Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
- नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह
- लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता वितरण प्रणालीमा परिवर्तन गरेको छ । अब सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा एकैपटक तलब पाउने व्यवस्थाको सट्टा महिनाको दुई पटक अर्थात् अर्धमासिक रूपमा तलब पाउने भएका छन् । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाउँदै यस नयाँ व्यवस्थालाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । वैशाख ४ गतेको माननीय अर्थमन्त्रीस्तरको निर्णयानुसार अब कर्मचारीको तलबभत्ता र सुविधा अर्धमासिक रूपमा भुक्तानी गर्ने परिपाटी सुरु गर्न लागिएको हो । हालसम्म महिना भुक्तान भएपछि मात्र मासिक रूपमा तलब दिने गरिन्थ्यो । तर, कर्मचारीहरूको आर्थिक सहजता र खर्च व्यवस्थापनलाई मध्यनजर गर्दै महिनाको दुई पटक तलब दिने व्यवस्था मिलाउन…
काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा तथा जलस्रोत क्षेत्रको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि र कार्यसम्पादनलाई नतिजामुखी बनाउन विस्तृत कार्ययोजनामा साथ सम्बन्धित निकायलाई समय सीमासहित निर्देशन जारी गर्नुभएको छ । बिहीबार सो निर्देशन जारी गर्नुभएको हो ।विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणसम्मका बहुआयामिक विषयलाई समेटर ३२ बुँदे निर्देशन जारी भएको छ । मन्त्रालयले सबै कार्य योजनाहरू तोकिएको समय सीमाभित्र कार्यान्वयन गर्न सम्बन्धित निकायलाई स्पष्ट जिम्मेवारी तोकेको छ । साथै नियमितरूपमा सघन अनुगमनसमेत हुनेछ ।‘लामो गृहकार्य, सरोकार पक्षहरूसँगको घनिभूत छलफलपछि जलस्रोत तथा ऊर्जा क्षेत्रको सुदृढीकरण गर्न यो निर्देशन जारी भएको छ ।’ मन्त्रीले भन्नुभयो–‘यो देखाउनका लागि मात्र निर्देशन…
काठमाडौं: सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्कालाई तत्काल थुनामुक्त गर्न आदेश दिएको छ । खड्कालाई पक्राउ गर्ने प्रक्रिया र म्याद थप गर्ने कार्य कानुनसम्मत नदेखिएको ठहर गर्दै अदालतले उनलाई हिरासत बाहिरै राखेर अनुसन्धान गर्न आदेश दिएको हो । कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले बिहीबार खड्काकी पत्नी विनिता थापाद्वारा दायर गरिएको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो फैसला सुनाएको हो । पूर्वमन्त्री खड्कालाई थुनामुक्त गर्न माग गर्दै उनकी पत्नी विनिता थापाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन् । सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ २०६४) को अनुसूची बमोजिमको सम्बद्ध कसूरको अभावमा पक्राउ गर्न…
काठमाडौं: सरकारले शासकीय सुधारलाई केन्द्रमा राख्दै १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा सार्वजनिक गरेको छ । उक्त मस्यौदामा राजनीतिक दल र सरोकारवालाहरूबाट सुझाव तथा प्रतिक्रिया मागिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ‘राष्ट्रिय प्रतिबद्धता’ तयार पार्ने उद्देश्यसहित सुझाव आह्वान गरेको हो । यसअघि सार्वजनिक गरिएको सय बुँदे कार्ययोजनामा दलहरूको घोषणापत्रमा उल्लेखित विषय समेटेर साझा राष्ट्रिय प्रतिबद्धता तयार गरी कार्यान्वयन गर्ने योजना उल्लेख गरिएको थियो । मस्यौदामा कुल १८ क्षेत्र समेटिएका छन् । जसमा आर्थिक स्थायित्व र सुधार, कृषि क्षेत्रको सुदृढीकरण र आत्मनिर्भरता, पर्यटन तथा नागरिक उड्डयन, ऊर्जा विकास र उपयोग, खानी तथा खनिज र पूर्वाधार विकास प्रमुख छन् । यससँगै…
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल (डीपी) प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्वाचित भएको घोषणा गरे । अर्याललाई सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभाका सदस्य रवि लामिछानेले प्रस्ताव गरेका थिए । त्यो प्रस्तावको कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भौतिक, पूर्वाधार तथा यातायातमन्त्री एवं सहरी विकासमन्त्री सुनिल लम्सालले समर्थन गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अर्याल काठमाडौँ–९ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी पार्टीको उपसभापतिको जिम्मेवारीमा थिए ।
काठमाडौं: नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कार्यभार सम्हालेको पहिलो साता आर्थिक सुधार, प्रशासनिक शुद्धीकरण र आगामी बजेटको तयारीमा तीव्र सक्रियता देखाएका छन् । पदबहालीका क्रममा गरेका नीतिगत निर्णयदेखि कर्मचारी प्रशासनमा मेरिट (योग्यता) को कार्यान्वयनसम्मका कार्यले मन्त्रालयमा नयाँ उत्साह सञ्चार गरेको देखिएको छ । गत चैत १३ गते पदभार ग्रहण गरेलगत्तै अर्थमन्त्री वाग्लेले तीनवटा महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका थिए । जसअन्तर्गत चैत १२ सम्मको यथार्थ ‘आर्थिक स्थितिपत्र’ तत्काल सार्वजनिक गर्ने र निर्वाचनका वाचा पूरा गर्न १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने प्राथमिकतामा छन् ।यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम राजश्व अनुसन्धान विभाग लगायत १५ वटा ऐन खारेजीको प्रक्रिया…
काठमाडौं: नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । उनले प्रतिस्पर्धी आङदोर्जी लामालाई पराजित गर्दै ५१४ मतसहित जित हासिल गरेका हुन् । लामाले ४१३ मत प्राप्त गरे । अध्यक्षमा निर्वाचित निकोलस पाण्डे कालिका कन्स्ट्रक्सनका सञ्चालक तथा एएसी ब्रिक उत्पादक संघका अध्यक्षसमेत हुन् । उनी निर्माण व्यवसायसँगै एक युवा उद्यमीका रूपमा पनि परिचित छन् । पाण्डे राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता विक्रम पाण्डेका छोरा रहेका पाण्डेले नेतृत्व गर्दै आएको कालिका कन्स्ट्रक्सनले निर्माण क्षेत्रमा थुप्रै ठूला परियोजनाहरू सम्पन्न गर्दै आएको छ। वरिष्ठ उपाध्यक्ष पदमा रामजी पन्त ४७४ मतसहित विजयी भएका छन् । उनले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै नेतृत्वको दोस्रो…
काठमाडौं: चालु आर्थिक वर्षको पहिलो ८ महिनामा साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा विप्रेषण आयमा ९.५ प्रतिशत वृद्धि भएको थियो । राष्ट्र बैंकका अनुसार फागुन महिनामा मात्रै १ खर्ब ८८ अर्ब ६४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जबकि गत वर्षको फागुन महिनामा १ खर्ब ५१ अर्ब १९ करोड रुपैयाँ मात्रै रेमिट्यान्स भित्रिएको थियो । अमेरिकी डलरमा आधारमा…
काठमाडौँ: इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर १५ रुपैयाँले मूल्य बढाएको जनाएको हो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ लगातार उकालो लाग्दै गएको भन्दै निगमले नयाँ मूल्य समायोजन गरेको हो। सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेल सबैमा समान १५ रुपैयाँले वृद्धि गरिएको छ । नयाँ दरअनुसार काठमाडौँ उपत्यकामा अब पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १८२ रुपैयाँमा कारोबार हुनेछ ।
काठमाडौँ: संघीय संसद् सचिवालयले सर्वदलीय बैठक आह्वान रेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अधिवेशन आह्वान भए लगत्तै सचिवालयले सर्वदलीय बैठक बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि बिहिबार दिउँसो २ बजे प्रतिनिधिसभाको पहिलो बैठक बस्दैछ । सदन सुरु हुनु अगाडि सर्वदलीय बैठक बुधबार दिउँसो १ बजे बस्न लागेको हो । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सर्वदलीय बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि, सरकारका मन्त्री र सचिवालयका अधिकारी सहभागी हुनेछन् । प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिनिधित्व छ ।