Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । सरकारले गत जेठ १५ गते संसद्मा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । प्रतिनिधिसभाको आज विहान ११ बजेका लागि तय गरिएको बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची तय भएको संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव…

Read More

काठमाडौं । विपी राजमार्गको सिन्धुली-खुर्कोट सडकखण्डमा रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । वर्षाका कारण सडक प्रभावित हुने भन्दै स्थानीय प्रशासनले १५ दिनका लागि उक्त खण्डमा सवारी साधनलाई निषेध गरेको हो । साँझ साढे ६ बजेदेखि बिहान ५ बजेसम्मलाई निषेध गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले सूचना जारी गर्दै विपतको अवस्था सिर्जना हुने भएकोले रातिको समयमा निषेध गरिएको उल्लेख गरेका छन् । जिल्ला प्रशासन कार्यालय काभ्रे, सिन्धुली र रामेछापको संयुक्त बैठकले यो क्षेत्रमा रातिको समयमा सवारी साधनलाई निषेध गर्ने निर्णय गरेको हो ।

Read More

काठमाडौं । टप अर्डरको ब्याटिङ नचल्दा नेपालले त्रिदेशीय टी-२०आई शृंखलाको अन्तिम खेलमा स्कटल्याण्डसँग हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाललाई स्कटल्याण्डले ३४ रनले हराएको हो । स्कटल्याण्डले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा अलआउट हुँदै १५९ रन मात्र बनाउन सक्यो । रुपेश सिंह २२ बलमा ४३ रनमा नटआउट रहे । त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३४ र कप्तान रोहित पौडेलले २७ रन बनाए । स्कटल्याण्डका क्रिस ग्रिभ्सले ३ ओभरमा २७ रन दिएर ३ विकेट लिए । सफिया सरिफले २ विकेट लिँदा मार्क वाट, माइकल लिस्क र ब्रान्डन म्याकमुलेनले १-१ विकेट लिए । नेपालले पहिलो ओभरमै कुशल भुर्तेलको विकेट गुमाएको…

Read More

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी प्रमुख (एसएसपी) नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन गरेका छन् । उनले शुक्रबार उक्त ओभरपासको उद्घाटन गरेका हुन् । एसएसपी अधिकारीले ओभरपासको उद्घाटन गर्दा सँगै रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ताली पड्काए । उद्घाटन भएसँगै ओभरपासमा सवारीसाधन सञ्चालनमा आएका छन् । यसको ठेक्का आशिष-समानान्तर-रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको थियो । पटक–पटक समय थप गर्दा पनि काम नसकिएपछि २०८१ पुस १० बाट निर्माण कम्पनीलाई जरिवाना तिराएर काम गराइएको थियो । कम्पनीले दैनिक जरिवाना तिर्दै अहिले काम सकेको हो ।

Read More

हेटौँडा: मकवानपुरको राक्सिराङका चेपाङ र तामाङ समुदाय पछिल्लो समय सिप सँग जोडिन थाल्नुभएको छ । विभिन्न सङ्घ संस्थाले पालिका र प्रदेश सरकारसँग सहकार्य गरेर सञ्चालन गर्ने स्वरोजगारमूलक तालिममा जोडिएर सिप सिक्न थाल्नुभएको हो । राक्सिराङका थापा बहादुर दोङले केराको रेसाबाट नेपाली कागज उत्पादन गर्ने सिपबाट आत्मनिर्भर बन्न सहयोग पुग्ने विश्वास लिनुभएको छ । उहाँले पालिकालाई केरा खेती गर्न पालिकाले सार्वजनिक जग्गा उपलब्ध गराए सामूहिक रूपमा केरा खेती गरेर कागज उत्पादन गर्दै आत्म निर्भर बन्न सक्ने बताउनुभयो । इलिना चेपाङले स्वरोजगारमूलक सिपले युवालाई प्रोत्साहन मिलेको बताउनुभयो । तालिमसँगै बजारीकरणलाई पनि स्थानीयतह र प्रदेश सरकारले सहजीकरण गरिदिए युवालाई सिप सँग जोडिन थप…

Read More

काठमाडौँ । उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को चोकमा ‘फ्लाई ओभर’ निर्माणले बल्ल पूर्णता पाएको छ । पटकपटक भाका सार्दैै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज (शुक्रबार) प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत रूपमा उद्घाटन गर्ने छन् । ‘फ्लाई ओभर’ निर्माणका क्रममा सास्ती भोगिरहेका सर्वसाधरण अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौँ उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो । केन्द्रले २ वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता…

Read More

काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बुधबार सुनको भाउ तोलामा ९०० रुपैयाँले बढेको हो । बुधबार चाँदी एकैदिन ६५ रुपैयाँले बढेसँगै हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको उक्त मूल्य हालसम्मकै उच्च हो । मंगलबार चाँदी प्रतितोला २ हजार १६० रुपैयाँमा कारोबार भएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ…

Read More

काठमाडौँ: नेपाल आयल निगमले साेमबारदेखि लागु हुनेगरी पेट्रोल र डिजेलको मूल्य बढाएको छ । आइतबार निगमले जारी गरेकाे प्रेस विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेलमा प्रतिलिटर दुई रुपैँया मूल्य बढेको छ । इण्डियन आयल कर्पोरेशनबाट आज १५ जुन २०२५ (असार ०१ २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा रु. १‍‍.४१ र डिजेलमा रु. १.६७ ले बढेर आएको निगमले जनाएकाे छ। निगम सञ्चालक समितिको निर्णय बमोजिम भाेलिदेखि लागु हुनेगरी साविकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा रु.१ र डिजेल/मट्टितेलमा प्रति लिटर रु. २ ले बढाइएको निगमद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Read More

बिराटनगर: कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाखको बजेट सार्वजनिक गरेको छ । आइतवार अर्थमन्त्री रामबहादुर मगरले सार्वजनिक गरेको बजेटमा चालु खर्च तर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पूँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै बजेटले वित्तीय व्यवस्थातर्फ १० करोड विनियोजन गरेको छ । यो बजेट प्रदेश सरकारको आम्दानीको स्रोतभन्दा करिब तीन अर्बले बढी हो । प्रदेश सरकारसँग ३३ अर्ब बराबरको मात्र स्रोत सुनिश्चित छ । संघीय सरकारले केही स्रोत रोक्का गरेको र कतिपय स्रोत सम्बन्धी अधिकार अझै हस्तान्तरण नगर्दा प्रदेश सरकारलाई स्रोतको अभाव…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड बराबरको बजेट ल्याएको छ । प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट प्रस्तुत गरेका हुन् । कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अथात् ३) दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । अन्तर सरकारी वित्तिय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तिय व्यवस्थातफृ एक करोड विनियोजन गरिएको छ । स्रोत व्यहोर्ने…

Read More