Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: काठमाडौं महानगरपालिकाले आज(सोमबार) र भोलि (मंगलबार) भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप कार्यक्रम सञ्चालन गर्न लागेको बताए । काठमाडौंस्थित वीर अस्पताल, शिक्षण अस्पताल, विरेन्द्र सैनिक अस्पताल र निजामती कर्मचारी…

Read More

काठमाडौँ: नेदरल्यान्ड्सले १६औँ युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । आइतबार राति युक्रेनसँग भएको संघर्षपूर्ण खेलमा नेदरल्यान्डले ३-२ गोलको जित निकाल्यो । आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो । ५२औँ मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९औँ मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए । ७५ औँ मिनेटमा यार्मोलेन्कोले गोल गर्दै युक्रेनको खेल २-१ को…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री त्रिलोचन भट्टले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो । नेकपा माओवादी केन्द्र र नेकपा एमालेको माधव पक्षका बहुमत प्रदेशसभा सदस्यहरुले नीति तथा कार्यक्रमको समर्थन गरेपछि सभामुख अर्जुनबहादुर थापाले प्रदेशसभाबाट पारित भएको घोषणा गरे । ‘सभामा प्रस्तावको पक्षमा रहेका माननीय सदस्यहरुको संख्या बढी देखिएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सभाबाट बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुख थापाले भने । बैठकमा मत विभाजन नगरी सभामुखले प्रस्तावको पक्षमा हुनेलाई हुन्छ र विपक्षमा हुनेलाई हुन्न भन्न आग्रह…

Read More

काठमाडौँ: कोभिड-१९ विरुद्ध खोपको माग गर्दै बाग्मती प्रदेशमा आइतबारबाट इन्धनको ढुवानी रोकेका ट्यांकर चालकको आन्दोलनमा पेट्रोलियम व्यवसायीले पनि सर्मथन जनाएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले सरकारलाई खोप छिटो उपलब्ध गराउन चेतावनी दिएको हो । पेट्रोलियम बिक्री तथा ढुवानीमा खटिने कर्मचारीलाई खोपको व्यवस्थाका लागि पटक-पटक आग्रह गरिए पनि सुनुवाई नभएको एसोसिएसनले जनाएको छ । ‘यस क्षेत्रका कर्मचारी र श्रमिकको जीवन रक्षाका लागि सांकेतिक रुपमा ट्यांकर चालकले गरेको आन्दोलनमा एसोसिएसनले नैतिक समर्थन जनाउँछ,’ महासचिव विश्वप्रसाद अर्यालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सहज रुपमा खोपको उपलब्धताका लागि नेपाल आयल निगम,…

Read More

काठमाडौँ: पछिल्लो २४ घण्टामा २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,५१७ पीसीआर परीक्षण गर्दा १ हजार ६९४ जना र ४८८९ एन्टिजेन परीक्षण गर्दा ७१३ जना गरी २ हजार ४०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । थप ३ हजार ९९४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४५३, कास्कीमा १५८, ललितपुरमा ११२, नुवाकोटमा ९१ र झापामा ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै मोरङमा ६१, भक्तपुरमा ५८, सिन्धुपाल्चोकमा ५७,…

Read More

काठमाडौँ: निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का दुई अध्यक्षले एक–अर्काविरुद्ध गरेको कारबाहीलाई मान्यता दिन नसकिने निर्णय गरेको छ । आयोगले दुवै पक्षको कारबाहीलाई अस्वीकार गर्दै पुरानै पदाधिकारी कायम रहने निर्णय सुनाएको हो । उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बहुमतका आधारमा अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरेको थियो भने महन्थ ठाकुरले उपेन्द्र यादवलाई निष्कासन गरेका थिए । पार्टीमा विवाद बढेपछि यादव र ठाकुरले एक अर्कामाथि कारवाही गरेका थिए । आयोगले दुई समुहले गरेका कारवाही कानूनसम्मत नदेखिएको ठहर गरेको छ । राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार दलमा भएको विवरण हेरफेर गर्दा कुनै पनि अध्यावधिक गर्न नमिल्ने भएकाले…

Read More

काठमाडौँ: सरकारले उपत्यकामा थप एक हप्ताका लागि निषेधाज्ञा लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण पछिल्ला केही दिन यता घटेपछि जोखिम भने रहिरहेकाले असार ७ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा सोमबार राति १२ बजबाटे सकिँदै थियो । अब खाद्यान्न, तरकारी, किराना पसल, फलफूल र पुस्तक पसल बिहान ११ बजेसम्म खोल्न दिइने छ । पहिले खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइने निर्णय भएको थियो । त्यस्तै हार्डवेयर पसल अपरान्ह ४ बजेपछि खोल्न मिल्ने…

Read More

काठमाडौँ: सेयर बजारमा आजआइतबार एकैदिन १९ अर्ब ५५ करोड बढीको शेयर कारोबार भएको छ । यो रकम एकैदिन कारोबार भएको हालसम्मकै उच्च हो । यसअघि जेठ २३ गते आइतबार १७ अर्ब २३ करोडको शेयर कारोबारको रेकर्ड थियो । एक हप्तामै पुरानो रेकर्ड २ अर्ब २८ करोडको कारोबार रकम बढेर तोडिएको हो । यसदिन २२० कम्पनीका ३ करोड ७० लाख ७६ हजार ४३९ कित्ता शेयर १ लाख ८२ हजार ४३० वटा संख्यामा कारोबार भएको छन् । दिनभर १९ अर्ब ५५ करोड १ लाख ६६ हजार ६३६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेप्से सूचक नेप्से १.३० प्रतिशत अर्थात ३८.३२…

Read More

काठमाडौं: काठमाडौँ उपत्यकाभित्र जारी निषेधाज्ञा थप गर्न आज तीन वटै जिल्लका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दै छ। जिल्ला प्रशासन कार्यालयमा दिउँसो बैठक बस्न लागेको ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। यसअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनौपचारिक छलफलले निषेधाज्ञा थप गर्ने सहमति भइसकेको छन्। डीसीसीएमसीको बैठकले अझै एक साता निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो। आज बस्ने बैठकले एक साता निषेधाज्ञा थप गर्ने तयारी गरेको छ। काठमाडौँ उपत्यकाभित्र संक्रमणदर घटे पनि संक्रमणको जोखिम उच्च नै रहेकाले थप एक साता निषेधाज्ञा गरेर हेर्ने सहमति भएको हो। ‘एक साता निषेधाज्ञा थप गर्ने कुरा भएको छ। अहिले पनि संक्रमण…

Read More

काठमाडौँ: साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला ६ सय रुपैयाँले घटेको हो भने चाादीको भाउ स्थीर बनेको छ । महासंघका अनुसार आइतबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९३ हजार ९ सय रुपैयाँ, तेजावी ९३ हजार ४ सय रुपैयाँ र चाँदीको भाउ तोलाको १ हजार ३७० रुपैयाँ कायम गरिएको छ । शुक्रबार छापावाला सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ, तेजावी ९४ हजार रुपैयाँ र चाँदी १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो ।

Read More