Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : सरकारले नयाँ महान्यायाधिवक्तामा रमेश बडाललाई सिफारिस गरेको छ । प्रधानमन्त्री कार्यालयबाट महान्यायाधिवक्तामा बडालको नाम सिफारिस गरिएको हो । आजै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएका थिए । खरेलको राजीनामा स्वीकृत भएलगत्तै बडाल नयाँ महान्यायाधिवक्ता सिफारिस भएका हुन् । बडाल नेपाल बार एसोसिएसनको उपाध्यक्षसमेत हुन् । बडाललाई न्यायाधिवक्ता नियुक्त गर्न राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको हो ।

Read More

काठमाडौं : महान्यायाधिवक्ता अग्नि खरेल राजीनामा दिएका छन् । खरेलले आज शुक्रबार पत्रकार सम्मेलन गर्दै आफूले पदबाट राजीनामा दिएको घोषणा गरे । पत्रकार सम्मेलनमा खरेलले प्रधानमन्त्रीलाई भेटेर राजीनामा दिएको जानकारी गराए । उनले प्रधानमन्त्रीसँग छलफल गरेरै राजीनामा दिएको पनि बताएका छन् । खरेलले अब राजनीतिमा सक्रिय हुने संकेत पनि गरेका छन् । उनले पार्टीले दिएको जिम्मेवारी सम्हालने बताए । उनले भने, ‘विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु । पार्टीले दिएको जिम्मेवारी सम्हाल्छु।’ उनले प्रधानमन्त्रीसँग आफ्नो सम्बन्ध बिग्रिएको कुरा पनि गलत भएको बताएका छन् ।…

Read More

काठमाडौँ: महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले राजीनामा दिएका छन्। आयोमेललाई विशेष श्रोतबाट प्राप्त जानकारीअनुसार खरेलले आजैदेखि लागू हुनेगरि राजीनामा दिएका हुन्। यता खरेलले पनि यसबारे जानकारी दिन दिउँसो १ बजे महान्यायाधिवक्ताको कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेका छन्। राजीनामाबारे आयोमेलले राखेको जिज्ञासामा खरेलले भने, “१ बजे पत्रकार सम्मेलन छ, त्यहीँ आउनुस् न थाहा हुन्छ।” सरकारका मुख्य कानुनी सल्लाहकारका रुपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली उनीसँग असन्तुष्ट रहेका थिए। खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेका भएपनि नेकपा खारेजी र एमाले ब्यूँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिएका थिएनन्। खरेल २०७४ फागुन ८ गते महान्यायाधिवक्ताका…

Read More

काठमाडौँ: विश्व बैंकले नेपाललाई कोभिड–१९ विरुद्धको खोपका लागि ७ करोड ५० लाख डलर सहायता प्रदान गर्ने भएको छ। विश्व बैंकको कार्यकारी सञ्चालक समितिले सो प्रस्ताव बिहीबार पारित गरेको हो। सुरक्षित र प्रभावकारी कोभिड–१९ विरुद्धको खोपमा नेपाली नागरिकको समान र सहज पहुँच सुनिश्चित गर्न इन्टरनेसनल डेभलपमेन्ट एसोसियसन (आईडीए) मार्फत् सो सहायता प्रदान गर्न लागिएको विश्व बैंकले जनाएको छ। ‘यो आर्थिक सहायताबाट समान वितरण प्रणालीमार्फत नेपालको कम्तीमा एकतिहाइ जनसंख्यालाई खोप लगाउन सहजीकरण हुने अपेक्षा गरिएको छ’, विश्व बैंकले वाशिङटनबाट जारी गरेको विज्ञप्तिमा भनिएको छ। ‘यो महामारीले खासगरी खोप खरिद, आपूर्ति र वितरणमा भयानक चुनौती र अनिश्चित वातावरण सिर्जना गरेको हो’, नेपाल,…

Read More

काठमाडौँ: राजस्व अनुसन्धान विभागले नक्कली भ्याट बिल प्रयोग गरी करिब तीन करोड रुपैयाँ राजस्व चुहावट गर्ने विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले नक्कली भ्याट बिल प्रयोग गरि एक करोड ८९ लाख २७ हजार ११२ रुपैयाँ राजस्व चुहावट गर्ने भरतपुर महानगरपालिका वडा.न २ स्थित सन्तोष लोहनी र सन्तोषी निमार्ण सेवा प्रालिका सञ्चालक तथा निर्देशक केशव राज कडेलसहित ३ जनाविरुद्ध मुद्धा दायर गरेको हो। त्यस्तै भरतपुर २ स्थित सन्तोषी/रौताहा जेभी र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक/मुख्य कारोबारी केशवराज कँडेलसहित तीन जनाबिरुद्ध ९२ लाख ७७ हजार ४ सय ९० रुपैयाँ माग दाबी सहित चैत ३ गते नै अर्को मुद्दा…

Read More

काठमाडौँ: सिंगटी हाइड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि शुक्रबार ( चैत ६ गतेबाट ) देखि प्राथमिक शेयर जारी गरेको छ । कम्पनीले सर्वसाधारणका लागि २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता शेयर निष्काशन गरेको हो । कुल २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता शेयर निष्काशन गरिएको हो । जसमध्ये २ प्रतिशत अर्थात ५८ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ४५ हजार कित्ता सामुहिक लगानी कोषहरुका लागि छुट्याएको छ । बाँकी रहेको २६ लाख ९७ हजार कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा लगानीकर्ताले चैत १० गतेसम्म आवेदन दिन सक्नेछन्…

Read More

काठमाडौँ: मस्तिष्कघातपछि उपचार गराइरहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जोशीको उपचारका लागि १० लाख रूपैयाँ सहयोग गर्ने निर्णय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले जानकारी दिए। शुक्रबार बिहान नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री पोखरेलले जोशीको उपचारमा सरकारले सहयोग गर्ने बताएको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। जोशीको स्वास्थ्य अवस्था बुझ्न उपप्रधानमन्त्री पोखरेल अस्पताल पुगेका थिए। उनले जोशीका परिवारका सदस्यसँग भेटेका थिए। जोशीको अवस्थाबारे चिकित्सकहरूले जानकारी गराएका छन्। गत फागुन १४ मा जोशीलाई मस्तिष्कघात भएको थियो। उनलाई राजिब झालगायत चिकित्सक टोलीले उपचार जारी राखेको छ। जोशीलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको…

Read More

काठमाडौं: यातायात व्यवसायीले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेका छन् । पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइसकेको भन्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङलाई भेटेर भाडा बढाउन माग गरेको हो । महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्य र महासचिव सरोज सिटौलाले मन्त्री नेम्वाङलाई भेटेर चैत तेस्रो हप्तासम्म भाडा नबढाए आफूहरु सवारी साधन थन्क्याउन बाध्य हुने बताएका छन् । २०६५ चैत २० गते सरकारले तय गरेको वैज्ञानिक भाडा प्रक्रियाअनुसार गाडी भाडामा पेट्रोलियम पदार्थको ३५ प्रतिशत र बिमा, कर, बैंक ब्याज, पाटपूर्जा, टायर, लुब्रिकेन्टलगायतका अन्य सामग्रीमा भएको मूल्यवृद्धिलको ६५ प्रतिशत योगदान रहने आधार तयार…

Read More

काठमाडौँ: मुलुकभर स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । हाल देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज अपराह्नपछि देशका पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । शनिबार र आइतबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले विहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यस्तो छ तीन दिनको पूर्वानुमान चैत्र ०६ गते (शुक्रबार) दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागको थोरै स्थानमा अपरान्हपछि मेघगर्जन/चट्टयाङ/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । राति…

Read More

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरि लगानी सम्मेलन गर्नु पर्ने बताएका छन् । तयारी नगरी लगानी सम्मेलन गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको धारणा छ । “रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्ने अध्यक्ष गोल्छाको भनाइ छ । “लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युत परियोजनामा बाहेक अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन,” गोल्छाले भने,“महासंघले भारत, चीन लगायतका बाह्य लगानी ल्याउन परिणाममुखी काम गर्नु पर्ने भएकाले महासंघ त्यसको तयारी गरिहेको छ ।” आर्थिक उदारीकरणको नीतिसंगै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित भई लगानी…

Read More