Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- टनेलभित्र बेपत्ताको खोजी जारी, ३ सयभन्दा बढीको गरियो उद्धार
- सोमबार एकै दिन प्रधानमन्त्री राहत कोषका लागि अर्थमन्त्रीमार्फत दाताले दिए ६० करोड
- बाढी जोखिम निगरानीका लागि टिमुरेमा रियल–टाइम सीसी क्यामेरा जडान
- रसुवाका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन, नुवाकोट–धादिङ–रसुवाका ८५ प्रतिशत क्षेत्रमा बत्ती बल्यो
- रसुवागढी आयोजनाको सुरुङभित्र कोही फेला परेनन्, खोजी सकेर सेनाको टोली फर्कियो
- बाढीबारे सुरक्षा प्रमुखसँग ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री शाह
- रसुवा बाढीमा निधन भएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश: “यो दुःखमा नेपाल एक्लै छैन”
- प्रधानमन्त्री राहत कोषमा चीन सरकारको ३० करोड सहयोग रकम अर्थमन्त्रीमार्फत हस्तान्तरण
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: चार वर्षअघि दुई चरणमा गरी विभिन्न संवैधानिक निकायमा भएको ५२ पदाधिकारीको नियुक्ति सर्वोच्च अदालतले सदर गरेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार चुडाल, मनोजकुमार शर्मा र नहकुल सुवेदीको इजलासमा सुनुवाइ हुँदा पहिलो चरणको ३२ जनाको नियुक्ति बहुमतको रायका आधारमा सदर भएको हो। दोस्रो चरणको २० जनाको नियुक्ति भने सर्वसम्मत रायका आधारमा सदर भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नहकुल सुवेदीले पहिलो चरणको नियुक्ति बदर हुनुपर्ने राय दिएका थिए। तर, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लका साथै न्यायाधीशहरु कुमार चूडाल र मनोजकुमार शर्माले दुवै चरणका नियुक्ति सदर गर्ने र रिट खारेज गर्ने आदेश दिए।…
काठमाडौँ: वर्षासँगै खसेको पहिरोले कर्णाली राजमार्ग अवरुद्ध भएको छ। कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडक अन्तर्गत कालिकोटको गगने खोला र दैलेखको जितेमा पहिरो खसेको हो। पहिरो खस्दा सोमबार बिहानदेखि सवारी आवतजावतमा समस्या भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले आइतबार बेलुका देखिको वर्षाले पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जानकारी दिए। अहिले जेसीभीको सहयोगमा पहिरो हटाउने काम भइरहेको छ। यस्तै, कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले पहिरो बगिरहेको कारण अहिले त्यहाँ सवारी सञ्चालन गर्न समस्या भएको जानकारी दिए। पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय जुम्लाको मेसिन मगाइएको छ। सडक अवरुद्ध हुँदा कालिकोट, जुम्ला मुगु, बाजुरा, हुम्ला…
काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (सोमबार) बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । केन्द्रीय समिति बैठकका लागि आइतबार बसेको पदाधिकारी बैठकले विभिन्न ६ वटा एजेण्डा तय गरेको छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महतकाअनुसार बैठकमा मुख्य रुपमा गठबन्धनको सरकारका साथै भ्रातृसंस्थाका विषयमा छलफल हुनेछ । कांग्रेसका सात भ्रातृसंस्थाको म्याद गत चैत मसान्तमा सकिएको थियो । तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाका तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल हुनेछ । यसैगरी, क्रियाशील सदस्यता वितरणका बारेमा महामन्त्री गगन थापाले जानकारी गराउने छन् । थापा…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा धान खेती कर्जा सार्वजनिक गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट बक्तव्यमा मुलुकलाई आगामी २ वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पु¥याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको हो । यस योजना अन्तर्गत कृषकले धानको बिऊ, रसायनिक तथा जैबिक मल, कृषी उपकरणहरु तथा अन्य आवश्यक कृषि सामग्रीहरु खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतियोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषी पेशालाई मर्यादित र ब्यबसायिक बनाइ कृषकहरुलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो । साथै, राष्ट्रिय धान…
काठमाडौँ — प्रतिनिधिसभामा बोल्ने क्रममा सांसद प्रभु साहले निजामती विधयेक च्यातेका छन् । उनले निजामती विधयेकलाई ‘गरिबमारा’ संज्ञा दिँदै च्यातेका हुन् । संविधानमा समानताको कुरा गरे पनि विधेकयले गरिबलाई अगाडि बढ्नबाट रोक्ने र गरी रुवाउने विधेयक भएको उनले बताए । उनले गरिबको चिरहरण गर्ने विधेयक स्वीकार्न नसक्ने र यस्तो आपराधिक कामको साक्षी आू बस्न नसक्ने बताए । आज विधेयक पारित भयो भने त्यो गरिबका लागि कालो दिन हुने उनले बताए । बैठक बहिष्कार गर्ने बताउँदै विधेयक च्यातेर उनी संसद्बाट बाहिर निस्केका थिए ।
काठमाण्डौं १५ असारः गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवल्दार सम्मलाई ‘आधारभूत तह’ भन्नुपर्नेमा जोड दिनुभएको छ ।आइतबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथि दर्ता गरिएका संशोधन प्रस्तावहरूबारे छलफलका क्रममा बोल्दै गृहमन्त्री लेखक कार्यालय सहयोगीदेखि हवल्दारसम्म आधारभूत तह भनेर नयाँ शब्द प्रारम्भ गर्नुपर्ने बताउनुभयो ।“प्रहरीमा कार्यालय सहयोगीदेखि जवान हुदै हवल्दारसम्मलाई तल्लो तहको कर्मचारी भनेर शब्दहरु प्रयोग गर्ने गरिन्थ्यो । मैले एउटा नयाँ शब्द प्रारम्भ गरेको छु ।” गृहमन्त्री लेखकले भन्नुभयो–“ प्रहरीको ती कर्मचारीहरुलाई आधारभूत तह भन्नुपर्छ भनेकोछु । प्रहरीको ठुलो संख्या जवान, हवल्दार लगायत हुनुहुन्छ । सबैभन्दा ज्याँदा…
काठमाडौँ: प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् । हाम्रो संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता…
काठमाडौं: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी छिन् । स्व. मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै उनले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी हुन् । एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको उनले बताइन् । भण्डारीले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु ।’ उनले आफ्नो कुनै ठूलो महत्वाकांक्षा नरहेको पनि बताइन्…
काठमाडौँ: नेपाली बजारमा आज (शुक्रबार)सुन–चाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार नौ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार तीन सय रूपैयाँ पुगेको थियो। यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ।
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ। नतिजा प्रकाशनको निर्णय गर्नका लागि राष्ट्रिय परीक्षा बोर्डको बैठक आज बस्ने तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए। अर्यालका अनुसार बैठक आज बस्ने भए पनि समय भने निर्धारण भएको छैन। स्रोतका अनुसार आज अपरान्ह ५ बजे बैठक बसेर आजै नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ। यस वर्षको एसईई परीक्षा चैत ७ गतेदेखि सञ्चालन भएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।