Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्न, सिफ्ट अनुसार र घरबाट समेत काम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना भाइरसको संत्रास बढेसँगै सरकारले देशका विभिन्न स्थानमा गरेको बन्दाबन्दी, निषेधाज्ञा, सवारी साधनको आवागमनमा जोर-बिजोर प्रणाली लागू गरेपछि राष्ट्र बैंकले बैंकहरुलाई यस्तो निर्देशन दिएको हो। । साथै बैंक तथा वित्तीय संस्थाहरुलाई सरकारले जारी गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरेर बैंकिङ सेवा प्रवाहलाई निरन्तरता दिन सुझाएको छ । त्यस्तै विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ । त्यस्तै प्रादेशिक शाखाहरु न्यूनतम कर्मचारीबाट सेवा संचालन गर्ने वा वैकल्पिक रुपमा संचालन गर्न सकिने शाखा पनि आलोपालो…

Read More

बाँके: बाँकेमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा निमोनिया भएर भर्ना भएकी ७० वर्षीया महिलाको आइतबार दिउँसो मृत्यु भएको हो । “नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा एकजना ७० वर्षको महिला को मृत्यु भएको हो” सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्याय ले खबरहबलाई बताए । कोहलपुर नगरपालिका-२ की ७० वर्षीया महिलाको आज दिउँसो मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. दिनेश श्रेष्ठले जानकारी दिए। गत साउन २३ गते बिहान ७:४५ बजे अस्पताल पुगेकी ती महिलाको सोही दिन स्वाब संकलन गरिएको थियो। उनको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको थियो । ती महिलामा निमोनियाकाका साथै…

Read More

काठमाडौं: कोभिड–१९ को जोखिम बढ्दै गएपछि मास्कको प्रयोग नगर्नेलाई सरकारले निगरानीमा राखेको छ । सरकारको निर्देशन बेवास्ता गरेर मास्क नलगाई भींडभाड हुने ठाउँ र सडकमा निस्कने करिब ३ लाख ९५ हजारलाई गृह प्रशासनले कारवाही गरेको छ । मास्क प्रयोग नगर्ने व्यक्तिमध्ये केहिलाई सम्झाई बुझाई छाडेर र कतिपयलाई जरिवाना समेत गरिएको गृह मन्त्रालका प्रवक्ता सह-सचिव चक्रबहादुर बुढाले प्रेश विज्ञप्ति निकालेर जानकारी दिएका छन् । शुक्रवार काठमाडौं उपत्यकाका तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले मास्क नलगाई हिँड्नेप्रति निर्मम बन्ने निर्णय गरेको थियो । मास्क प्रयोग नगर्नेलाई सरकारले ठाउँको ठाउँ १ सय रुपैयाँ जारिवाना गर्ने गरेको छ । सवारी पास बिना काठमाडौं…

Read More

काठमाडौं: लकडाउन अन्त्य भएको घोषणा गरिएयताका १९ दिनमा झण्डै ५ हजार कोरोना संक्रमित थपिएपछि भदौ १ मा पनि लामो दूरीका यातायात तथा हवाई उडान सञ्चालनको अनुमति नदिन कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले सरकारलाई सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि ती सेवा स्थगित गर्ने प्रस्ताव गरेको हो । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले चार महिना लामो लकडाउन अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान तथा विद्यालय भर्ना लगायतका गतिविधि भदौ १ गतेदेखि निर्णय गरेको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम बढेको भन्दै सीसीएमसीले भदौ १ गतेबाट खुला गर्ने…

Read More

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ १ देखी अन्तर्राष्ट्रिय उडान सुरु गर्नेगरी मापदण्ड तयार पारेको छ। पर्यटन मन्त्रालयले स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयहरुसँग मिलेर मापदण्ड तयार पारेको हो। सो मापदण्डअनुसार कोरोनाको पीसीआर परीक्षण गरी नेगेटिभ रिपोर्ट सहित नेपाल आउन चाहने व्यक्ति सबै आउन पाउने व्यवस्था गरिएको छ। मन्त्रालयका सहसचिव सुरेश आचार्यले पीसीआर नेगेटिभ भएको जुनसुकै देशको नागरिक पनि नेपाल आउन पाउने प्रस्ताव गरेको बताएका छन्। साउन ५ गते मन्त्रिपरिषदले संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयलाई अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने मापदण्ड बनाउने जिम्मेवारी दिएको थियो। ‘मन्त्रालयले तयार पारेको मापदण्ड स्वीकृत गरी कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा पठाएको छ,’…

Read More

काठमाडौं: लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिविरुद्ध आइतबार अदालतमा मुद्दा दायर भएको छ । अधिवक्ता जयबहादुर भुजेलले आइतबार भट्टको नियुक्तिविरुद्ध पाटन उच्च अदालतमा निवेदन दायर गरेका हुन् । उक्त निवेदनमा मन्त्रिपरिषद्को साउन १९ गतेको निर्णयको सो नियुक्तिसम्बन्धी निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेश जारी गर्न माग गरिएको छ । उक्त निवेदनमा नेपाल सरकार मन्त्रिपरिषद्, लगानी बोर्ड, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि सिफारिस समिति र सुशील भट्टलाई प्रतिवादी बनाइएको छ । रिट निवेदनमा भुजेलले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा भट्टको नियुक्ति पहिलो चरणमै गैरकानूनी रहेको देखिएको भन्दै उक्त नियुक्तिउपर उत्प्रेषणको परमादेश माग गरेका हुन् । उक्त रिटमा…

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–९को वडा कार्यालय मंडिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरे। मुलकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगंज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिने छ । स्मार्ट मिटर जडानको सुरुवातसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनईए’ कार्यान्वयनतर्फ गएको छ । स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ…

Read More

काठमाडौं: नेपालमा आइतबार थप ३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २२ हजार ९७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ । क्वारेन्टाइनमा रहेकाहरुको संख्या ११ हजार ३८ रहेको छ । डा गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा सुनसरीका ३ जना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा सिराहाका ४ जना, मोरङका २८ जना, प्रोदेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना सुनसरीका ३ जनामा कोरोना संक्रमण…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा आइतबार थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ९० र ललितपुरमा २ जना देखिएका छन् । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका ४४ ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १८ जनामा कोरोना पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका १३ जना, ललितपुरका एकजनामा कोरोना पुष्टि भएको छ । ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना, नेपाल कोरियामैत्री अस्पतालमा गरिएको परीक्षणमा…

Read More

काठमाडौं : कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली सङ्घबीचको सहकार्यमा हालसम्म ५८ देशबाट ४६ हजार ३१२ जना नेपाल फर्किएका छन् । नेपाल फर्किएका सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्सबाट १२ हजार ५०१ जना रहेको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । यसैगरी साउदी अरेबियाबाट छ हजार ९९७, मलेसियाबाट छ हजार ७९४, कुवेतबाट छ हजार ३२९ र कतारबाट पाँच हजार २५१ जना नेपाल फर्किसकेको सङ्घले जानकारी दिएको छ । सङ्घका अनुसार अफगानिस्तानबाट…

Read More