काठमाडौं : जगदम्बा–श्री तथा मदन पुरस्कार समर्पण समारोह आज भर्चुअल कार्यक्रममार्फत गरिँदैछ।
विसं २०१३ देखि निरन्तर भइरहेको मदन पुरस्कार समारोह तथा २०४५ सालदेखि सुरू भएको जगदम्बा–श्री सम्मान कार्यक्रम यसपटक अनलाइन मार्फत् प्रसारण हुन लागेको हो।
‘कोभिड महामारीका कारण प्रत्यक्ष भेट्न नसके पनि सूचना प्रविधि मार्फत् सबैतिर फैलन पाउँदा हामी उत्साहित छौँ,’ मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले भनेका छन्।
मदन पुरस्कार गुठीका दीपक अर्यालका अनुसार आज आइतबार अपरान्ह ३ः०० बजेको समारोहमा नैनीतालबाट इतिहासकार शेखर पाठक, सिलगुढीबाट शान्ति ठटाल ९जगदम्बा–श्री सम्मानित० र पोखराबाट चन्द्रप्रकाश बानियाँ ९मदन पुरस्कार सम्मानित० समारोहमा जोडिने छन्।
डा। पाठकले आफ्नो विद्वद् प्रवचनमा महाकाली नदी वारि–पारिको ऐतिहासिक सम्बन्धका विषयमा बोल्ने तय भएको छ।
दार्जीलिङरसिक्किम, बिहार र उत्तरप्रदेशसँग नेपालको सम्बन्धका विषयमा चर्चा भइरहे पनि पश्चिम सिमाना क्षेत्र नजिकका उत्तराखण्ड–कुमाउँसँगको सम्बन्धका विषयमा कम चर्चा भइरहेको सन्दर्भमा प्रसिद्ध इतिहासकार शेखर पाठकको प्रस्तुति सूचनामूलक हुने मदन पुरस्कार गुठीले जनाएको छ।
जगदम्बा–श्रीद्वारा सम्मानित साधक शान्ति ठटालले आफ्नो साङ्गीतिक यात्राको चर्चा गर्नेछन् भने पोखराबाट ‘महारानी’ पुस्तकका लागि मदन पुरस्कारबाट सम्मानित चन्द्रप्रकाश बानियाँले पुस्तक लेखन पछाडिका तयारी र अनुभवहरू सुनाउने कार्यक्रम छ।
सो समारोह अनलाइन मार्फत् सम्पन्न भएपनि महामारीरबन्दाबन्दीपछि गुठीका सदस्यहरू सिलगुढी र पोखरा गएर जगदम्बा–श्री तथा मदन पुरस्कार सम्मान हस्तान्तरण गर्ने कार्यक्रम रहेको आयोजकले जनाएका छन्।
