Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: बुधबारको शेयर कारोबारमा नेप्सेको शेयर कारोबार प्रणाली टिएमएसमा समस्या आउँदा एक घण्टा बढी नेपाल पूर्वाधार विकास बैंक (निफ्रा) को कारोबार रोकिएको भएपनि ५६ करोड बराबरको कारोबार भएको छ । मंगलबारदेखि कम्पनीको शेयरमूल्य घट्न थालेपछि बिक्री चाप देखिएको छ । तर शेयर खरिद गर्नेहरुले अनलाइन अर्डर नराखी बिक्री अर्डरमा राखेका शेयर धमाधम उठाउन थालेका छन् । जसले गर्दा मार्केटडेप्थमा खरिदकर्ता नदेखिए पनि निफ्राको उच्च कारोबार भएको छ । बुधबारको बजारमा सबैभन्दा धेरै कारोबार हुने नेपाल बैंकको ५८ करोड बराबरको कारोबार हुँदा दोस्रो उच्च कारोबार हुने निफ्राको ५५ करोड ९९ लाख बराबरको कारोबार भएको छ । यसदिन निफ्राको ९ लाख…

Read More

काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले तुरून्त प्रधानमन्त्री पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन्। सर्वोच्चले संसद पुनर्स्थपानाको फैसला गरेको भोलिपल्ट गौतमले बुधबार बिहान विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको राजीनामा मागेका हुन्। उनले सर्वोच्चको फैसला आएको फागुन ११को दिन ऐतिहासिक महत्वको भएको पनि बताएका छन् । ‘यो दिन हाम्रो सम्मानित सर्वोच्च अदालतले हजारौं सपुतहरूको बलिदान तथा लाखौं देशभक्त नेपालीको त्याग र समर्पणवाट प्राप्त नेपालको संविधानको संरक्षण गरेको दिन हो। प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते गर्नु भएको प्रतिनिधि सभा विघटन असंवैधानिक ठहर भएको छ,’ गौतमले भनेका छन्,‘आजको दिन निरंकुशता स्वेच्छाचारीता, अराजकता…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षको स्थायी कमिटी बैठक सकिएको छ । बैठकले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट निष्कर्ष निकालेको छ । बैठकमा भएको छलफलबारे जानकारी दिँदै सो समूहका प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मूलुकलाई अनिर्णयको बन्दी बनाएर प्रधानमन्त्रीले राजीनामा नदिने बताए । उनले यस विषयमा दलहरुसँग छलफल गर्ने बताए । ज्ञवालीले आवश्यक परामर्शपछि मात्रै प्रधानमन्त्रीले राजीनामा दिने वा नदिनेबारे निर्णय लिने बताए । उनले भने, ‘मुलुकलाई कसरी राजनीतिक निकाश दिने भन्नेबारे हामी छलफलमै छौं, जे गर्दा देशका लागि सहज हुन्छ प्रधानमन्त्रीले त्यही गर्नुहुन्छ।’ सर्वोच्चको आदेश बमोजिमनै संसद बैठक आह्ववान गर्ने निष्कर्ष आजको बैठकको रहेको समेत नेता…

Read More

काठमाडौँ: संसद् विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेपछि नेकपाको दाहाल-नेपाल समूहले काठमाडौँमा विजय जुलुस निकालेको छ । प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसला आएदेखि नै विजय जुलुस निकालेको दाहाल-नेपाल समूहले बुधबार काठमाडौंमा पनि विजय उत्सव मनाएको हो । शान्ति बाटिकाबाट सुरु भएको विजय जुलुस जमल, दरबारमार्ग, जयनेपाल हल, पुतलिसडक हुँदै राष्ट्रिय सभागृह अगाडि गएर सभामा परिणत हुनेछ । उक्त सभालाई अध्यक्षद्वय प्रचण्ड र नेपालले संवोधन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । जुलुसमा नेताहरु जनार्दन शर्मा, नेतृ पम्फा भूसाल, अम्रित बोहरा, युवासंघका नेता रामप्रसाद सापकोटालगायत सहभागी छन् । यसअघि, मंगलबार साँझ यो समूहले दीपावली गरेको थियो । प्रधानमन्त्री…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल बुढानिलकण्ठ जाने भएका छन्। देउवासँग प्रचण्ड-नेपालले आज भेट्ने कार्यक्रम छ। चितवनबाट जहाजमा काठमाडौं आएका प्रचण्ड र नेपालले देउवासँग छलफल गर्न लागेका छन्। सर्वोच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको थियो। यीलगायत समसामयिक राजनीतिक घटनाक्रमबारे देउवासँग प्रचण्ड-नेपालले भेट्न लागेका छन्। देउवाका सहयोगी भानु देउवाले सभापति देउवासँग प्रचण्ड-नेपालले भेट्ने कार्यक्रम रहेको जानकारी दिए। ‘उहाँहरूले भेट्न समय लिनुभएको छ। केहीबेरमा आउनुहोला,’ उनले भने। पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि उक्त कदमलाई प्रचण्ड-नेपाल पक्ष र नेपाली कांग्रेसले असंवैधानिक र…

Read More

काठमाडौँ: नेपाली सेनाले सर्वोच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै सेनाले प्राप्त जिम्मेवारी र भूमिका निर्वाह गर्न संगठन प्रतिबद्ध रहेको स्पष्ट गरेको छ । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘सेनाले कुनै पनि देशमा विकसित परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा परिस्थिति र अवस्थाबारे सूक्ष्म आकलन गर्ने हाम्रो नियमित प्रक्रियाभित्रै पर्छ, त्यो भइरहेको छ ।’ विकसित अवस्थाबाट कुनै सुरक्षा परिस्थिति उत्पन्न हुन सक्छन् कि भनी आकलन गर्ने, अनुगमन गर्ने, अन्य निकायसँग सूचना आदानप्रदान गर्ने विगतदेखि नै भइरहेको जनाउँदै…

Read More

काठमाडौँ — प्रतिनिधिसभा विघटनको निर्णय बदरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् कि अध्यादेश ल्याएर अलग पार्टी बनाउँछन् ? नेकपाको औपचारिक विभाजन कसरी हुन्छ ? नेकपाको दाहाल–नेपाल समूहले गठबन्धन बनाउन कस्तो कसरत गर्लान् ? यसबारे सर्वत्र चासो र चर्चा छ । सर्वोच्च अदालतको निर्णयसँगै सत्ता समीकरणको अड्कल पनि हुन थालेको छ । सम्भावना– १ ओलीले मंगलबार रातिसम्म राजीनामा दिएका छैनन् । प्रतिनिधिसभा विघटनको निर्णय बदरपछि दल विभाजन गर्न ओलीलाई केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत संख्या पुर्‍याउनुपर्छ । त्यस्तो स्थिति नदेखिएकाले उनले गत वैशाखमा जारी गरेको राजनीतिक दलसम्बन्धी अध्यादेश पुनः ल्याउन सक्छन् । दल विभाजन गर्न सहज हुने गरी ओलीले त्यतिबेला ल्याएको अध्यादेश चौतर्फी विरोधपछि…

Read More

काठमाडौँ: नागरिक लगानी कोषले फागुन २१ गते शुक्रबारबाट साढे ३ लाख कित्ता सर्वसाधारण समुहको शेयर लिलामी मार्फत बिक्री गर्ने भएको छ । कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो । कम्पनले गत पुस २८ गते मंगलबारदेखि माघ १९ गतेसम्म हकप्रद शेयर निष्कासन तथा बिक्री खुला गरेको थियो । लिलामीको शेयरमा लगानीकर्ताले फागुन २१ गतेबाट चैत्र २ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । उक्त शेयरको न्यूनतम मूल्य प्रतिशेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भन्दै यसले राजनीतिक समस्या समाधान नहुने बताएका छन् । उनले फैसलापछि बरु अस्थिरता बढ्ने दावी समेत गरेका छन् । ‘सर्वाेच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ’ थापाले फेसबुक पेजमा लेखेका छन् । साथै थापाले प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपनि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको सामना गरेरै फैसला कार्यन्वयन गर्ने जनाएका छन् । सर्वोच्चको फैसलापछि ओलीले…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षले आफू निकट सांसदहरुलाई छलफलका लागि बोलाएको छ । सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंवैधानिक निर्णयलाई बदर गरेसँगै प्रचण्ड–माधव पक्ष छलफलमा जुटेको हो । सांसदहरुसँगको छलफलका लागि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल चितवनबाट काठमाडौँ फर्कदै छन् । प्रमुख सचेतक देव गुरुङले आगामी रणनीति तय गर्नका लागि अनौपचारिक छलफलका लागि सांसदहरुलाई बोलाएको जानकारी दिए । प्रतिनिधिसभा विघटनको निर्णय असंवैधानिक रहेको ठहर सर्वोच्च अदालतले गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटनको सिफारिस गरेपछि त्यस सम्बन्धमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेका सम्पूर्ण निर्णयहरु असंवैधानिक भएको ठहर अदालतले गरेको हो । त्यस्तै, १३ दिनभित्र…

Read More