Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: अस्ट्रेलियाको क्रिकेट एसिटीमाथि नेपालले ४१ रनको जित निकालेको छ। मंगलबार बिहान भएको खेलमा टस जितेर एसिटीले पहिला फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गरेको थियो। सुरुमा ब्याटिङ गरेको नेपालले आठ विकेटको क्षतिमा १७७ रन बनायो। नेपालका लागि ओपनर आशिफ शेखले अर्धशतक हिर्काए। ३९ बल खेल्दा उनले ६९ रन बनाएका हुन्। कप्तान रोहित पौडेलले २८ बलमा २६ रन बनाउँदा आरिफ शेखले १८ बलमा २४ रन जोडे। नेपालका अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्। १७८ रनको चुनौती पछ्याएको एसिटी १७.२ ओभरमा १३६ रन बनाएर अलआउट भयो। नेपाल क्रिकेट सङ्घ (क्यान) काअनुसार नेपालले अगस्ट २६ देखि ३० तारिखसम्म क्रिकेट एसिटी र साउथ…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गेका छन् । उनले नेपाली हिन्दू महिलाको महान् पर्व हरितालिका (तीज), २०८२ का अवसरमा आज सामाजिक सञ्जालमार्फत शील, सौजन्य र उदारताको पर्व हरितालिका तीजको सबैलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भनेका छन्, ‘संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस् । सबै दिदीबहिनीहरूलाई हरितालिका तीजको मङ्गलमय शुभकामना !’ प्रधानमन्त्री ओलीले तीजलाई प्रायः गीत-नृत्यको पर्वका रूपमा मात्रै बुझ्ने गरिएको जनाउँदै तर यसको मूल सम्बन्ध व्रत, संयम र आत्मअनुशासनसँग गहिरो रूपमा जोडिएको बताएका छन् । ‘प्राचीनकालमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै…

Read More

काठमाडौं: देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय १८.१ प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । आव २०८१/८२ मा खुद…

Read More

काठमाडौँ: आर्थिक वर्ष २०८१/८२ मा विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.२ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकको प्रतिवेदन अनुसार अहिलेसम्मकै धेरै १७ खर्ब २३ अर्ब २७ करोड रेमिटेन्स भित्रिएको हो। अघिल्लो आर्थिक वर्ष रेमिटेन्स १६.५ प्रतिशतले बढेको थियो। उक्त वर्ष १२ खर्ब ६४ करोड रेमिटेन्स आएको थियो। २०८२ असार महिनामा मात्रै एक खर्ब ८९ अर्ब ११ करोड रेमिटेन्स भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा एक खर्ब १७ अर्ब ७८ करोड रेमिटेन्स भित्रिएको थियो। समीक्षा वर्षमा अमेरिकी डलरमा रेमिटेन्स आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आय १५ खर्ब ७१ अर्ब २४ करोड थियो। राष्ट्र बैंकका अनुसार…

Read More

काठमाडौं: गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो । अघिल्लो आर्थिक वर्ष महँगी ५.४४ प्रतिशत थियो । ०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०८१ असार महिनामा यस्तो महँगी ३.५७ प्रतिशत रहेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घिउ तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उपसमूहको मूल्य सूचकांक…

Read More

काठमाडौं । राष्ट्रिय सभाले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ पारित गरेको छ । लामो समयदेखि नागरिकताविहीन नागरिकका समस्या सम्बोधन गर्ने लक्ष्यका साथ ल्याइएको नेपाली नागरिकता (दोस्रो संशोधन) विधेयकले विशेष गरी आमाको नामबाट नागरिकता प्राप्त गर्न देखिएका व्यवधानलाई हटाउने र केही नयाँ व्यवस्था प्रस्ताव गरेको छ । विधायन व्यवस्थापन समितिले पेस गरेको प्रतिवेदनसहित पारित भएको विधेयकमा बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको स्वघोषणाको आधारमा वंशजको नागरिकता पाउनेदेखि नाबालकका लागि परिचयपत्रको व्यवस्था गर्नेसम्मका महत्त्वपूर्ण प्रावधान समेटिएका छन् । आमाको स्वघोषणामा वंशजको नागरिकता विधेयकको सबैभन्दा महत्त्वपूर्ण व्यवस्थाका रूपमा बाबुको पहिचान हुन नसकेका सन्तानलाई नागरिकता दिने प्रक्रियालाई सहज बनाइएको छ । विधेयकको प्रतिवेदन…

Read More

गोरखापत्रको प्रकाशक र सम्पादक पनि हुन् बझाङ । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्म जयन्ती आज मनाइँदैछ । उनको जन्म जयन्तीको अवसरमा आज बझाङ जिल्ला सहित देशका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको छ । जयपृथ्वीको जन्म ७ भदौ १९३४ मा बझाङमा भएको थियो । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै, सिंहको प्राकृत व्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट १९६९ मा प्रकाशित भएको थियो । नेपालका दोस्रो गौतमबुद्धका नामले परिचित सिंहले लेखेको नेपाली भाषाको पुस्तक अक्षराङ्क मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना,…

Read More

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस…

Read More

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । हाल बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको…

Read More

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न…

Read More