Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: विद्युत् अभावमा कुनै बेला मुलुकमा १८ घण्टासम्म लोडसेडिङ हुन्थ्यो। तर, आजभोलि दैनिक ४ सय मेगावाट विद्युत् त्यसै खेर गइरहेको छ। यसबाट प्राधिकरणले मासिक झन्डै साढे दुई अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। तर, विद्युत् प्राधिकरणसँग खेर गइरहेको विद्युत्लाई प्रयोगमा ल्याउने ठोस योजना नै छैन। साउन, भदौ र असोजमा रातको समय दैनिक ३ सय ५० देखि ४ सय मेगावाटसम्म ९करिब साढे ७ अर्ब रुपैयाँ बराबर० विद्युत् खेर गइरहेको नेपाल विद्युत् प्राधिकरणले बताएको छ। विद्युत्को उत्पादन बढे पनि आन्तरिक बजारमा खपतको मात्रा बढ्न सकेको छैन। बाह्य बजारमा निर्यात पनि हुन सकेको छैन। गत साउनबाट ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना राष्ट्रिय…
काठमाडौँ: देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाइने भएको छ। छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउने तयारी छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउने तयारी गरेको छ। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन लागिएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख केदार पराजुलीले भिटामिन ‘ए’ छ महिनादेखि ११ महिनासम्मका बालबालिकालाई एक लाख युनिट र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई दुई…
काठमाडौँ: नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण फुटबल खेल आज हुँदैछ । नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले इन्डोनेसियाको यू-२३ टिमसँग ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा साँझ ५:४५ बजे खेल्दैछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ ।
काठमाडौँ: नेपालमा असर गर्ने उलेखनीय मौसमी प्रणाली नबनेकाले तत्काल ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र वाग्मती प्रदेशका एकदुई स्थानहरुमा हल्का वर्षा भइरहे पनि अन्यत्रको मौसम सामान्य रहेको महाशाखाले जनाएको छ । महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो प्रदेश- १, २, वाग्मती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली रहनेछ । प्रदेश १, वाग्मती र गण्डकीका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ । आज राति प्रदेश १, वाग्मती, गण्डकीसहितका सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का…
काठमाडौँ: नेपाल चेम्बर अफ कमर्सले ब्याजदरमा राष्ट्र बैंकको हस्तक्षेपकारी नीतिलाई स्वागत गरेको छ । राष्ट्र बैंकले निक्षेपको ब्याजदर नियन्त्रणको लागि परिपत्र गरेको बिषयमा ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले बिहीबार एक विज्ञप्ति जारी गर्दै वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएकोमा यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनको स्वागत गरेको हो । ‘गत महिनाहरुमा बैंकहरुले दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन र सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा एक प्रतिशत विन्दुले कम हुनुपर्ने भनि दिएको निर्देशन…
काठमाडौँ: पहिलो पटक साफ च्याम्पियनसिप फुटबलमा उपविजेता भएको नेपाली टोली विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) ले सार्वजनिक गरेको नियमित वरीयतामा एक स्थान तल झरेको छ । बिहीबार फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६९औँ स्थानमा पुगेको छ । यसअघि नेपाली टोलीको वरीयता १६८औँ रहेको थियो । दक्षिण एसियाको वरीयतामा आठौँ पटक साफ च्याम्पियन भारत १०३ औँ स्थानसहित शीर्षस्थानमा छ । दोस्रो स्थानमा रहेको माल्दिभ्सको १५६औँ स्थानमा छ । नेपाल तेस्रो स्थानमा रहँदा भुटान १८६ औँसहित चौथो स्थानमा छ । यस्तै, १८७ औँ स्थानसहित बंगलादेश दक्षिण एसियामा पाँचौँ स्थानमा रहँदा फिफा प्रतिबन्धमा रहेको पाकिस्तान १९७ औँ स्थानमा छ । साफमा…
काठमाडौँ: नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको छ । यसअघि विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बुटवलमा महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । तर, बिहीबार बसेको स्थायी कमिटी बैठकले मंसिरमा तय महाधिवेशनको स्थान चितवन तोकेको हो । स्थायी कमिटी सदस्य विष्णु रिमालले बिहीबारको स्थायी कमिटी बैठकबाट महाधिवेशन मूल व्यवस्थापन सिमिति २१ सदस्यीय बनाइएको जानकारी पनि दिएका छन् । महाधिवेशन मूल व्यवस्थापन समिति संयोजकमा स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ छन्। समितिको सदस्यहरु सुरेन्द्र पाण्डे, योगेश भट्टराई, विष्णु रिमाल, काशीनाथ अधिकारी, राजन भट्टराई, देवी ज्ञवाली, विनोद श्रेष्ठ, सीता पौडेल, आनन्द पोखरेल, कपिल पोखरेल, कृष्णभक्त पोखरेल, पार्वती रावल रहेका…
काठमाडौँ: बागमती प्रदेशमा रहेका विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेलाई अगाडि सारेका छन्। आज प्रदेश सभामा बोल्दै नेकपा माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता शालिकराम जमरकट्टेलले नेकपा (एकीकृत समाजवादी) का नेता पाण्डेलाई गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएको जानकारी गराएका छन्। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत मागेपछि बोलेका माओवादी केन्द्रका संसदीय दलका नेता जमरकट्टेलले मुख्यमन्त्रीमा पाण्डेलाई प्रस्ताव गर्ने निर्णय भएको प्रदेश सभामा बताएका हुन्। नेकपा एमालेकी नेतृ शाक्य मुख्यमन्त्री भएको दुई महिना भएको छ। उनी अल्पमतमा परेकी छिन्। उनले गठबन्धनका तर्फबाट नयाँ सरकार बन्ने भएकोले मुख्यमन्त्रीबाट शाक्यले राजीनामा दिनुपर्ने पनि बताएका छन्।
धनगढी: बाढी र पहिरोको अवस्था बुझ्न सुदूरपश्चिम भ्रमणमा आएका प्रधानमन्त्री शेरबहादुर देउवा प्रभावित क्षेत्रमा नपुगी फर्केका छन् । बिहीबार डोटी हुँदै बझाङ पुगेका प्रधानमन्त्री देउवाले बझाङको थलारा गाउँपाकिला–४ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यतालिका थियो । तर पहिरो प्रभावित क्षेत्रको हेलिकोप्टरबाटै अवलोकन गरेर उनी बैतडीतर्फ लागेका छन् । बझाङका प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीका अनुसार प्राविधिक कारणले पहिरो गएको क्षेत्रमा हेलिकोप्टर अवतरण हुन नसकेपछि प्रधानमन्त्री देउवाले आकासबाटै पहिरो अवलोकन गरेका हुन् । ‘थलाराको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टर ३–४ पटक अवतरण गर्ने प्रयास गरियो,’ प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले भने, ‘तर असफल भएपछि उहाँ बैतडीतर्फ जानु भएको छ ।’
काठमाडौ:नेपालमा पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८६ जनाको पीसीआर परीक्षणमा ४७० र १ हजार ९६३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ७२६ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
