Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलकाे मूल्य भने घटेको छ । साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपैयाँले बढाइएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।

Read More

काठमाडौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षको बजेटले लिएका उद्देश्यहरु पूरा गर्ने गरी लाग्न निर्देशन दिनु भएको छ ।मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस पटकको बजेट यथार्थपरक रहेकाले आर्थिक वृद्धि, पूँजीगत खर्च, राजस्व संकलन लगायतका लक्ष्यहरु पूरा गर्नका लागि अहिलेदेखि सकृय भएर लाग्न निर्देशन दिनुभयो । औषत प्रयासले लक्ष्यहरु पूरा गर्न नसकिने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले कार्यशैली बदल्न जरुरी रहेको बताउनुभयो । उहाँले समस्यहरुमा अल्झिने भन्दा समाधानका लागि सकारात्मक भूमिका निर्वाह गर्न र नतिजालाई ध्यान आग्रह गर्नुभयो ।निजीक्षेत्रको मनोबल बढाउनल अध्यादेश, नीति तथा कार्यक्रमहरुले ल्याइएको, संवादलाई बढाइएको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसबारे थप…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले मन्त्रालयका आगामी योजनाहरू र समस्याहरूको समाधानको लागि सकारात्मक दृष्टिकोण अपनाउन आग्रह गर्नु भएको छ। शुक्रबार मन्त्रालयमा आयोजित “आर्थिक वर्ष २०८१/०८२को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक” मा मन्तव्य राख्नु हुँदै मन्त्री खड्काले भन्नुभयो- “यो मन्त्रालय प्रत्यक्ष उत्पादन र सिधा रोजगारी र उत्पादनसँग जोडिएको छ। लगानी गरेपछि प्रतिफल दिने मन्त्रालय हो, जसले उत्पादन, रोजगारी र मुनाफाका माध्यमबाट देशलाई ठूलो फाइदा पुर्याउँछ।” उहाँले समयमै आयोजना सम्पन्न नगर्दा लागतमा वृद्धि र ढिलासुस्तीको असर पर्नसक्ने कुरा उल्लेख गर्दै, ठूला आयोजनाहरूको तिव्रताका साथ अघि बढाउनु पर्ने आवश्यकता औंल्याउनु भयो। “जलाशययुक्त…

Read More

काठमाडौं: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पारिवारिक खेतिलाई जीवनयापनको साधन मात्र नभई सम्मानजनक, नाफामूलक, र दिगो पेशा बनाउन पर्ने आवश्यक रहेको बताउनुभएको छ । कृषि तथा पशूपन्छी विकास मन्त्रालय , कृषि तथा खाद्य संगठन एफएओ नेपाल लगायत साझेदार संस्थाहरुको संयुक्त आयोजनामा ललितपुरमा आयोजित पारिवारिक खेती सम्बन्धी क्षेत्रीय कार्यशाला गोष्ठीलाई सम्वोधन गर्दे मन्त्री अधिकारीले करिब ६०% जनसंख्या प्रत्यक्ष कृषि व्यवसायमा संलग्न रहेको र ०.६ हेक्टर प्रति कृषक परिवार औषत जोत जमिन भएको नेपाल जस्तो देशमा पारिवारिक खेती केवल आर्थिक गतिविधि मात्र नभई हाम्रो संस्कृति, परम्परा र खाद्य सुरक्षा सुनिश्चित गर्ने प्रमुख आधार समेत रहेको बताउनुभयो। कृषि क्षेत्रमा काम गर्दे आएका…

Read More

काठमाडौं: भारत सरकारले थप २०० मेगावाट विद्युत खरिदका लागि सहमति प्रदान गरेको छ । भारतले नेपालका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादन भएको विजुली किन्ने सहमति दिएको हो । यसअघि अनुमति प्राप्त ८१०.९ मेगावाट र थपिएको २०० मेगावाट गरी कुल भारत निर्यात क्षमता १०१०.९मेगावाट पुगेको छ । बंगलादेश निर्यातको ४० मेगावाट सहित नेपालको कुल निर्यात स्विकृति १०५०.९ मेगावाट पुगेको छ । पछिल्लो पटक साउन २६ गते भारत सरकारबाट प्राप्त स्विकृति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर सम्मको लागि हो । यस अन्तर्गत लिखु-२, लिखु खोला ए ,लोअर सोलु, ठूलो खोला ,सुपर कावेली खोला ए र सुपर कावेलि खोलाबाट उत्पादन भएको विद्युत पर्दछ…

Read More

काठमाडौँ: कैलालीको धनगढीस्थित कारागारमा भइरहेको असहज परिस्थितीलाई लिएर गृहमन्त्री रमेश लेखकले शनिबार सुरक्षा निकायका प्रमुखहरुलाई छलफलका लागि बोलाएका छन्। कैदीबन्दीबीच झडपपछि उत्पन्न परिस्थितीका विषयमा छलफल गर्न मन्त्री लेखकले शनिबार बेलुकी ४ बजे गृह मन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुलाई बोलाएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा गृहसचिब गोकर्णमणि दुवाडी, सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख सहसचिव आनन्द काफ्ले लगायत सहभागी हुनेछन्। कैदीबन्दीबीच गएराति एकआपसमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। स्थानीय प्रशासनका अनुसार झडपमा घाइते भएकाहरुको धनगढीमै उपचार भइरहेको छ।

Read More

काठमाडौँ:नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले अनुसन्धानका नाममा सरकारलाई नागरिकको ‘बेडरुम’सम्म पुग्ने अधिकार नभएको बताएका छन्। सरकारले ल्याएको ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स) तथा अनुसन्धानका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को मस्यौदाप्रति आपत्ति जनाउँदै सांसद शर्माले फोन संवाद सुन्नु, रेकर्ड गर्नु व्यक्तिको गोपनीयताको हक हननको विषय भएको टिप्पणी गरे। ‘यो विधेयक नागरिकको आफ्नो स्वतन्त्र ढंगले व्यवहार गर्ने विषय दुरुपयोग हुने र व्यक्तिगत स्वतन्त्रता हनन गर्ने, व्यक्तिगत स्वतन्त्रतामा सरकारले हस्तक्षेप गर्ने, गर्लफ्रेन्ड र ब्वाइफ्रेन्डको कुराकानीसम्म पनि सरकारको पहुँच देखियो’, न्युज एजेन्सी नेपालसँग उनले भनेका छन्, ‘नेपालको संविधानले दिएको गोपनीयताको हकबमोजिम त दुरुपयोग हुनसक्ने अवस्था देखियो। यसमा सबैको ध्यानाकर्षण हुनुपर्छ।’ उनले अगाडि…

Read More

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आज सुरु हुँदैछ। लिगमा सहभागी ८ क्लब छन्। दोस्रो सिजनको एनपीएलको अक्सनमा १६४ खेलाडीको नाम छ। यीमध्ये ३७ जनामाथि क्लबहरूले बोली लगाउनेछन्। नेपाल क्रिकेट संघ क्यानले खेलाडीहरूलाई विभिन्न श्रेणीमा विभाजन गरेको छ। यीमध्ये पहिलो सिजनमा ए श्रेणीमा रहेका ६ खेलाडीलाई क्लबले रिलिज गरेको छ। यी ६ खेलाडीलाई यसपटक कसले भित्र्याउलान् भन्नेमा सबैको चासो छ। गत सिजन चितवन राइनोजमा रहेका शरद भेषावकर यसपटक उनलाई कुनकुन क्लबले बोली लगाउँछन् भन्ने चासो छ। त्यस्तै ए श्रेणीमै रहेका अर्जुन साउद र सूर्य तामाङलाई पनि लुम्बिनी लायन्सले रिलिज गरेको छ। उनीहरूलाई कुन क्लबले किन्छ त्यसका लागि अक्सननै पर्खिनु पर्ने…

Read More

काठमाडौँ: नेपाल प्रिमियर लिगको अक्सन सूचीमा १४ खेलाडी थप गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले यसअघि सार्वजनिक सूचीमा छुटेका १४ जना खेलाडी थप गरिएको बताए। ‘समेट्नै पर्ने केही खेलाडी सूचीमा छुटेछन्। अनि, फ्रेन्चाइज टोलीसँग सल्लाह गरेर १४ जना थप गरिएको छ। अक्सनमा १६४ खेलाडी हुन्छन्,’ प्रवक्ता लामाले भने। शनिबार ललितपुरको बालकुमारीस्थित रोयल ट्युलिपमा हुने मिनी अक्सनमा १६४ जना खेलाडीको नाम समावेश हुनेछ। त्यसमध्येबाट ८ वटा फ्रेन्चाइज टोलीले आफ्नो बजेट र आवश्यकता अनुसारका खेलाडी लिन सक्नेछन्। हरेक टोलीले १२ जना नेपाली खेलाडी अनुबन्ध गर्न ९० लाख रुपैयाँसम्म खर्च गर्न पाउनेछन्। प्रत्येक टोलीले दोस्रो सिजन पनि ट्यालेन्ट हन्टबाट…

Read More

काठमाडौँ: प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ। पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन्। तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, बिचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेकोे रक्षाबन्धनको परम्परा हालसम्म…

Read More