भएर त जाँदै जान्न।’ जबराले सम्मानजनक निकासका विकल्प खोज्न पनि न्यायाधीशहरुलाई भनेका छन्।…
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारको पालामा सबैभन्दा धेरै भ्रष्टाचार भएको दाबी गरेका छन् । समाजवादी इन्जिनियरिङ एशोसिएसनको प्रथम राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष नेपालले अहिलेसम्मका सरकारहरुमध्ये एमाले अध्यक्ष ओली सरकारको पालामा सबैभन्दा धरै भ्रष्टाचार भएको आरोप लगाए । उनले भ्रष्टाचार गर्दिनँ भन्ने ओलीले नै भ्रष्टाचारीलाई संरक्षण गरेको टिप्पणी गरे । अध्यक्ष नेपालले हचुवाको भरमा जथाभावि विमानस्थल र हेलिप्याड निर्माण गरेर बजेट खर्च भएको बताउँदै आफू उक्त कुराको विरोधी भएको र पर्यटनमन्त्रीलाई यस्ता कुरामा ध्यान दिन आफूले निर्देश गरेको बताए । कार्यक्रममा श्रममन्त्री किसान श्रेष्ठले सरकारले सकेसम्म नेपालीलाई स्वदेशमै रोजगारी…
काठमाडौँ: बेन्च बहिष्कार गर्दै आएका न्यायाधीशहरूले समस्याको निकासका लागि प्रधानन्यायाधीशसँग पुनः वार्ता गर्ने निर्णय गरेका छन् । सर्वोच्च अदालतका न्यायाधीशहरुको आइतबार बसेको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग सोमबार छलफल गर्ने निर्णय गरेको हो । छलफलका लागि वातावरण बनाउन आइतबार नै केही न्यायाधीशले प्रधानन्यायाधीशसँग भेट गरी बैठकको निर्णयबारे जानकारी दिएको स्रोतले जनाएको छ । प्रधानन्यायाधीशसँगको भेटमा गएका न्यायाधीशहरूले प्रधानन्यायाधीशको धारणासमेत बुझ्ने र त्यसबारे आन्तरिक छलफल गरी सोमबार थप रणनीति बनाइने जनाइएको छ । न्यायाधीशहरुको बैठकले प्रधानन्यायाधीशले राजीनामा दिएर बहिर्गमन हुनु नै उपयुक्त निकास भएको ठहरसमेत गरेको छ । यसका लागि प्रधानन्यायाधीशले केही समय मागेको खण्डमा समय दिने निर्णयसमेत भएको बताइएको…
काठमाडौं: चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण ७५ प्रतिशत सकिएको छ । २०७९ पुसभित्र सक्ने लक्ष्य राखी आयोजनाको निर्माण धमाधम भइरहेको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचनाको निर्माण वर्खा सुरु हुनुभन्दा अगाडि नै सक्ने लक्ष्य राखिएको छ । विद्युतगृह भवन निर्माण आगामी पुसभित्र र ७.२ किलोमिटर सुरुङमध्ये खन्न बाँकी ४१५ मिटर तीन महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी महाभूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना नेपाल भारत सीमा नाकामा भएको अवरोध, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, गत वर्षको असारमा निर्माणस्थल…
काठमाडौँ: साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २ प्रतिशतले बढेको छ । गत साता ९ प्रतिशत बढेको नेप्से वृद्धिलाई साथ दिनेगरी यो साताको पहिलो दिन नै सूचक २ प्रतिशतले वृद्धि भएको हो । नेप्सेमा आएको बढोत्तरीले बैंकिङ्ग बाहेक सबै उपसमुहका सूचकमा हरियाली छाएको छ भने कारोबार रकममा पनि वृद्धि भएको छ । कारोबारमा आएका एक दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशतले बढ्दा शेयर बजारका लगानीकर्ता उत्साहित बनेका छन् । बजार खुलेको सुरुवाती दश मिनेटसम्म बढेको नेप्से त्यसपछि केही घटेपनि आधाघण्टा नपुग्दै पुनः उकालो लाग्न थालेको थियो । अन्तिममा नेप्से परिसूचक ५५.५० अंकले बढेर २८३७.६१ बिन्दुमा पुगेको हो । नेप्से १.९९ प्रतिशतले…
काठमाडौँ: पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ५१८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८९९ जनामा गरिएको कोरोना परीक्षणमा ४०८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ८ जनाले ज्यान गुमाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ । यस्तै हालसम्म कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७…
