Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

गोरखापत्रको प्रकाशक र सम्पादक पनि हुन् बझाङ । राष्ट्रिय विभूति तथा मानवतावादी राजा जयपृथ्वीबहादुर सिंहको १४९ औँ जन्म जयन्ती आज मनाइँदैछ । उनको जन्म जयन्तीको अवसरमा आज बझाङ जिल्ला सहित देशका विभिन्न स्थानमा कार्यक्रमको आयोजना गरिएको छ । जयपृथ्वीको जन्म ७ भदौ १९३४ मा बझाङमा भएको थियो । उनले लेखेको अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । त्यस्तै, सिंहको प्राकृत व्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट १९६९ मा प्रकाशित भएको थियो । नेपालका दोस्रो गौतमबुद्धका नामले परिचित सिंहले लेखेको नेपाली भाषाको पुस्तक अक्षराङ्क मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाब, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना,…

Read More

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् । उपराष्ट्रपति सुआनले यही भदौ ७ देखि ९ गतेसम्म नेपालको भ्रमण भियतनामकोतर्फबाट यो पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच भदौ ८ गते काठमाडौँमा प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ । यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस…

Read More

काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकोले मनसुन गतिविधि केही बढ्ने देखिन्छ । हाल बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा साधरणतया बदली र बाँकी भूभागमा आंशिक बदली रहेको छ। बाग्मती प्रदेशका केही स्थानहरू साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहनेछ। देशका पहाडी भूभागका केही स्थानहरूमा र तराईको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइको भूभागका साथै बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको…

Read More

काठमाडौं । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्र्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिनुभयो । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतिक मान्दछन् । सृष्टिकर्ता ब्रह्माजीले विवेकशील प्राणीसँगै पवित्र कुश पनि उत्पन्न…

Read More

काठमाडौँ: भारतले नेपालबाट थप ८० मेगावाट विद्युत् खरिद गर्ने भएको छ। भारत सरकार नेपालका दुई जलविद्युत् आयोजनाबाट ८० मेगावाट विद्युत् खरिद गर्न सहमत भएको हो। भारत सरकारले भदौ ५ गते नेपालका जलविद्युत् आयोजनाहरू मेवा खोलाबाट ४८.५ र करुवा सेती हाइड्रो पावरबाट ३१.०४ मेगावाट विद्युत् निर्यातका लागि अनुमति दिएको हो। यसअघि १०१०.९ मेगावाट र थपिएको ८० मेगावाट गरी अब नेपालले कुल १०९०.९ मेगावाट विद्युत् भारत निर्यात गर्ने भएको छ। बंगलादेशमा ४० र भारतमा १०९०.९ गरी नेपालले ११३०.९ मेगावाट विद्युत् विदेश निर्यात गर्ने भएको छ।

Read More

काठमाडौं: देशभर ९४ प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । कृषि मन्त्रालयका अनुसार अनुसार भदौ १ गतेसम्म देशभर ९४ प्रतिशतका दरले १२ लाख ९५ हजार ८८७ हेक्टरमा धान रोपाइ सम्पन्न भएको हो । यो वर्ष सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा रोपाइ भएको छ । सुदूरपश्चिममा ९९.७२ प्रतिशत धान रोपाइ भएको छ । सुदूरपश्चिम सँगै कर्णाली प्रदेशमा पनि ९९.३४ प्रतिशत रोपाइ सम्पन्न भएको छ । कर्णालीमा ९९.३४ प्रतिशतले ४० हजार ७७० हेक्टरमा रोपाइ सकिएको हो । मन्त्रालयका अनुसार बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा भने क्रमशः ९७.२७ प्रतिशतका दरले १ लाख १२ हजार हेक्टर, ९८.०७ प्रतिशतका दरले २ लाख ९७ हजार हेक्टर र…

Read More

काठमाडौं: अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले लगातार तेस्रो हारको सामना गरेको छ । सोमबार मेलबर्न स्टारसँग नेपाल ३१ रनले पराजित भएको हो । यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भएको थियो । यसअघि टस जितेर सुरुमा ब्याटिङ गरेको मेलबर्नले दिएको १७६ रनको लक्ष्य पछ्याउको नेपालले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४४ रन बनाएको हो।नेपालका लागि ओपनर आशिफ शेखले ४८ बलमा ५३ रन बनाउँदै अर्धशक बनाए।अर्का ओपनर कुशल भुर्तेलले १३ बलमा २५ रन बनाए भने कप्तान रोहित पौडेल ३१ बलमा ३३ रन बनाएर आउट भए ।…

Read More

नक्कली कागजात भेटिए प्रहरीलाई बुझाउने काठमाडौँ: अध्यागमन विभागले आधिकारिक कागजात बोकेर भिजिट भिसामा जानेहरूलाई अबदेखि नरोक्ने भएको छ। नक्कली कागजात बोकेको शंकाकै भरमा यात्रुलाई फर्काउने गरिएकोमा अबदेखि त्यस्तो नगरिने विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए। कुनै यात्रुबाट नक्कली कागजात भेटिए अनुसन्धानका लागि प्रहरीमा बुझाउने उनको भनाइ छ। ‘भिजिट भिसामा अब फिर्ता गर्ने (अफलोड) भन्ने हुँदैन। अब कागजात नक्कली छ भने त्यसलाई सिधै प्रहरी कहाँ पठाउने हो। त्यहाँबाटै छानबिन हुन्छ,’ तिवारीले भने। आइतबार विभागले पत्रकार सम्मेलनको आयोजना गरी यसबारे जानकारी दिएको हो। पछिल्लो समय भिजिट भिसामा जानेबाट अध्यागमनका अधिकृतहरूले असुली गर्ने गरेको भन्दै आलोचना भएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले त्रिभुवन…

Read More

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दिपक खड्काले उद्योगहरूले प्रयोग गरेको विद्युतको बक्यौता असुल गर्न विद्युत प्राधिकरणलाई निर्देशन दिएका छन् । नेपाल विद्युत प्राधिकरणको ४०औं वार्षिकोत्सवको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ऊर्जामन्त्री खड्काले डेडिकेटेड र ट्रंकलाइनको विषयमा प्राधिकरण लामो समय अल्मलिएर बसेको भन्दै छिटोभन्दा छिटो बक्यौता असुल गर्न निर्देशन दिए । उद्योगीहरूले उपयोग गरेको विद्युत बापतको महशुल उठाउने क्षमता प्राधिकरणले राख्नुपर्ने भन्दै खड्काले विद्युत उत्पादनसँगै सुरक्षित प्रवाह गर्न सक्ने क्षमताको अभिवृद्धि गर्ने लक्ष्यका साथ प्राधिकरणले काम गर्नुपर्नेमा जोड दिए । सरकारले सबैभन्दा चाँडो मुलुकलाई समृद्ध बनाउने क्षेत्रका रूपमा ऊर्जा क्षेत्रलाई देखेकाले यसको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको…

Read More

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले औचित्य नदेखिएका सरकारी संस्था खारेजी, गाभ्ने वा प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्ने योजना १५ दिनभित्र त्याउन उच्चस्तरीय शासकीय सुधार आयोगलाई निर्देशन दिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालयमा आइतबार बसेको दोस्रो बैठकमा यसअघिका विभिन्न आयोग–कार्यदलले दिएका सुझाव प्रतिवेदनका आधारमा खारेजी, गाभ्ने र हस्तान्तरण हुन सिफारिस भएका सरकारी निकायबारे विस्तृत अध्ययन गरी ठोस प्रस्ताव ल्याउन आयोगको कार्यान्वयन समितिलाई भनेका हुन्। आयोगमा नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा कार्यान्वयन समिति छ । सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य, मितव्ययी र झञ्झटरहित बनाउन गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठित आयोगको पहिलो बैठक गत असार ४ गते…

Read More