काठमाडौँ:
ग्लोबल आईएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर ठिमी नगरपालिकाको गठ्ठाघर एव्म धादिङ निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बीचबजारमा नयाँ शाखा खोलेको हो।
सबै नयाँ स्थानमा शाखा सञ्चालनमै आएको बैंकले जनाएको छ। योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जालसहित २४८ एटीएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउन्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्पर्क कार्यालयमार्फत आफ्ना २३ लाखभन्दा बढी ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ।
‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।