Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा रिक्त दुई अतिरिक्त महानिरीक्षक पदका लागि दुई जना प्रहरी नायब महानिरीक्षकलाई बढुवा सिफारिस गरेको छ । आज बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले डिआइजीद्धय निरज बहादुर शाही र प्रद्युम्न कार्कीलाई एआईजीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो । शाहीलाई आफ्नो वार्षिक कार्यसम्पादन मुल्यांकनमार्फत समितिले ७१.४९ प्रतिशत दिएर पहिलो नम्बरमा एआइजी सिफारिस गरेको हो भने कार्कीलाई ६८.७२ प्रतिशत दिएको छ । अर्का डिआईजी अर्थात महानगरीय प्रहरी कार्यालयमा कार्यरत विश्वराज पोखरेलको भने बढुवा सिफारिस हुन सकेन । एआईजीमा पछिल्लो संशोधित नियमावली अनुसार दुई दरबन्दी मात्रै रहने व्यवस्था छ । हालका प्रहरी महानिरीक्षक…

Read More

काठमाडांै ः महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७५।७६ को ५७ औं वार्षिक प्रतिवेदन आज बुधबार राष्टपति समक्ष बुझाएको छ । प्रतिवेदनका अनुसार आर्थिक अनुशासन संघीय सरकारी निकायतर्फ ३ वर्षको लेखापरीक्षण र बेरुजू अङ्कको तलुना गर्दा आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ मा लेखापरीक्षण अङकको तलुनामा क्रमशः ५.४१ र ५.२९ प्रतिशत बेरुजू रहेकोमा यो वर्ष ४.०५ प्रतिशत कम भएको छ । यस तथ्यांकले बेरुजू क्रमिक रुपमा घटेको देखाउँदा संघीय सरकारी कार्यालयको यस वर्ष ८३ अर्ब ४८ करोड २९ लाख बेरुजू फछ्र्यौट भएको छ । गतवर्ष भन्दा यस वर्ष ३५ अर्बले बेरुजू घटेको तथ्यांक छ । गत वर्ष यसै अवधीमा संघीय…

Read More

काठमाडौं: भोलि बिहीबारदेखि साझाले काठमाडौं उपत्यकामा बस सञ्चालन गर्ने भएको छ। सरकारले निश्चित मापदण्ड पुरा गरेर सार्वजनिक यातायात सञ्चालन गर्न पाउने निर्णय गरेसँगै साझाले साउन १ देखि बस सञ्चालन गर्न लागेको निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। सुरुआतका क्रममा २६ वटा बसले सेवा सुरु गर्ने र पछि यात्रुको चाप बढ्दै गएमा अन्य बसहरु पनि सञ्चालन हुने पाण्डेले जानकारी दिए। ‘सरकारले तोकेका मापदण्ड पुरा गरेर साउन १ देखि उपत्यकाका ८ रुटमा २६ बस सञ्चालन हुने छ’ उनले भने। साझाले हरेक बिहान सञ्चालन हुने प्रत्येक बसलाई सेनिटाइज गर्ने उनले बताए। यात्रुहरुलाई अनिवार्य मास्कको प्रयोग गर्न पनि साझाले आग्रह गरेको…

Read More

काठमाडौं:भोलि बिहीबारदेखि एक बैंकको कार्ड अर्को बैंकको एटिएम मेसिनमा प्रयोग गर्दा शुल्क लाग्ने भएको छ। नेपाल बैंकर्स एसोसिएसनले साउन १ गतेदेखि बैंकहरुले नै यो शुल्क निर्धारण गर्न सक्ने निर्णय गरेको हो। एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार साउन १ देखि एक बैंकको कार्ड र अर्को बैंकको एटिएममा प्रयोग गर्दा लाग्ने शुल्कबारे बैंकहरुले नै निर्णय गर्नेछन्। ‘यसअघि कोभिड १९ र लकडाउनको असरलाई मध्यनजर गर्दै बैंकहरु आफैंले यो सुविधा दिएका थिए, यसमा बैंकहरुको पनि लागत लाग्ने भएकाले सधैं यो सुविधा रहँदैन’ शर्माले भने। कोरोनाको असरका कारण गत चैत ७ गतेबाट बैंकहरुले जुनसुकै बैंकको कार्ड जुनसुकै एटिएममा प्रयोग गर्दा शुल्क नलाग्ने…

Read More

काठमाडौं:बलात्कारको आरोप लागेका सशस्त्र प्रहरी बल नेपालका एसएसपी राजेन्द्र अधिकारी पक्राउ परेका छन् । नेपाल सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्था तालिम शिक्षालय लामापाटन पोखरामा कार्यरत अधिकारीलाई कार्यालय नजिकैको जंगलबाट प्रहरीले पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी जीवन श्रेष्ठले जानकारी दिए । सशस्त्र मुख्यालय उच्चस्रोतका अनुसार एसएसपी अधिकारीले चितवनको भरतपुर बस्ने एक महिलालाई आफ्नै कार्यालयमा बोलाएर बलात्कार गरेको पाइएको छ । एसएसपी अधिकारीले ती महिलालाई लठ्याउने औषधी खुवाएर बलात्कार गरेको आरोप छ । ती महिलाले आफूलाई बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएकी छन् ।

Read More

काठमाडौं: नेपालमा बुधबार थप ११६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । पछिल्लो २४ घण्टामा २६ वटा प्रयोयशालामा ५ हजार ९० जनाको पीसीआर परीक्षण गरिएकोमा ११६ जनामा पोजेटिभ देखिएको छ । पछिल्लो २४ घण्टामा थप ६९७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ११ हजार २५ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको…

Read More

काठमाडौं: चालु आर्थिक वर्षको अन्तिम दिनको शेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । बुधबार दोहोरो अंकले नेप्से बढ्दा एक अर्ब बढीको शेयर किनबेच भएको छ। बुधबार नेप्से परिसूचक १४.९० अंकले बढेर एक हजार ३६३ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा १.११ प्रतिशतले बढी हो । नयाँ आर्थिक वर्षको सुरुवातसँगै बैंकको ब्याजदर घट्ने संकेतले बजारमा सकारात्मक प्रभाव देखिएको छ । कोरोना कारण अन्यक्षेत्रको लगानी विस्तार हुन नसक्दा शेयर बजारमा लगानीको क्रम समेत बढ्दा कारोबार रकम समेत सुधारिन थालेको छ । साथै राष्ट्र बैंकले शेयर बजारमैत्री मौद्रिक नीति ल्याउने संकेत गरेकाले पनि लगानीकर्ताको मनोबल बढ्दै गएको देखिन्छ…

Read More

काठमाडौँ, ३१ असार :  यातायात व्यवसायी र मजदूरले सो क्षेत्रमा देखिएको समस्या तत्काल समाधान गरिदिन आग्रह गरेका छन् । यातायात क्षेत्रको विद्यमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् । व्यवसायी तथा मजदूरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदूरलाई स्वास्थ्य सामग्री तथा पिपिइको व्यवस्था मिलाउन माग गरेका छन् ।…

Read More

काठमाडौं: स्थायी कमिटी बैठक स्थगित गरेर एक्लाएक्लै वार्तामा बसेका सत्तारूढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पनि छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच साढे ११ बजेदेखि वार्ता भइरहेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । मंगलबार ६ दिनपछि भएको डेढ घण्टाको वार्ता निष्कर्षविहिन भएपछि आज पनि ओली–प्रचण्ड वार्तामा जुटेका हुन् । पार्टी विभाजन टरेको र छलफलबाटै समस्याको हल खोज्ने बताएका ओली र दाहालबीचको अबका छलफललाई अझ चासोपूर्वक हेरिएको छ । पछिल्लो पटक साउन २ गतेसम्मका लागि स्थायी कमिटी बैठक स्थगित भएकाले त्यसअघि नै अध्यक्षद्वयबीच सहमतिको प्रयास हुनेछ । बहुमत सदस्यले प्रधानमन्त्री…

Read More

काठमाडौं: मधेशी आयोगले आर्थिक वर्ष २०७५/०७६ मा गरेका थुप्रै कार्यक्रमहरुमा गोलमाल भएको भन्दै प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले त्यसबारे लिखित जवाफ दिन निर्देशन दिएको छ । मंगलबार बसेको समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को अन्त्यतिर जथाभावी रकम खर्च गरेको देखिएकोले त्यसको यथार्थ विवरण लिखित रुपमा बुझाउनका लागि आयोगलाई निर्देशन दिएको छ । आर्थिक वर्षको अन्तिम अन्तिममा गोष्ठीको नाममा ३२ लाख रकम खर्च गरेको समितिले ठहर गर्दै त्यो बारेमा स्पष्ट पार्न निर्देशन दिएको हो । यस विषयमा २०७६ मंसिर १८ गते रातोपाटीले लेखेको थियो, ‘मधेशी आयोगले २०७५/०७६ को तीन महिना २३ दिनमा चालु खर्चतर्फ मात्र एक करोड ३४ लाख २७…

Read More