Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट बजार अनुगमनमा निस्कनु भएको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले दैनिक उपभोग्य पदार्थको मूल्यवृद्धि गरेपछि उहाँ आफै बजार अनुगमनमा निस्कनु भएको हो । अनुगमनका क्रममा मन्त्री भट्टले आज कालीमाटी, बल्खु र लगनखेल क्षेत्रका तरकारी पसलमा पुग्नुभएको उहाँका स्वकीय सचिव हितेश ओझाले जानकारी दिनुभयो । “मन्त्रीसमक्ष विहानै उपभोक्ताले प्याजको मूल्य एक्कासी बढेको गुनासो गर्नुभयो, अनि उहाँ आफै झण्डाविनाको गाडी लिएर तरकारी पसलमा जानुभयो”, उहाँले भन्नुभयो, “ ग्राहक बनेर मन्त्रीले करिव २० केजी प्याज समेत किन्नुभयो । मन्त्रीलाई कसैले चिनेनन् ।” बजारमा मूल्यभन्दा बढीमा प्याजको बिक्रीवितरण पाइएपछि तत्काल मन्त्रीले…

Read More

काठमाडौँ:नेपाल आयल निगमले डिजेल र मट्टीतलको मूल्य समायोजन गरी घटाएको छ । निगमले बुधबार रातीदेखि लागू हुने गरी डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक एक रुपैंयाको दरले घटाएको हो । निगमका अनुसार अब डिजेल र मट्टीतेलको प्रतिलिटर बिक्री मूल्य ९० रुपैंया कायम भएको छ । यो मूल्य काठमाण्डौं डिपोको १५ किलोमिटर आसपासका लागि मात्र लागू हुने निगमले जनाएको छ । पेट्रोल, हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Read More

काठमाडौँ: अघिल्लो दिन सामान्य करेक्स्न आएको शेयर बजार बुधबार सामान्य बढेको छ । जलविद्युत र होटलका शेयरमा लगानीकर्ताहरुको आकर्षण बढ्दा कारोबार रकममा समेत बढेको छ । शेयर बजारबाट छोटो समयमै नाफा कमाएका लगानीकर्ताले नाफा बुक गर्नेक्रममा पोर्टफोलियो बदल्दा यसको सकारात्मक प्रभाव जलविद्युतमा परेको छ । अन्य समूहबाट गरेको नाफा जलविद्युतका सस्ता शेयर खरीदमा लगानी गरेको देखिन्छ । त्यस्तै लकडाउन खुकुलो भएपश्चात होटलहरुको व्यापारमा सुधार आउने अपेक्षाले होटलका शेयरमा समेत लगानी बढ्दा मूल्य बढ्न गएको हो। बुधबार नेप्से सूचक ५.३६ अंकले बढेर १५४१.४० अंकमा पुगेको छ । आज १९४ कम्पनीका ६३ लाख ९० हजार ८३ कित्ता शेयर ३० हजार ५९०…

Read More

काठमाडौं:: नेपाल कम्युनिष्ट पार्टी नेकपाले शुक्रबार सचिवालय बैठक बोलाएको छ । गत २६ गते बसेको स्थायी समिति बैठकका निर्णयहरु कार्यान्वयनमा लैजान छलफलका लागि बैठक बोलाएको नेकपाले जनाएको छ । शुक्रबारको बैठक पूर्वमाओवादी केन्द्रको कोटेश्वर पेरिशडाँडास्थित पार्टी कार्यालयमा बस्ने स्रोतको भनाई छ । पार्टी एकतापछि पेरिसडाँडामा नेकपाको पहिलोपटक बैठक बस्न लागेको हो । नेकपाको अधिकांश वैठक पूर्व एमालेको पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरेको छ ।

Read More

काठमाडौँ: भोलिबाट लामो दूरीको सार्वजनिक यातायात चल्ने भएको छ। यातायात व्यवसायीले बिहीबारबाट लामो दूरीको यातायात सञ्चालनको लागि तयारी भइसकेको बताएका छन्। सरकारले भदौ ३१ सम्म लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। ‘हामीले असोज १ देखि लामो दूरीका सार्वजनिक यातायात सञ्चालन गर्ने पहिले नै बताएका थियौँ’, यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यले भने, ‘व्यवसायीले पहिलेदेखि नै सञ्चालन गर्ने तयारी गरेकाले भोलिबाट चलाउन कुनै समस्या छैन।’ सरकारले सबै सार्वजनिक यातायातले ५० प्रतिशत मात्रै यात्रु बोक्न पाउने व्यवस्था गरेको…

Read More

काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५८ हजार ३२७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि मंगलबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ थियो । सक्रिय संक्रमितको संख्या १६ हजार २४२ रहको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त…

Read More

काठमाडौँ: कोरोना भाइरसको महामारी नेपालमा मृत शिशुको जन्म ५० प्रतिशतले बढेको छ। बेलायतको प्रसिद्ध जर्नल लान्सेटमा प्रकाशित रिपोर्टले लकडाउन सुरु भएयता मृत शिशु जन्मिने संख्या ह्वात्तै बढेको देखाएको हो। लकडाउन सुरु हुनुअघिसम्म प्रतिहजार शिशु जन्मिदा नेपालमा १४ मृत शिशु जन्मिने गरेका थिए। तर, लकडाउनयता यो संख्या बढेर प्रतिहजार २१ पुगेको अध्ययनले देखाएको छ। स्विडेनको उप्पशाला विश्वविद्यालयका आशीष केसीको नेतृत्वमा गरेको अध्ययनले नेपालमा मृत शिशु जन्मिने संख्या ५० प्रतिशतले बढेको देखाएको हो। ती शिशुहरुको आमाको पाठेघरभित्रै मृत्यु हुने गरेको रिपोर्टले देखाएको छ। केसीको समूहले नेपालका नौ वटा अस्पतालमा भर्ना भएका २० हजार सुत्केरीहरुमाथि अध्ययन गरेर त्यस्तो निष्कर्ष निकालेको हो। सो…

Read More

काठमाडौँ: औषधि व्यवस्था विभागले दुई नेपाली र दुई विदेशी कम्पनी गरी चार कम्पनीले उत्पादन गरेको ह्यान्ड स्यानिटाइजर गुणस्तरहीन भएको जनाएको छ। चीन, भारत, काठमाडौँ र ललितपुरमा रहेका उद्योगका स्यानिटाइजरमा मानव स्वास्थ्यमा गम्भीर असर गर्ने मिथानोल र इथानोलको मिसावट रहेको पाइएको विभागले जनाएको छ। विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार चिनियाँ कम्पनी ओपेकल नन्वासिङ एन्टिब्याक्टेरियल सोलुसनको १२० एमएलको स्यानिटाइजरमा ६० प्रतिशत इथानोल रहेको भेटिएको हो। उक्त स्यानिटाइजर गोन्जाउ ओबोपेकल फाइन केमिकल कम्पनी चीनले उत्पादन गरेको हो। यसैगरी भारतीय कम्पनी आरएल क्रपले उत्पादन गरेको पामाकियर इस्ट्यान्ट ६० एमएलको ह्यान्ड स्यानिटाइजरमा ६६ प्रतिशत इथानोल रहेको भेटिएको छ। ललितपुरमा रहेको सम्पदा हेल्थकेयरले उत्पादन गरेको सासा…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा आज बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ । सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५ः४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाएसँगै बिहान ११ः०० बजेदेखि सवारी आवागमन शुरु भएको उनले बताए । भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ । सो सडकखण्डमा सोमबार…

Read More

टोक्यो: जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी(एलडीपी) का नेता योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित छन् । बुधबार जापानी संसद्‍मा भएको चुनावमा सुगा नयाँ प्रधानमन्त्रीका रुपमा निर्वाचित भएका हुन् । सुगाले ४ सय ६५ सदस्य रहेको तल्लो सदन (हाउस अफ रिप्रेजेन्टेटिभ्स) मा ३ सय १४ मत प्राप्त गरे भने २ सय ४५ सदस्य रहेको माथिल्लो सदन (हाउस अफ काउन्सिलर) मा १ सय ४२ मत प्राप्त गरेको जापानी समाचार संस्था क्योदोले जनाएको छ । सुगाले बुधबार साँज जापानका सम्राटसँग शपथ ग्रहण गरेपछि औपचारिक रुपमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन् । ७१ वर्षीय सुगा सन् १९९१ मा किची मियाजावापछि सबैभन्दा बढी उमेरका जापानी…

Read More