Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौंः अब क्यान्सर उपचारमा प्रयोग हुने दुर्लभ र अत्यावश्यक औषधि निःशुल्क उपलब्ध हुने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् ।नेपालमा उपलब्ध नभएका कारण उपचारका लागि विदेश जानुपर्ने समस्या कम गर्न मन्त्री पौडेलको विशेष पहलमा अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषधी सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो भाग नेपाल आइपुगेको हो ।यसअघि मन्त्री पौडेलले त्यस्ता औषधी प्राप्त गरेर सरकारी अस्पतालमा निःशुल्क उपलब्ध गराउने निर्णय गरेका थिए ।डाइरेक्ट रिलिफले वन हर्ट वल्र्डवाइड संस्थामार्फत नेपाल सरकारलाई पठाएको सहयोग हस्तान्तरणका लागि आयोजित कार्यक्रममा बोल्दै मन्त्री पौडेलले औषधी अभावमा विदेश गएर महँगो खर्च गनुपर्ने बिरामीको समस्या कम गर्न लामो मेहनत पछि सफलता…
बुटवल: काठमाडौँबाट दाङ जाँदै गरेको बस आइतबार बिहान कपिलवस्तुमा दुर्घटना भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका-९ मा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मोहनमणि अधिकारीका अनुसार लु. प्र ०२००१ ख ००४५ नम्बरको बस बिहान ४ बजे दुर्घटनामा परेको हो । बसमा ३० जना चढेकोमा २९ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरी सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटा पठाइएको छ । केहीलाई त्यहाँबाट बुटवल रिफर गरिएको छ । घाइते भएका २९ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । अन्य २० जनाको अवस्था मध्यम र ६ जना सामान्य घाइते भएको डीएसपी…
काठमाडौं:काठमाडौं महानगरपालिकाले आज (आइतबार) आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याउने भएको छ । गत शुक्रबार बसेको कार्यपालिका बैठकको निर्णयअनुसार आइतबार बजेट ल्याउन लागिएको हो । बजेट प्रयोजनका लागि दिउँसो २ बजे नगरसभा बैठक बोलाइएको छ । नगरसभा अघि बिहान ११ बजे कार्यपालिका बैठक बस्नेछ । शुक्रबार महानगर प्रमुख बालेन्द्र साहको अध्यक्षातामा बसेको कार्यपालिका बैठक एक मिनेटमै सकिएको थियो । आज (आइतबार)का लागि कार्यपालिका बैठकको घोषणा गर्दै महानगर प्रमुख साह बैठक कक्षबाट बाहिरिएका थिए । राजश्व परामर्श समितिको बैठकले आर्थिक वर्ष २०८२–०८३ का लागि २५ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट सीमा निर्धारण गरेको छ ।
काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तोलामा १ लाख ९१ हजार ८०० रुपैयाँ कायम भएको छापावाल सुन आइतबार बढेर तोलामा १ लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको हो । यस आधारमा आइतबार छापावाल सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँ वृद्धि भएको हो । यस्तै आइतबार चाँदीको मूल्य तोलामा २ हजार २८५ रुपैयाँ पुगेको छ । शुक्रबार भने चाँदी तोलामा २ हजार २२० रुपैयाँमा कारोबार भएको थियो ।
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को १४औँ वार्षिकोत्सव समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री खड्काले सरकारले कम्पनी मोडेलमा गठन गरेको एचआईडीसीएलले अहिलेसम्म खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले अघि बढ्न आग्रह गर्नुभयो। उहाँले २५ मेगावाट भन्दा कम क्षमताका आयोजनालाई बाईपास गर्न नहुने उल्लेख गर्दै, “साना र मझौला आयोजनाले पनि ऊर्जा विकासमा महत्वपूर्ण योगदान दिएका छन्, त्यसलाई बेवास्ता गर्न सकिँदैन,” भन्नुभयो। उहाँले नीति परिमार्जनमार्फत साना लगानी र कम…
काठमाडौँ: प्रधानमन्त्रीे केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रमा सुधार भएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री ओलीले गतवर्षको तुलनामा यसवर्ष एक खर्ब आठ अर्बले राजस्व बढेकाले अर्थतन्त्रमा प्रष्ट सुधार देखिएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले यही असार २६ गतेसम्म रु १० खर्ब ९७ अर्ब राजस्व सङ्कलन गरिएको जानकारी दिनुभयो । “अर्थतन्त्रमा प्रष्ट सुधार ! हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार चार खर्ब बढेर ६१ खर्ब पुगेको छ । राजस्व गत वर्षभन्दा एक खर्ब आठ अर्ब बढेको छ । पुँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी । आर्थिक वृद्धिदर ४ दशमलव ६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३ दशमलव ८७ प्रतिशत,”…
काठमाडौँ: नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले शुक्रबार आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीति शेयर बजारका लागि बम्पर सावित हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले सेयर धितोमा एक व्यक्तिलाई २५ करोड रुपैयाँसम्म कर्जा दिने घोषणा गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै सेयर बजारप्रति उदार देखिएका हुन् । यसअघि १५ करोड रहेको सेयर धितो कर्जाको सीमा १० करोडले बढाएर २५ करोड रुपैयाँ पुर्याइएको हो । यसको पहिलो कारण शेयर धितो कर्जामा केन्द्रीय बैङ्कले व्यक्तिका लागि सीमा बढाइदिनु हो । संस्थागतको हकमा सीमा हेरफेर नगरे पनि गभर्नर…
काठमाडौं: नेपाल राष्ट्र बैंकले सजगतापूर्वक लचिलो कार्यदिशासहित आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याएको छ । समग्र माग अभिवृद्धि गर्न र निक्षेपको ब्याजदर ऋणात्मक हुन नदिन सजगता अपनाउने गरी मौद्रिक नीतिको कार्यदिशा तय गरिएको गभर्नर डा. विश्वनाथ पौडेलले बताए । गभर्नर पौडेलले सार्वजनिक गरेको पहिलो मौद्रिक नीतिमा नेपाल सरकारको आर्थिक वृद्धिको लक्ष्य ६ प्रतिशत पूरा गर्न विदेशी विनियम सञ्चिति पर्याप्तता ७ महिनाको बस्तु तथा सेवा आयात गर्न पुग्नेगरी कायम राख्दै मुद्रास्फीति ५ प्रतिशत राख्ने मौद्रिक नीतिको लक्ष्य रहेको बताए । मौद्रिक तरलता र विदेशी विनियम नीतिलाई सोही अनुसार व्यवस्थापन गर्ने लक्षय रहेको उनले बताए । उनले सरकराले लिएको आर्थिक वृद्धिको लक्ष्य…
काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०८२÷८३ को मौद्रिक नीतिमार्फत विदेशी विनिमय व्यवस्थापनसम्बन्धी केही व्यवस्थामा परिमार्जन र नयाँ व्यवस्था गरेको छ । मौद्रिक नीतिमा भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई हाल प्रतिपटक अमेरिकी डलर दुई हजार ५०० सम्म सटही सुविधा उपलब्ध गराउने व्यवस्था रहेकामा यस्तो सटही सुविधा वृद्धि गरी अमेरिकी डलर तीन हजार कायम गरिने उल्लेख छ । यसैगरी, बङ्गलादेश र श्रीलङ्कालगायत विदेशी मद्राको कारोबार बढ्दै गएका मुलुकहरूका मुद्रालाई परिवत्र्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगिने पनि राष्ट्र बैङ्कले जनाएको छ । विप्रेषण कारोबारमा प्रयोग हुने विनिमय दर (फेडान रेट) लाई आवश्यकतानुसार पुनरावलोकन गरिने र परिवत्र्य विदेशी मुद्रामा…
काठमाडौं: काठमाडौं महानगरपालिकाको राजस्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ करोड बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजस्व परामर्श समितिले निर्णय समेत गरेको छ ।