Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन उर्फ मिलन गुरुङसहित १९ जनालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला प्रशासनले अनुमति दिएको छ । गएराति महाराजगञ्जको एक होटलबाट चक्रे मिलनको जन्मदिन मनाइरहेका बेला प्रहरीले ४७ जना पक्राउ गरेकोमा २८ जनालाई छाडेको थियो । बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्नुपर्ने देखिएको भन्दै प्रहरीले हिरासतमा राख्न म्याद मागेको थियो । पहिलो पटक अभद्र व्यवहारको कसुरमा अनुसन्धान भएकाहरूको मुद्दा प्रमुख जिल्ला अधिकारीले हेर्ने व्यवस्था छ ।
काठमाडाैं: प्रधानमन्त्री केपी शर्मा ओलीले सभ्यतागत ऐतिहासिक जग र सांस्कृतिक सामिप्यमा आधारित नेपाल र चीनबीचको सम्बन्ध पारस्परिक सम्मान र जनस्तरको आत्मीयताले अझ समृद्ध बनेको बताएका छन् । नेपाल र जनवादी गणतन्त्र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको विशेष अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले बितेका दशकमा, नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको उल्लेख गर्दै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू आपसी सम्बन्धको आधार रहेको स्पष्ट पारे । “नेपालले एक चीन नीतिलाई दृढ समर्थन गर्दछ । चीनले पनि सधैँ नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गर्दै आएको छ । चीन हाम्रो नजिकको छिमेकी मात्र होइन,…
‘एक खर्ब २८ अर्बको संस्थापक शेयर बन्धक हुने’ काठमाडौं: स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले कम्पनीको शेयर अभौतिकीकरणमा दोहोरो आइजिन नम्बर राख्ने व्यवस्था हटाउनका लागि ४ वटा निकायको ध्यानाकर्षण गराएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडीएससी)ले कम्पनीहरुको शेयर सूचीकरण गर्दा सर्वसाधारण र प्रवर्द्धकलाई छुट्टाछुट्टै International Securities Identification Number (ISIN) आइजिन कायम गर्ने भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा प्रस्ताव लगेपछि इप्पानले अर्थमन्त्री, संसदको अर्थसमिति, सेबोन र सिडिएससीको ध्यानाकर्षण गराएको हो । सिडिएससीको उक्त प्रस्तावले संस्थापक लगानीकर्ता, निजी क्षेत्र, वैदेशिक लगानीकर्ता, शेयरमा लगानी गर्ने आम सर्वसाधारणमा थप अन्यौलता बढी निराशा पैदा हुने अवस्था सिर्जना भएको भन्दै यो प्रस्ताव कार्यान्वयन भएमा…
काठमाडौं: कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष आइतबारसम्म देशभर ७८ दशमलव ८४ प्रतिशत धान रोपाइँ भएको जनाएको छ । मन्त्रालयकाअनुसार कोशी प्रदेशमा ८०.३९ प्रतिशत, मधेश प्रदेशमा ५१.८२ प्रतिशत, बागमती प्रदेशमा ८७.१९ प्रतिशत भूभागमा रोपाइँ भएको छ ।त्यसैगरी गण्डकीमा ८.५३ प्रतिशत, लुम्बिनीमा ९२.०४ प्रतिशत कर्णाालीमा ९१.३८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९८.९४ प्रतिशत भूभागमा धान रोपाइँ सकिएको मन्त्रालयले जनाएको छ । गत वर्ष साउन १३ गतेसम्म ९२.६ प्रतिशत भूभागमा रोपाइँ भएको थियो । यो वर्ष मधेस प्रदेशलगायतका केही क्षेत्रमा पानी नपरेका कारण गत वर्षको तुलनामा हालसम्म कम क्षेत्रमा रोपाइँ भएको हो ।
काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मा केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिएको छ । काठमाडौँ–१०बाट प्रतिनिधिसभा सदस्यसमेत रहेका केसीलाई संसदीय दलको विधानअनुसार बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । ‘संसदीय दलको विधानअनुसार बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी केन्द्रीय सदस्य राजेन्द्र केसीलाई दिइएको छ,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘उहाँ आजै (आइतबार) त्यसतर्फ प्रस्थान गरिसक्नुभएको छ ।’ कांग्रेस संसदीय दलको विधानको दफा २२ को उपदफा २ मा ‘नेतामाथि राखिएको अविश्वास प्रस्तावलाई संसदीय दलको प्रतिनिधि सभाका सम्पूर्ण सदस्य संख्याको पचास प्रतिशत भन्दा बढी सदस्यले…
काठमाडौँ: विपद् सङ्कटग्रस्त क्षेत्र मधेस प्रदेशका विभिन्न जिल्लामा चैत्र यता सिँचाइका लागि ३ सय वटा डिप बोरिङ खनिएको भए पनि प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ। विशेष गरेर सामुदायिक उपभोक्ता समितिमार्फत गरिएका काममा प्रभावकारिता र स्थायित्वको समस्या देखिएको हो। मधेस प्रदेशको स्थलगत अध्ययनमा रहेको अन्तरमन्त्रालय स्तरको अध्ययन कार्यदलले मुख्य सचिव एकनारायण अर्याललाई आइतबार प्रारम्भिक जानकारी गराउने क्रममा यस्तो बताएका हुन्। त्यसैगरी विभिन्न स्थानमा सिँचाइ प्रयोजनका बोरिङ सञ्चालनमा प्रयोग भएका ५० वटा ट्रान्सफर्मर चोरी भएको पनि प्रारम्भिक अध्ययनमा देखिएको छ।केही स्थानमा भोल्टेजको स्थायित्व नभएका कारण प्रयोग हुन नसकेर सिँचाइ हुन नसकेको पनि टोलीले निष्कर्ष निकालेको छ।मुख्यसचिव अर्यालले आज आफ्नै कार्यालयमा…
काठमाडौँ । नेपाल प्रहरीमा ४ हजार ७ सय ३५ जनशक्ति रिक्त रहेको छ ।आइतबार प्रहरी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा यसबारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार ५ सय ४१ रहेको र अहिले ५.९५ प्रतिशत जनशक्ति रिक्त रहेको बताए । विद्यमान जनशक्ति ९४. ०५ प्रतिशत (७४ हजार ८ सय ६ रहेको पनि बताउनु भयो । सिनियर अफिसरहरूको जनशक्ति २.८४ प्रतिशत रहेको र प्रहरी वरिष्ठ नायव निरीक्षक, प्रहरी नायव निरीक्षक, प्रहरी सहायक निरीक्षकको कुल जनशक्तिमध्ये १५.३५ प्रतिशत रहेको बताए । उनले भने,‘नेपाल प्रहरीको कुल दरबन्दी ७९ हजार…
काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिकाको वडा नम्बर १ स्थित नगरपालिकाभित्र नै पहिलो पटक फाल्चासहितको नवनिर्मित “रानीवन उद्यान” संचालनमा आएको छ। नागार्जुन नगरपालिका अन्तर्गत वडा नम्बर-१ को आफ्नै वार्षिक योजना र लक्ष अन्तर्गत वडाले नगरपालिका भित्रकै पहिलो फल्चासहितको अवधारणामा यो विश्राम तथा उद्यान संचालनमा ल्याएको हो। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले शनिबार एक विशेष कार्यक्रमकाबिच प्रमुख अतिथिको रुपमा सो उद्यानको समुद्घाटन गरेका छन्। सो पार्क संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, बबरमहलको आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको नागार्जुन नगरपालिका वडा नम्बर-१ का वडाध्यक्ष रामेश्वर लामाले कार्यक्रममा बोल्दै जानकारी दिनुभयो। फाल्चा र पार्कसहितको अवधारणामा निर्मित यस संरचना सिंगो १० वटै वडाभित्रै…
काठमाडौं: भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रूपन्देही पुर्याइएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रूपन्देही पुर्याएर प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई अहिले प्रहरीले काठमाडौं ल्याइरहेको छ । त्यसैगरी गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन् । उक्त विषयमा गृहमन्त्री…
काठमाडौं: नेपाल भ्रमणमा रहनुभएका रोजगारदाताहरुको अन्तर्राष्ट्रिय संगठन (आइओई) का महासचिव रोबर्टो सुवारेज सान्तोसले औद्योगिक सम्बन्ध सुधारमा नेपाल उद्योग वाणिज्य महासंघले निर्वाह गरेको भूमिका को प्रसंशा गर्नु भएको छ ।विहिवार महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र पदाधिकारीसंगको भेटमा उहाँले उक्त धारणा राख्नु भएको हो ।महासंघका अध्यक्ष ढकालको निमन्त्रणमा आउनु भएका सान्तोषले हालै सहमतिमा भएको न्यूनतम ज्याला निर्धारण, सामाजिक सुरक्षा र औपचारिकीकरणमा महासंघको भूमिका अनुकरणीय भएको बताउन भएको हो । साथै उहाले सरकार र ट्रेड यूनियनहरुको रचनात्मक भूमिका रहेको पनि बताउनु भयो ।तीन दिने नेपाल भ्रमणमा रहनु हुने महासचिव सान्तोस २०८२ साउन ८ देखि १० गते (२४–२६ जुलाई २०२५) सम्मको नेपालको भ्रमणमा…