Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : जोखिम क्षेत्रमा कार्यरत कोरोना बिमा गरेका कर्मचारीहरुको मात्रै सरकारले नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारले आर्थिकरुपमा विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतीमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो । उनीहरुले कोरोना बिमा गरेको भए परीक्षण र उपचार खर्च बिमा रकमबाट कट्टा गरिनेछ । यी बाहेक अन्य व्यक्तिहरुले कोरोना भाइरस (कोभिड १९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नुपर्ने भएको छ । ‘अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने…
काठमाडौं : पछिल्लो २४ घण्टामा थप २३२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ९२ हजार १६६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७३९ पुगेको छ ।
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६९८ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा १४६९ जना, भक्तपुरमा ९९ र ललितपुरमा १३० जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। देशमा कुल संक्रमितमध्ये ६९.७ प्रतिशत निको भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार ८३१ छ।
काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर २ हजार ९४२ जनामा कोरोना संक्रमण भएको छ। योसँगै देशमा कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ जना पुगेको छ। हाल देशभर ३९ हजार ३४१ जना सक्रिय संक्रमित छन्। आज १२ हजार ९३३ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पिसिआर परीक्षण भएको छ।
काठमाडौँ: नेपाल राष्ट्र बैंकले फेरि ४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने प्रकृया थालेको छ। सरकारका लागि राष्ट्र बैंकले ३६४ दिने ट्रेजरी बिल्समार्फत आन्तरिक ऋण उठाइ दिन लागेको हो। कात्तिक ४ गते आन्तरिक ऋण उठाइने छ। राष्ट्र बैंकले चार अर्ब नयाँ सहित ११ अर्ब २० करोडको ट्रजरी बिल जारी गर्न लागेको हो। यसमध्ये ७ अर्ब २० करोड नवीकरण गर्नु पर्ने छ। चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो दोस्रो ट्रेजरी बिल हो। यसअघि ३ अर्बको जारी गरेको थियो। राष्ट्र बैंकले कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइदिँदैछ। यसमध्ये ५७ अर्ब रुपैयाँ कात्तिक मसान्तसम्म उठाइदिने छ। अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट…
भक्तपुर : जिल्ला प्रशासन कार्यालय भक्तपुरले आजदेखि अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु अनिश्चितकालका लागि बन्द गरेको छ । काठमाडौँ उपत्यकाभित्र कोभिड–१९ सङ्क्रमितको जोखिम बढेको भन्दै अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमणको दर अत्यधिक बढिरहेकाले सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमा सेवाग्राहीको भीडभाड अत्यधिक भई सेवाग्राहीमा समेत सङ्क्रमण फैलन सक्ने अवस्था भएको उहाँले उल्लेख गर्नुभयो । गत असोज २६ गते बसेको मन्त्रिपरिषद् बैठकले ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्लाको कुनै पनि भागमा कुनै पनि सेवा रोक लगाउन सक्ने निर्णय गरेको थियो ।…
काठमाडौं : जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह आज भर्चुअल कार्यक्रममार्फत गरिँदैछ। विसं २०१३ देखि निरन्तर भइरहेको मदन पुरस्कार समारोह तथा २०४५ सालदेखि सुरू भएको जगदम्बा–श्री सम्मान कार्यक्रम यसपटक अनलाइन मार्फत् प्रसारण हुन लागेको हो। ‘कोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसके पनि सूचना प्रविधि मार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भनेका छन्। मदन पुरस्कार गुठीका दीपक अर्यालका अनुसार आज आइतबार अपरान्ह ३ः०० बजेको समारोहमा नैनीतालबाट इतिहासकार शेखर पाठक, सिलगुढीबाट शान्ति ठटाल ९जगदम्बा–श्री सम्मानित० र पोखराबाट चन्द्रप्रकाश बानियाँ ९मदन पुरस्कार सम्मानित० समारोहमा जोडिने छन्। डा। पाठकले आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारि–पारिको…
विराटनगर : नोबेल अस्पताल विराटनगरमा आज एक जना वृद्धको कोरोना संक्रमणबाट निधन भएको छ । विराटनगर–७ का ८६ वर्षीय वृद्धको मृत्यु भएको हो । क्यान्सर रोगले पीडित उनलाई कोरोना संक्रमण भएपछि असोज २५ उपचारका लागि भर्ना गरिएको तर उपचारकै क्रममा मृत्यु भएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले बताए ।
काठमाडौं: कैलालीमा मोटरसाईकल गस्तिमा खटिएका प्रहरीको हत्या भएको छ । शनिवार साँझ ८ बजे अस्थायी प्रहरी पोष्ट जुगेडाबाट ड्युटी गएका एकजना प्रहरीको शव फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले बताए । जुगेडामा कार्यरत प्रहरी सहायक निरिक्षक (असई) गोविन्द बिक र जवान राम बहादुर साउन मोटरसाईकल गस्तिमा निस्किएका थिए । उनीहरुमध्ये एक जनाको शव मोहना खोलामा फेला परेको छ । घोप्टो परेको अवस्थामा भेटिएको शव निकाल्न बाँकी रहेको र शव पहिचान भइनसकेको एसएसपी सिंहले बताए । बिहानसम्म ड्युटीबाट नफर्केपछि खोजी गर्दा शव फेला परेको हो । शव फेला परेको ठाउँ नेपाल–भारत सिमना नजिकै पर्छ । तस्कर…
काठमाडौँ: विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट यो साता विदेशमा थप एकजना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघका अनुसार इजरायलमा थप १ जना नेपालीको संक्रमणबाट निधन भएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा विगत ९ महिनामा नेपालबाहेक १९ देशका २ सय ८३ जना नेपालीको कोरोना संक्रमणबाट निधन भइसकेको छ । यो साता भारत, कतार, जापान, दक्षिण कोरिया, साइप्रसमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो । गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा हिजो शनिवार साँझसम्म ४२ देशका ४२ हजार १ सय जना नेपाली कोरोना संक्रमित भएका थिए । तीमध्य…
