Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

झापा: झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट सङ्क्रमित ८३ वर्षीय वृद्धको आज बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ । कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले सङ्क्रमण पुष्टि भएका वृद्धको धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको बताउनुभयो । झापाको कोभिडबाट मृत्यु हुनेको सङ्ख्या अब दुई पुगेको छ । दमकमा यसअघि एक बृद्धको कोभिडका कारण मृत्यु भएको थियो । एक साता अघि उहाँ नातिनीलाई लिएर मधुमेह जाँचका लागि स्थानीय अस्पताल जानुभएको थियो । त्यसपछि पीसीआर परीक्षण गर्दा वृद्ध र उहाँकी नातिनी दुबैलाई कोभिड सङ्क्रमण पुष्टि भएको थियो । हाल उहाँकी नातिनी भद्रपुरस्थित मेची अस्पतालको…

Read More

काठमाडौँ: बंगलादेशले कोरोनाविरुद्ध अहिलेसम्म सबैभन्दा प्रभावकारी मानिएको औषधि रेम्डिसिभिरको ५ हजार डोज नेपाललाई उपलब्ध गराएको छ। बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा बिहीबार एक कार्यक्रमबीच सो औषधि हस्तान्तरण गरिएको हो। बंगलादेशका लागि नेपाली राजदूत डा. वंशीधर मिश्रले सो औषधि सोमबारसम्म नेपाल आइपुग्ने बताए। ‘नेपाल सरकारले औषधि सहयोगका लागि बंगलादेशसँग पहल गर्न भनेको थियो। हाम्रो आग्रहलाई स्वीकार गर्दै आज ५ हजार भायल औषधि प्राप्त भएको छ,’ राजदूत मिश्रले भने, ‘विश्वभर नै यो औषधिको अभाव भइरहेका बेला बंगलादेशबाट प्राप्त यो सहयोग निकै महत्वपूर्ण छ।’ औषधि अभावको कारण नेपालमा औषधि कालोबजारी हुँदै आएको छ। यस क्षेत्रमा भारत र बंगलादेशले यो औषधि उत्पादन गर्ने…

Read More

चितवन: चितवनमा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालाबाट बिहीबार राति प्राप्त रिपोर्टअनुसार खैरहनी नगरपालिकाका १२ जना, भरतपुरका ३ जना, रत्ननगरका १ जना र नवलपुरको गैँडाकोटका एक जनामा संक्रमण पुष्टि भएको प्रयोगशालकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्। संक्रमितहरु ६ देखि ७९ वर्षसम्मका छन्। भरतपुरका संक्रमितहरू नारायणी सामुदायिक अस्पताल र भरतपुर अस्पतालका हुन्। गैँडाकोटका संक्रमितको पुरानो मेडिकल कलेजबाट स्वाब लिइएको हो। रत्ननगर र खैरहनीका संक्रमितहरू स्थानीय क्वारेन्टिनमा छन्। चितवनमा कोरोना संक्रमितको संख्या ५१३ जना पुगेको छ। यहाँका अस्पतालहरूमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। बिरामीसँगै कोरोना संक्रमितको उपचार गर्नुपर्ने जिम्मेवारीमा रहेका स्वास्थ्यकर्मीहरू आफै संक्रमित हुनेक्रम…

Read More

काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्षमान पुनलाई जोडेर सामाजिक सञ्जालमा गरिएको टिप्पणीप्रति ध्यानाकर्षण भएको बताएका छन्। घिसिङले बिहीबार एक विज्ञप्ति जारी गर्दै नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा टिप्पणी गरेकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। यस्तो छ घिसिङको विज्ञप्ति नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७३ भदौ २९ को निर्णयबाट मलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा चार वर्षका लागि नियुक्त गरेको थियो। मेरो चारवर्षे कार्यकाल सकिनै लाग्दा अर्को कार्यकालका लागि पुनर्नियुक्तिको विषयलाई लिएर सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यू र ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री माननीय वर्षमान पुनज्यूलाई जोडेर विगत केही दिनदेखि विभिन्न संचारमाध्यम,…

Read More

काठमाडौँ: सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सङ्क्रमण दर दिनप्रतिदिन बढिरहेकाले केही दिनमा थप वृद्धि हुने बताउनुभयो । उहाँले सङ्क्रमण वृद्धि भएसँगै थप चुनौतिको सामाना गर्नुपर्ने धारणा राख्नुभयो । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कर्मचारी र घनाबस्ती भएको ठाउँमा अहिले सङ्क्रमण बढीरहेको उहाँको भनाइ छ । उहाँले सङ्क्रमण देखिएपछि आइसोलेसनमा र लक्षण नभएकाहरु सम्भव भएसम्म घरमा आइसोलेसनमा बस्न अनुरोध गर्नुभयो । प्रवक्ता डा. गौतमले सङ्क्रमण अझ बढ्ने भएकाले सबैले आफ्नो जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभयो । सकारात्मक सोच…

Read More

काठमाडौं: अर्थमन्त्री एवं सरकारका प्रवक्ता डा युवराज खतिवडाले हाल सरकारले विभिन्न मन्त्रालयअन्तर्गत रहेका परियोजनाहरुका लागि गरिएको अस्थायी दरबन्दीमा कुनै नयाँ थप दरबन्दी सिर्जना नगरिएको बताएका छन् । यसै साता भदौ ९ गते बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरुको सार्वजनिकीकरण गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री खतिवडाले भने, यो कुनै नयाँ दरबन्दी सिर्जना गरिएको होइन, बरु पहिल्यै नै सिर्जना गरिएको दरबन्दीको नवीकरणमात्रै हो । यस्ता अस्थायी दरबन्दीहरु वार्षिक रुपमा एक वर्षका लागि खोलिन्छन। लोकसेवाबाट भइआउने पदपूर्ति हुन नसक्दा कामकारबाहीलाई सञ्चालन गर्नुपरेकाले यसैलाई नवीकरण गर्नुपर्ने हुन्छ, उनले भने । उनका अनुसार अहिले धेरै सेवामा राखिएका दरबन्दीहरु नवीकरण गरिएका दरबन्दीहरु नै हुन् ।…

Read More

काठमाडौँ: सरकारले दक्षिण एसीयाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मन्त्री स्तरीय अनौपचारिक बैठक आयोजना गर्ने भएको छ । भदौ ९ गते सोमबारको मन्त्रिपरिषद बैठकले यस्तो बैठक गर्ने निर्णय लिएको हो । सरकारका प्रवक्ता युवराज खतिवडाले अनौपचारिक बैठक आयोजन गर्नका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय भएको जानकारी दिए । यो बैठकमा सार्क राष्ट्रका परराष्ट्रमन्त्रीहरू सहभागी हुनेछन् । सार्क सदस्य राष्ट्रद्वय भारत र पाकिस्तानबीचको तिक्तताका कारण सार्क सम्मेलन हुन सकेको छैन । यसअघि सार्क सम्मेलन नेपालमा सन् २०१४ मा आयोजन भएको थियो । नेपालपछि पाकिस्तानले सार्क सम्मेलन गर्ने पालो भए पनि भारत र पाकिस्तानबीच सम्बन्ध राम्रो…

Read More

भक्तपुर : पेट्रोलियम पदार्थ बोकेको बा ३ ख ५३२२ नम्बरको ट्यांकरले बा २१ च ८८०५ नम्बरको पानीको जार बोकेको मिनिभ्यानलाई ठक्कर दिँदा यहाँ आज एक जनाको मृत्यु भएको छभने तीन जना भाइते भएका छन् । दुर्घटनामा घाइते भ्यानका चालक झापा अर्जुनधारा नगरपालिका–२ का २६ वर्षीय मिलन मगरको डा। इवामुरा मेमोरियल अस्पताल सल्लाघारीमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायव उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो । अरनिको राजमार्गअन्तर्गत जगातीबाट साँगातर्फ जाँदै गरेको ट्यांकरले भक्तपुरतर्फ आउदै गरेको भ्यानलाई बाँसघारीमा ठक्कर दिँदा मिनिभ्यानका सहचालक मोरङ अमरदहका गाउपालिका–८ घरभइ हाल काठमाडौं जोरपाटी बस्ने १५ वर्षीय विवेक राजवंशी गम्भिर घाईते भएका छन् ।…

Read More

झापा : झापा गाउँपालिका –३ मा प्रहरीको गोली लागी हिजो बुधबार मृत्यु भएका रफिकुल आलमका परिवारलाई रु १० लाख क्षतिपूर्तिवापत रकम उपलब्ध गराउनेलगायत सातबुँदे सर्वपक्षीय सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय झापामा भएको छलफलमा मृतकको परिवारलाई तत्काल काजकिरिया खर्चवापत गाउँपालिकाले रु ५० हजार उपलब्ध गराउने छ । त्यस्तै छोराछोरीको शिक्षादीक्षाका लागि नेपाल सरकारसँग अनुरोध गर्ने, सामाजिक सद्भाव बिग्रन नदिन दुवै पक्ष सजग रहने, क्षतिपूर्तिवापत सङ्घीय र प्रदेश सरकारसँग रु १० लाख उपलब्ध गराउन पहल गर्ने, शव परिवारले बुझेर परीक्षण गरी अन्त्येष्टि गर्नेलगायत सहमति भएको प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । सहमतिपछि भोली शुक्रबार परिवारले शव…

Read More

काठमाडौ: नेपाल आयाल निगम (एनओसी)का १५ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । निगमको क्षेत्रीय कार्याल तथा पेट्रोलियम डिपो अमलेखगंज पेट्रोल पम्प, भैरहवा पेट्रोल पम्प र वीरगंज पेट्रोल पम्पमा गरी कुल १५ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । अमलेखगन्ज क्षेत्रीय कार्यालमा ६ जना, भैरहवामा समान ६ जना र वीरगंजमा ३ जना गरी १५ जना निगमका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले रातोपाटीलाई जानकारी दिए । सोमबारको पीसीआर टेस्टमा सो क्षेत्रका कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएको हो । यसअघिनै अमलेखगंजका ४ जना कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिएपछि तीन दिनका लागि निगमले उक्त पेट्रोल पम्प सिल गरेको थियो । उक्त…

Read More