Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । यसअघि हिजो ९शनिबार० १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

Read More

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमलेआइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ५३ हजार १२० थियो । नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Read More

काठमाडौं : युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । संस्थाले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । सो शेयर निष्काशन सम्बन्धी सम्झौता(पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा। गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरे । युनिक नेपाल लघुवित्त वित्तीय संस्थालि। को अधिकृत पूँजी १० करोड, जारी…

Read More

काठमाडौं : सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड १९ स्वयं सेवा’ सुरु गरेको छ। राष्ट्रियसभाका सांसद समेत रहेका श्रेष्ठको निजी सचिवालयले खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्याउन ‘कोभिड १९ स्वयं सेवा’ गठन गरेको जनाएको छ। श्रेष्ठको फेशबुक पेजबाट दिइएको जानकारी अनुसार यो सेवा अन्तर्गत कोभिड उपचार सम्बन्धि प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग दिइने छ। कोरोना नियन्त्रणका लागि सरकारले विभिन्न नीति, योजना, निर्णय र कदमहरू चाल्दै आएको उल्लेख गर्दै सचिवालयले भनेको छ, ‘सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाउँमा छ…

Read More

काठमाडौँ:  शुक्रबार सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकबाट पार्टीभित्रको विवाद किनारा लगाएपछि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीपरिषद पुनर्गठनको तयारीमा जुटेका छन्। प्रधानमन्त्री ओली निकट नेताहरूका अनुसार ढिलोमा अबको १५ दिनभित्र मन्त्रीपरिषद पुनर्गठन गर्ने तयारी छ। अर्थ, सञ्चारजस्ता महत्वपूर्ण मन्त्रालय खाली रहेकाले आफ्नो क्याबिनेटमा नयाँ मन्त्री थप्न ढिलो नगर्ने पक्षमा प्रधानमन्त्री ओली रहेका छन्। १५ दिनपछि दसैंको माहोल सुरु हुने भएकाले पनि चाँडै मन्त्रीपरिषद पुनर्गठन गरी कोरोनाविरुद्धको लडाइँमा केन्द्रित हुने प्रधानमन्त्रीको योजना छ। स्थायी कमिटी बैठकले कार्यकारी प्रमुखको हैसियतमा ओलीले सरकार र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको नेतृत्व गर्ने जिम्मेवारी तोकेको छ। तर प्रधानमन्त्री ओलीले विशेषतः मन्त्री, संवैधानिक…

Read More

काठमाडौँ: नेपालगन्ज उपमहानगरपालिका १७ परस्पुरका २३ वर्षीय शत्रुहन रैदासको ससुरालीमै कुटपिटबाट ज्यान गएको छ। श्रीमती लिन ससुराली गएका रैदास ससुराको कुटपिटबाट गम्भीर घाइते भएका थिए। उनको उपचारमाक्रममा ज्यान गएको बाँके प्रहरीले जनाएको छ। ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरी कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएका उनको नर्सिंङहोम नेपालगन्जमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो। हत्या गरेको अभियोगमा उनकै ससुरा सोही उपमहानगरपालिका २० नटनपुरुवाका नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ।

Read More

काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकमा असाधारण प्रकृतिका पहिरोहरु जान थालेको हुँदा यसबाट सुरक्षाका लागि संघीय सरकारले नै पाइलट प्रोजेक्ट नै बनाएर काम गर्नुपर्ने भएको बताएका छन्। सभामुख सापकोटाले सिन्धुपाल्चोकमा असार २४ देखि निरन्तर पहिरो गइरहेको र त्यहाँ गएका पहिरोलाई सामान्य बाढी पहिरो र सामान्य प्राकृतिक प्रकोपको रुपमा हेर्न नहुने बताए। आइतबार दिउँसो पहिरोग्रस्त क्षेत्रमा पुगेका सभामुख सापकोटाले संघीय सरकारलाई एकिकृत र केन्द्रिकृत योजना बनाएर काम गर्न र सिन्धुपाल्चोकको पहिरोको दिर्घकालीन समस्या समाधान गर्नका लागि एउटा पाइलट प्रोजेक्ट नै बनाएर काम गर्न आग्रह गरेका छन्। आइतबार राती सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका विभिन्न स्थानमा गएको पहिरोमा बेपत्तामध्ये सात जनाको…

Read More

काठमाडौँ: प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरको बिक्री खुला भएको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य २ हजार ३०० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्री गर्न लागेको हो। कम्पनीले बिक्रीमा ल्याएको यो शेयरमा सर्वसाधारण तथा अन्य कम्पनीले भने आवेदन गर्न पाउनेछैनन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरीद गर्न सक्नेगरी असोज ४ गतेसम्म बोलकबोल आह्वान गरेको छ। नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालय सेन्ट्रल प्लाजा नक्साल, र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) नारायणचौर नक्सालबाट बोलपत्र आवेदन बुझाउन सकिनेछ। उक्त शेयर खरिदका लागि बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुले आवेदन दिन पाउने बिक्री…

Read More

काठमाडौं: सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ नागपुजेमा गएराति आएको पहिरोले ७ घर बगाएको छ । पहिरोले बगाएर १६ जनालाई बेपत्ता बनाएको प्रदेश–३ प्रहरी कार्यालयका डिआईजी बसन्त लामाले  बताए । हालसम्म एकजनाको शव फेला परेको छ । घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको छ । माथिबाट आएको पहिरोले घर बगाएका घर भोटेकोशीमा मिसिएको छ । घट्नास्थलमा नेपाली सेना र सशस्त्र प्रहरीको टोली पनि पुग्दै छन् । नागपुजेभन्दा माथि भीरखर्कमा पनि घर बगाएको प्रारम्भिक सूचना आएको डिआईजी लामाले बताए । ‘भिरखर्कमा पनि प्रहरी पुग्दै छ’ डिआईजी लामाले भने– ‘क्षतिको यकिन विवरण आउन बाँकी छ ।’ यता, बाह्रबिसे नगरपालिकाकी उपमेर सुशीला पाख्रिनका अनुसार भिरखर्कमा पनि…

Read More

एजेन्सी: इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले यस सिजनको आफ्नो पहिलो खेलमा संघर्षपूर्ण जीत निकालेको छ । क्रिस्टलले शनिबार साउथह्याम्पटनलाई १-० ले पराजित गर्दै विजयी सुरूवात गरेको हो । घरेलु मैदानमा भएको खेलमा क्रिस्टललाई जीत दिलाउन विल्फ्रिड जाहाले निर्णायक गोल गरे । साउथह्याम्पटनविरुद्ध जाहाले १३औं मिनेटमा गोल गरेका थिए । टाउनसेन्डको पासमा जाहाले गरेको उक्त गोल नै निर्णायक बन्यो । बल पोजिसनमा पकड जमाएपनि साउथह्याम्पटन गोल गर्न चुकेको थियो । साउथह्याम्पटनको एक दर्जन आक्रमण क्रिस्टलका गोलकिपर र डिफेन्सले विफल बनाईदिएको थिए ।

Read More