Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता तत्काल संसद्मा टेबुल नगर्ने भएको छ । सरकार सञ्चालनसम्बन्धी ‘संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम’ को मस्यौदामा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिमा एमसीसी सम्झौता यथास्थितिमा अघि नबढाउने संकेत गरिएको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदलले बनाएको ‘न्यूनतम साझा कार्यक्रम’ मा परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने प्रस्ताव छ । ‘परराष्ट्र नीति निर्माणमा राष्ट्रिय सहमति कायम गर्ने र ती नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि राष्ट्रिय सहमतिको पहल गर्ने भन्नुको अर्थ एमसीसीलगायतका मुद्दा तत्काल अगाडि बढ्दैन भन्ने नै हो,’ कार्यदलका एक सदस्यले भने । सत्ता गठबन्धनमै रहेका पार्टीहरूबीच एमसीसी सम्झौतालाई लिएर मतभेद भइरहँदा…
काठमाडौँ: ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर ठिमी नगरपालिकाको गठ्ठाघर एव्म धादिङ निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा नयाँ शाखा खोलेको हो। सबै नयाँ स्थानमा शाखा सञ्चालनमै आएको बैंकले जनाएको छ। योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ। ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा…
काठमाडौँ: बैतडीमा बँदेललाई थापेको करेन्ट लागेर दाजुभाइकै मृत्यु भएको छ। सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र उनका भाइ १८ वर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार राति ९ बजे आफ्नै मकै बारीमा जंगली बँदेल मार्न छाडिएको करेन्ट लाग्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिए। बँदेलले मकै खाएर दुःख दिन थालेपछि उनीहरुले बँदेल मार्नका लागि बारीमा करेन्ट प्रवाह गरेका थिए। असावधानीबस करेन्ट प्रवाह भइरहेको तारमा छुँदा उनीहरुको मृत्यु भएको हो। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी टोली खटाइएको ओझाले जानकारी दिए।
काठमाडौँ: नेकपा एमालेको माधवकुमार नेपाल पक्षले बिहीबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । राजधानीमा बोलाइएको सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ। बैठकले आफ्नो समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ। यता संस्थापन अर्थात केपी ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।
काठमाडौं: अवैध सुनको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भारतको राजस्थान नागौर जिल्ला छोटीखाटु थाना, सेरानी आवादका २७ वर्षीय साकिर अली, सोही ठेगाना भएका २८ वर्षीय अब्दुल सतार र २४ वर्षीय प्यार मोहम्मद रहेका छन्। उनीहरु आज बिहान १० वजे काठमाडौं महानगरपालिका वडा नम्बर ९ सिनामगंलस्थित मिचेया मल्हनिया गेष्ट हाउसको कोठा नम्बर २०२ बाट पक्राउ परेका हुन्। कोठामा खानतलासी गर्दा कालो रङको सुटकेश भित्रबाट सिल्भर रंगको पोलिस गरिएको सुन प्रहरीले फेला पारेको थियो। सो सुटकेशबाट प्रहरीले सुनको रोल ८ थान, सुनको टुक्रा २ थान, सुनको बिस्कुट आकारको पाता १ थान गरी १ किलो ८६६ ग्रामको सुन…
काठमाडौँ: संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्ध खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश गर्न दिने भएको छ। बिहीबार (साउन २१) देखि नेपाली यूएई प्रवेश गर्न पाउने त्यहाँको आबुधावीस्थित नेपाली दूतावासले जानकारी दिएको हो। त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। यूएईमा सरकारी निकायमा कार्यरत व्यक्ति, स्वास्थ्यकर्मी, विद्यालय÷विश्वविद्यालयका शिक्षक, उपचार गराइरहेका तथा विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्। उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ। त्यसरी प्रवेश गर्नेका व्यक्तिका हकमा नेपालको विमानस्थलमा र्यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने दूतावासले जनाएको छ।
काठमाडौँ: सरकारले सम्झौता बमोजिम समयमै काम नगर्ने ७ वटा ठेकेदार कम्पनी तथा आपूर्तिकर्तालाई एक देखि दुईवर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालय (पिपिएमओ) ले बिहीबार सूचना प्रकाशित गरी ७ कम्पनीलाई कालोसूचीमा राखेकोे हो। कालोसूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताले एक वर्षसम्म कुनै पनि खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन्। कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका कम्पनीहरुमा काठमाडौंको श्री ए. के. एण्ड गान्बा कन्स्ट्रक्सन, कुस्माको कालिगंगा निमार्ण सेवा, इलामको कन्टा निमार्ण सेवा, धनगढीको लाटिनाथ कन्स्ट्रक्सन सेवा रेहका छन् त्यसैगरी कालोसूचीमा पर्नेमा उदयपुरको अम्बर सप्लायर्स…
काठमाडौँ: पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको राजधानी नयाँदिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत् नेता खनालको आज सर्जन डा. सन्दीप गुलरिया नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको उनको निजी सचिवालयले जनाएको छ । दुवै मिर्गौला फेल भएर गम्भीर स्वास्थ्य समस्या देखिएपछि खनाल केही समययता भारतमा उपचाररत थिए । सचिवालयका अनुसार केही समय अस्पतालमा रही स्वास्थ्य अवस्था सामान्य भएपछि नेपाल फर्कने छन् ।
काठमाडौँ: मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश-२ र कर्णाली बाहेकका प्रदेशमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान श्रावण २१ गते बिहीबार दिउँसो: लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, वाग्मती,…
काठमाडौँ: अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकारको स्वामित्वमा संचालित सार्वजनिक संस्थानहरुलाई नाफामा लैजाने गरी नीतिगत तथा कानुनी सुधारको तयारी गर्न निर्देशन दिएका छन् । बुधवार मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको ब्रिफिङ्ग लिने क्रममा उनले घाटामा संचालित सार्वजनिक संस्थानहरुलाई उकास्ने नीति र कार्यक्रम तय गर्न निर्देशन दिए । “के कस्तो नीति बनाउँदा सार्वजनिक संस्थानहरुलाई नाफामा लिन सकिन्छ ? के के समस्या समाधान गर्नुपर्ने हो ? तत्काल त्यसको विस्तृत सूची तयार गर्नुुस् ।” मन्त्री शर्माले सम्बद्ध कर्मचारीहरुलाई निर्देशन दिए । कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले कतिपय बाहेक धेरैजसो सार्वजनिक संस्थानहरुको स्थिति राम्रो नभएको भन्दै सुधार गर्नैपर्ने अवस्था रहेको बताए । नेपाल…
