Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजभोलि नै सरकार विस्तार हुन सक्ने बताएका छन्। सहिद प्रतिष्ठान नेपालको १२ औँ साधारण सभालाई काठमाडौंमा बिहिबार सम्बोधनका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन्। शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको अढाई महिना बितिसक्दा पनि पूर्णता पाउन नसकेको बेला प्रचण्डले आजभोलि नै सबै कुरा टुंगिने बताए। ‘हामीले ऊर्जा र अर्थमन्त्रालय लिएका छौँ। अरु मन्त्रालय सम्भवत: आजभोलि नै टुंगिने छ’, उनले भने, ‘अब गठबन्धन सरकार विस्तार भएर जनयुद्धका घाइते र अपाङ्गका माग पनि सम्बोधन गर्ने दिशामा अघि बढ्नेछौँ।’
काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौंले फेरि भीडभाड हुने कुनै पनि गतिविधिमा निषेध गरेको छ। कोरोना भाइरस फैलिने जोखिम अहिले पनि उच्च रहेको जनाउँदै प्रशासनले बिहीबारदेखि लागु हुने गरी अर्को आदेश नआएसम्मलाई जिल्लाभित्र कुनै किसिमका भीड हुने कार्यक्रममा रोक लगाएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार एक आदेशमार्फत महोत्सव, जात्रा, उत्सव, सभा जुलुस, जात्रा, भजन कीर्तन र भोज भतेर लगायतका कार्यक्रममा निषेध गरेका हुन्। नेपालीहरुको सबैभन्दा ठूलो चाड दशैँ आउने दुई साता बाँकी रहेको अवस्थामा प्रशासनले थोरै भन्दा थोरै र घरका मात्रै सदस्यहरुको सहभागितामा सामान्य रुपमा चाडपर्व मनाउन पनि भनेका छन्।
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बिहान बालुवाटारमा बसेको सर्वदलीय बैठकले संसदमा रहेको गतिरोध खोल्न प्रमुख प्रतिपक्षी एमालेलाई आग्रह गरेको छ। बालुवाटारमा करिब दुई घण्टा चलेको उक्त बैठक संसदको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको जानकारी सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘हाम्रो अहिलेको ध्येय भनेको संसदलाई निर्वाध रुपमा अघि बढाउने मात्रै हो। हामीले त्यहीबारे सोचेका छौँ’, कार्कीले भने, ‘यो बैठकले पनि संघीय संसदमा जारी गतिरोध अन्त्यका लागि एमालेलाई आग्रह गरेको छ। गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले अग्रसरता लिनु भएको छ।’ कार्कीले त्यही अनुसार आज सर्वदलीय बैठक बोलाइएको बताउँदै तर एमालेको अनुपस्थितिले ठोस निष्कर्ष निकाल्न नसकिएको पनि बताएका छन्।…
काठमाडौँ: औषधि व्यवस्था विभागले नेपाली कम्पनीले उत्पादन गरेको दुईथरी औषधिलाई रोक लगाएको छ । क्युमेड फर्मुलेसन प्रालि र लोमस फर्मास्युटिकल्स प्रालिले उत्पादन गरेको लेभोसेफ ५०० एमजी र जेफिक्स १०० औषधिहरुमा न्यून गुणस्तरको पाइएको विभागले जनाएको छ । बुधबार सूचना जारी गर्दै बजार अनुगमनका क्रममा दुवै कम्पनीले उत्पादन गरेको यी दुई औषधिमा न्यून गुणस्तर पाइएको हो । औषधि व्यवस्था विभागले दुई कम्पनीलाई औषधि ऐन २०३५ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ । यस्तै, विभागले बजारमा पुगेका ती औषधि तत्कालै फिर्ता गर्न निर्देशन दिएको छ ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । ज्वरो र खोकीको समस्याका कारण बुधबार नेता नेपाल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् । उनको सचिवालयका अनुसार नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उनको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा. सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको नेपालको सचिवालयले जनाएको छ । नेता नेपालको निजी सचिवालयका अनुसार अस्पतालमा भेटघाट पूर्णरुपमा बन्द गरिएको छ । सचिवालयले सूचना जारी गर्दै भनेको छ, ‘उहाँको…
काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। संघीय संसदका दुवै सदनमा जारी गतिरोध अन्त्यका लागि उनले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक बिहीबार बिहान १० बजे बस्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। बैठकमा संसदमा प्रतिनिधित्व गरिरहेका नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (समाजवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई बोलाइएको छ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदलाई पदबाट बर्खास्त गर्नुपर्ने माग गर्दै एमालेले गत भदौ २३ बाट सुरु भएको संसद अधिवेशन अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक अवरुद्ध गर्दै आएको छ। एकीकृत…
काठमाडौँ: गृहमन्त्री बालकृष्ण खाणले कोभिड–१९ को चपेटामा परेको पर्यटन र रात्रीकालिन व्यवसायलाई पुरानै शैलीमा फर्काउन सरकारले कार्यदल बनाउने बताउनु भएको छ । गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि र सम्बद्ध व्यवसायीहरूसमेत सदस्य रहेको कार्यदल बनाएर खोल्दा पर्ने सकारात्मक र नकारात्मक असरबारे बुझाउने प्रतिवेदनका आधारमा अघि बढ्ने गृहमन्त्री खाणले बताउनु भयो । उपत्यकामा पर्यटनसँग सम्बन्धित व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूसँग मन्त्रालयमा भएको बैठकमा मन्त्री खाणले व्यवसायको सम्मान राष्ट्रको सम्मान भएको भन्दै पर्यटन र रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउन पर्ने बताउनु भयो । ‘व्यवसायको सम्मान राष्ट्रको सम्मान हो । रात्रीकालिन व्यवसायलाई सम्मानित बनाउँ,’…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले बुधबार आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ प्रमाणीकरण गरेकी हुन्। राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। ती दुवै विधेयक संसदको दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि पेश गरिएको थियो।
काठमाडौँ: नेपाली कांग्रेसका नेता प्रकाशमान सिहंले पार्टीको मौलिक सिद्धान्त जोगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन्। काठमाडौंको कोटेश्वरमा बुधबार पार्टीको वडा तहमा निर्वाचित उम्मेदवारका लागि आयोजित बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले पार्टीलाई संस्थागत गर्न र लोकतान्त्रिक पद्धति जोगाइ राख्न नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका हुन्। ‘नेपाली कांग्रेस सधैँ जनताका लागि काम गर्दै आइरहेको छ। तर, वर्तमान नेतृत्वले अलोकतान्त्रिक गतिविधिहरु गरिरहेका छन्,’ उनले भने, ‘यसले पार्टीको मौलिक सिद्धान्तलाई असर पारेको छ। पार्टीप्रति जनताको भरोसा र विश्वास जोगाइराख्न पनि नेतृत्व परिवर्तन आवश्यक छ।’ अरु क्षेत्रमा जस्तै निश्चित समयपछि ‘रिटायरमेन्ट’ हुनुपर्ने परिपाटी नभएर आर्यघाट पुग्दासम्म पद नछाड्ने नेताहरुको कार्यशैलीले जनतामा निराशा छाएको…
जनकपुर: अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयमा छापामार शैलीमा आएर कागजात नियन्त्रणमा लिएकोमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आपत्ति जनाएका छन्। प्रक्रिया पूरा नगरी मुख्यमन्त्री ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा व्यापक अनियमितता भनी उजुरी परेपछि बुधबार दिउँसो अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले छापा मारेकोमा उनी आक्रोशित भएका हुन्। अख्तियारको टोलीले साइकल खरिदसम्बन्धी सबै कागजात नियन्त्रणमा लिएर फर्केको केहीबेरपछि मुख्यमन्त्री निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले संघीयता नरुचाउने व्यक्तिले प्रदेश सरकारको बदनाम गर्न जालझेल गरेको बताए। ‘एक तप्का छ जसलाई प्रदेश सरकारको काम मन पर्दैन। संघीयता मन पर्दैन। प्रदेशलाई बदनाम गर्न जालझेल गर्ने समूह सुरूदेखि लागेको छ।…
