Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: हिमालपारी मनाङको हुम्डेमा केहीबेर मर्स्याङ्दी नदी थुनिएर अहिले खोलिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताएका छन्। नेस्याङ गाउँपालिका-४ हुम्डेमा नदी वरिपरिबाट गएको पहिरोले शनिबार केहीबेर नदी थुनिएको सिडिओ लामिछानेले बताए। ‘पहिरोले एकछिन मर्स्याङ्दी थुनियो, अहिले बगिरहेको छ,’ लामिछानेले भने, ‘पानीको सतह बढेको छ।’ विगत एक सातायता अत्यधिक वर्षाका कारण मर्स्याङ्दी नदीमा उर्लिएको बाढी शनिबार झनै बढेको लामिछानेले बताए। हुम्डेमा थुनिएको मर्स्याङ्दी बग्न थालेपछि तल्लो तटीय क्षेत्रमा जोखिम बढ्ने भन्दै सबैतिर सूचना दिइएको उनले बताए। उनले भने, ‘तल्लो तटीय क्षेत्रमा मर्स्याङ्दी वरिपरि नबस्नु भनेर सूचना दिएका छौं।’ नदीमा उर्लिएको बाढीका कारण चामेबाट हुम्डे जाने ट्रसको पुल नाघेर पानी बगिरहेको छ।…
काठमाडौँ: बितेको २४ घण्टामा ११ हजार ६९६ जनाको नमुना परीक्षण गर्दा २४०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३६६० जना संक्रमणमुक्त हुँदा ३४ जनाले ज्यान गुमाएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १० जनाको पीसीआर र ७१३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख १९ हजार ६३५(पीसीआर) र २५ हजार ५७४ (एन्टिजेन) जना पुगेको छ । यस्तै हालसम्म ५ लाख ५३ हजार ३४२ जना संक्रमण मुक्त हुदा मृतकको कुल संख्या ८ हजार ६७५ पुगेको छ ।
काठमाडौं: असार ७ गतेपछि बैंकहरु पूर्णरूपमा चल्ने भएका छन्। निषेधाज्ञा खुुकुलो हुँदै गएकाले बैंक फुलफ्लेज्डमा चलाउन बैंकरबीच सहमति भएको हो। सरकारले पछिल्लो समय असार ७ गतेसम्म निषेधाज्ञा थप गरेको छ। बैंकर्स संघमा बिहीबार भएको कार्यसमितिको बैठकमा सबै कारोबार खुला गर्ने सहमति बनेको हो। अहिले निषेधाज्ञा कारण शाखाहरु पनि आलोपालो छ भने निक्षेप झिक्ने र राख्ने सेवा मात्र छ। बैंकको शाखा पनि २ बजेसम्म मात्र खुलिरहेको छ। अब भने मालपोत कार्यालय खुलेमा ऋणको काम पनि हुने छ। अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ। यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने…
काठमाडौँ: इंग्ल्याण्ड र स्कटल्याण्डबीच गयराती भएको युरोकप फुटबल खेलमा दुबैलाई गोलरहित बराबरी खेलेका छन् । इंग्ल्याण्डको वाम्ब्ले खेलकुद मैदानमा १९९६ पछि दुइ राष्ट्रबीच भएको पहिलो खेलमा घरेलु मैदान गोलरहित बराबरी खेलेपछि टिकट काटेर खेल हेर्न पुगेका इंग्ल्याण्डका २२,५०० समर्थक बेखुश भएका छन् । यस खेललाई इंग्ल्याण्ड समर्थकले एउटा निकै रुचाएको खेल मध्यको एक थियो ।
काठमाडौँ: काठमाडौँ महानगरपालिकाको आर्थिक बर्ष २०७८–२०७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन भएको छ । असार ३ गते काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नवौँ नगरसभाको पहिलो बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका थिए । तर, उपमेयसहित काँग्रेस निकटका जनप्रतिनिधिले नीति–तथा कार्यक्रमबारे केही अध्ययन गर्न दुई दिनको समय माग गरेपछि प्रमुख शाक्यले आजको छलफलमा दुई दिनका लागि स्थगन गरेको जानकारी दिए । यसअघि आफूसँग कुनै सल्लाह नगरी नीति तथा कार्यक्रम ल्याइएको भन्दै काँग्रेसका जनप्रतिनिधिले विरोध गरेका थिए । ‘काठमाडौँ महानगरपालिकाको नवौँ अधिवेशन हिजोबाट सुरु भयो । हिजोको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपमेयर लगायत धेरैजसो साथीहरु अनुपस्थित रहनुभयो,’ शाक्यले भने, ‘सबैको उपस्थितिमा…
काठमाडौँ: युरोकप अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ । बराबरीसँगै क्रोएसियाको अबको यात्रा कठीन बनेको छ । स्कटल्याण्डमा भएको खेलमा चेकका प्याट्रिक सिकले पेनाल्टीमार्फत टीमलाई अग्रता दिलाए । तर त्यो अग्रता १० मिनेटपनि टिक्न सकेन । क्रोएसियाका लागि इभानले ४७ औं मिनेटमा बराबरी गोल गरे । त्यसपछि दुबै टोलीले गोल गर्ने सुन्दर मौका पाए पनि गोलले दिशा लिन सकेन । खेलमा ११ सुट गरेकोमा २ वटा टार्गेट सुट थियो भने चेकले पनि ११ वटै सुट गर्दा एउटा टार्गेट थियो । बल पोजिसनको कुरा गर्ने हो भने ४८ प्रतिशत क्रोएसिया र ५२ प्रतिशत चेकको पकड…
काठमाडौँ: नेपाल चीन सिमानामा भारी बर्षापछि गएको पहिरोले नदी थुनिएपछि तामाकोशी नदीमा बाढी आउने चेतावनी दिइएको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले शुक्रबार राती ९ :४५ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सचेत रहन आग्रह गरेको छ । नेपाल चीन सीमा क्षेत्रमा रहेको टिङग्री काउन्टीको रोङसिया शहर र सो को आसपासमा भारी वर्षा आएसँगै पहिरो गई नदीको प्रवाह रोकिएको जनाइएको छ । सो बारेको सूचना आएकोले कुनैपनि समयमा तामाकोशी नदीमा पानीको मात्रा बढेर बाढी आउन सक्ने जनाइएको छ । सूचनामा भनिएको छ– ‘नेपाल–चीन सीमा नजिकको वस्ती लगायत तामाकोशी नदीको तटीय क्षेत्रमा जोखिम सृजना हुन सक्ने संभावना देखिएकोले सो क्षेत्रमा…
सिन्धुपाल्चोकको मेलम्ची खोलामा भीषण बाढी आएको छ । शुक्रबार साँझ साढे ८ बजेदेखि खोलाको बहाव बढ्दै गएको मेलम्ची प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले जानकारी दिए । प्रहरीले त्यस आसपासका जोखिमयुक्त क्षेत्रमा रहेका मानिसहरुलाई माइकिङ गरेर सुरक्षित स्थानमा सारिएको जानकारी दिए । वर्षा सामान्य भएपनि बाढीको बहाव बढी मात्रामा आएको उनको भनाई छ । प्रहरी निरीक्षक राईले भने–‘हिजो अस्तिको भन्दा केही बढी मात्रामा बाढी आएपनि पहिलो दिनको भन्दा अलि कम छ । मेलम्ची क्षेत्रमा पानी खासै ठूलो नपरेपनि बाढीको मात्रा बढेको छ । माइकिङ गरेर सर्वसाधारणलाई सुरक्षित स्थानमा सारेका छौँ ।’ हेलम्बु क्षेत्रमा बाढीको प्रभावबारे विस्तृत बिवरण आउन बाँकी…
काठमाडौं: भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु र मेलम्ची नगरपालिकालाई जनही ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग गर्ने जनाएको छ । मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कार्यपालिकाको बैठकबाट नगरपालिकाको तर्फबाट सहयोग गर्ने निर्णय भएको बताएका हुन् । उक्त सहयोग रकम हस्तान्तरण गर्न उनी शनिबार आफै मेलम्ची जाने भएका छन्। यसअघि, सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बुका बाढी प्रभावितलाई काठमाडौं महानगरपालिकाले २ करोड रुपैयाँ सहयोग गर्ने जनाएको छ । बिहीबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै महानगरका मेयर विद्यासुन्दर शाक्यले बाढी प्रभावित क्षेत्रमा सहयोगस्वरुप २ करोड रुपैयाँ दिने घोषणा गरेका हुन् । यस्तै, काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले…
काठमाडौँ: पछिल्लो २४ घण्टामा थप २ हजार ७६८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ३७ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १९६३ तथा एन्टिजेन विधिबाट ८०५ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ तथा एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा संक्रमण पुष्टि भइसकेको छ । यही अवधिमा थप ४ हजार २० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म ५ लाख ४९ हजार ६८२ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ८९ प्रतिशत रहेको छ । नयाँ संक्रमितभन्दा निको हुने बढी रहेसँगै हाल सक्रिय…
