Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सरकारले सार्वजनिक गर्यो १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धतापत्र’ को मस्यौदा
- डोलप्रसाद अर्याल सभामुखमा निर्विरोध निर्वाचित
- अर्थमन्त्री डा. वाग्लेले गरे एक सातामै तीन दर्जन काम
- निर्माण व्यवसायी महासंघको अध्यक्षमा पाण्डे निर्वाचित, महासचिवमा घिमिरे
- चालु आर्थिक वर्षको ८ महिनामा भित्रियो साढे १४ खर्ब रुपैयाँ रेमिट्यान्स
- फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ, डिजेल १८२ रुपैयाँमा कारोबार
- निर्वाचनपछि पहिलो संसद अधिवेशन आजदेखि, तीन अध्यादेश पेस हुँदै
- एसइई परीक्षा शुरु, पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले एक अर्ब वा सोभन्दा बढी रुपियाँको पूँजीमा स्थापित सबै उत्पादनमूलक कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पूँजी बजारमा सूचीकृत हुनुपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्मा प्रस्तुत गरेको बजेटमा प्राइभेट इक्युटी, भेन्चर फण्ड र हेज फण्डलगायतका नयाँ संस्थालाई पूँजी बजारमा प्रवेश गराउने उल्लेख गरे । बजेटमा नेपाल क्रेडिट रेटिङ गराई विदेशी लगानी र ऋण प्रवाहलाई सहजीकरण गरिने उल्लेख छ । नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषलगायतका अन्य कोषको प्रभावकारी नियमन गर्न नियमक निकायको व्यवस्था गरिनेछ । आगामी आर्थिक वर्षमा वित्तीय सेवामा सबै नेपालीको सहज पहुँच वृद्धि गर्ने…
काठमाडौँ: पुनःनिर्माणलाई आगामी आर्थिक वर्षको बजेटमा पनि प्राथमिकता दिँदै निजी आवास बनाइसक्ने घोषणा गरिएको छ । पुनःनिर्माणका लागि आव २०७५/२०७६ मा एक खर्ब ५१ अर्ब आठ करोड रुपियाँ बजेट छुट्याइएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्प र गत वर्ष तराई–मधेश क्षेत्रमा आएको बाढीपहिरो पीडितका लागि आवास पुनःनिर्माणलाई गति दिइने आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा उल्लेख छ । बाढीपहिरो र डढेलोलगायत सबै प्रकारका प्राकृतिक प्रकोपपीडितको आवास निर्माणका लागिसमेत बजेट व्यवस्था गरिएको छ । पुनःनिर्माणका अन्य आयोजना तोकिएकै समयमा सम्पन्न गर्न निर्माणलाई थप तीव्रता दिइने प्रतिबद्धता बजेटको छ । प्रदेश र स्थानीय तहसँगको सहकार्यमा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरिने भएको…
काठमाडौँ: सरकारले आर्थिक वर्ष २०७५र७६ का नीति र कार्यक्रमहरु कार्यान्वयन गर्न कूल १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघीय संसदको आजको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले कूल विनियोजनमध्ये चालूतर्फ आठ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख रुपैया अर्थात ६४.३ प्रतिशत र पूँजीगततर्फ तीन खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात २३.९ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत रहेको जानकारी दिए । आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजश्वतर्फ ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख रुपियाँ…
काठमाडौँ: सरकारले प्रदेश तथा स्थानीय तहलाई रु एक खर्ब ३५ अर्ब ५० करोड ७३ लाख वित्तीय समानीकरण अनुदानका रुपमा उपलब्ध गराउने भएको छ । प्रदेश र स्थानीय तहको शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता मानव विकास सूचकांक, पूर्वाधार, खर्चको आवश्यकता, राजस्व क्षमता तथा ती तहमा रहेका आर्थिक सामाजिक तथा अन्य विभेदका आधारमा उक्त अनुदान दिने व्यवस्था बजेटमा गरिएको हो । शसर्त अनुदानका रुपमा प्रदेशलाई रु ६३ अर्ब १३ करोड ५५ लाख र स्थानीयलाई रु एक खर्ब नौ अर्ब ८४ करोड ५६ लाख विनियोजन गरिएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०७५÷७६ को आयव्ययको विवरण प्रस्तुत…
काठमाडौँ: नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान(स्टाफ कलेज)लाई ‘संघीयताको अध्ययन केन्द्र’का रुपमा विकास गर्न थालिएको छ । मुलुक भर्खरै संघीयतामा प्रवेश गरेसँगै सोबारे जानकारी दिनका लागि अध्ययन केन्द्रका रुपमा विकास गर्न थालिएको प्रतिष्ठानका उपकार्यकारी निर्देशक खेमराज पुँजालीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिष्ठानले अध्ययन केन्द्रका रुपमा विकास गर्नका लागि प्रारम्भिक कामसमेत शुरु गरिसकेको छ ।
कञ्चनपुर: सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका १३ वर्षीय सुन्दर डगौरासहित तीन बालकलाई तात्कालिन संयुक्त सुरक्षा फौजले बिहानीको झिसमिसेमै विद्रोहीको आरोपमा घरबाट लगेर बेपत्ता पारे । बाढी आएको सनवोरा नदीको पाँगो हिलोमा दौडाउँदै बन्दुकको कुन्दा र बुटले पिठ्युमा हिर्काउँदै लगेको दृश्य देख्नेहरुको आँखाबाट आँसु झरे पनि विरोध गरे आफू पनि कुटिने र मारिने डरले सुरक्षा फौजको विरोध गर्ने हिम्मत कसैमा भएन । सुन्दरसँगै सुतेका १४ वर्षीय मधु चौधरी र १३ वर्षीय प्रकाश चौधरीलाई तत्कालीन सुरक्षा फौजले हात पछाडि बाँधेर यातना दिँदै नदीको किनारै किनार उत्तरतर्फ लगेको धेरैले देखे पनि त्यसपछि ती बालबालिकाको पत्तो लाग्न सकेन । अभिभावक…
हेटौँडा: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जनताको समृद्धिका लागि प्रदेश सरकार सधैँ क्रियाशील रहने बताएका छन् । मुख्यमन्त्री पौडेलले ११औँ गणतन्त्र दिवस समारोह समितिद्वारा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय तहबीच सहकार्य गरिने छ भने । उनले प्रदेशका १३ जिल्लामा राष्ट्र गौरवका आयोजना सञ्चालन गर्न जिल्ला समन्वय समिति र स्थानीय तहलाई योजना सिफारिस गरी पठाउन आग्रह गरिएको बताउँदै हेटौँडाबाट काठमाडौँ जोड्ने सुरुङ मार्गलाई राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उच्च प्राथमिकतामा राखी कार्यान्वयन गरिने विश्वास दिलाए । दिवसका उपलक्ष्यमा हेटौँडास्थित बुद्धचोकबाट आज बिहान निस्केको पदयात्रा कान्ति राजपथ हुँदै जिल्ला समन्वय परिषद्को प्राङ्गणमा पुगेपछि विसर्जन गरिएको…
काठमाडौं: संघीय सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ को लागि पहिलो बजेट मंगलबार संसदमा प्रस्तुत गर्दै छ । बजेट निर्माणको सम्पूर्ण काम सकेर अर्थ मन्त्रालयले आज बिहान बजेट छाप्न पठाइएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट भाषण साँझ चार बजे प्रस्तुत गर्दैछन् ।सोका लागि अहिले दुई बजे बजेट स्वीकृत गर्न मन्त्रिपरिषदको बैठक डाकिएको छ । मन्त्रिपरिषदले स्वीकृत गरेपछि अर्थमन्त्रीले बजेटको ब्रिफिङ गर्न राष्ट्रपतिकहाँ जान्छन् । त्यसपछि सीधै बानेश्वरस्थित संसद भवन गएर अपरान्ह ४ बजे बजेट सार्वजानिक गर्नेछन् । सरकारले १५ खर्व रुपैयाँ बराबरको बजेट लाउने तयारी गरेको अर्थमन्त्रालय स्रोतले बताएको छ । सरकारले कुल जीडीपीको ५० प्रतिशतको हाराहारीमा बजेट ल्याउन…
प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन् प्रचण्ड ओलीको जवाफ: मैले अर्कोसोचेकोथिए, त्यस्तो ट्वीट गर्दिएछन्