Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासङ्घ र उद्योग विभागबीच उत्पादनमूलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्ने विषयमा द्विपक्षीय समझदारीपत्रमा आज हस्ताक्षर भएको छ । समझदारीपत्रमा महासङ्घका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गरेका हुन । समझदारीअनुसार कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासङ्घ र विभागको स्वामित्वमा हुने व्यवस्था गरिएको छ । दुवै संस्थाले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगसँग सम्बन्धित तथ्याङ्क सङ्कलन गर्न प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ । आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसरको खोजी र पहिचान गर्ने तथा औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगको सञ्चालनका क्रममा देखा पर्ने समस्या, गुनासालाई…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) पोखरा जाँदैछन्। त्यसका लागि प्रधानमन्त्री ओली बिहान ११ बजे त्यहाँ (पोखरा) पुग्ने कार्यक्रम छ। पोखरा ओर्लनेबित्तिकै प्रधानमन्त्री ओलीले गण्डकी प्रदेश सरकारले नदीपुरमा बनाउन लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम छ। त्यसपछि दिउँसो १ बजे पोखरा सभागृह आयोजना हुने प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नेछन्। भेलामा ११ जिल्लाका गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मलाई सहभागी गराउने ओली समूहले जनाएको छ। कार्यकर्ता भेलापछि प्रधानमन्त्री ओली पोखरा रंगशाला निरीक्षण गर्न जाने कार्यक्रम छ। ओली आजै काठमाडौं फर्किने कार्यक्रम छ।

Read More

काठमाडौँ: यो वर्षको जाडोयाम आज समाप्त भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार जाडोयाम समाप्त भएसँगै प्रि-मनसुन शुरू हुन लागेको छ । प्रि-मनसुन याममा हरेक दिनजसो अपराह्न र साँझपख मेघगर्जन/चट्याङ्गसहित हावाहुरी र असिनापानी पर्ने सम्भावना हुने भएकाले त्यसबाट जोगिन महाशाखाले अपिल गरेको छ । यसैबीच आज प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदलीको अवस्था रहेको छ । महाशाखाले विहान ६ बजे जारी गरेको तीन दिनको पूर्वानुमान वुलेटिनमा मंगलबार र बुधबार मौसम सफा रहने पूर्वानुमान गरिएको छ…

Read More

घोराही: तुलसीपुरमा एक न्यायाधीशकी श्रीमती ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । तुलसीपुर उपमहानगरपालिका–५ निवासी ४२ वर्षीया तुलसा पोखरेल आइतबार दिउँसो ब्राउन सुगरसहित पक्राउ परेकी हुन् । उनलाई ब्राउनसुगर लकाउन प्रयोग गरिएको स्कुटरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले जानकारी दिए । तुलसीपुर बजारस्थित घर अगाडि पार्किङ गरेर राखिएको पोखरेलको रा ५ प ७१४६ नम्बरको स्कुटरको डिक्की भित्र राखेको अवस्थामा २.२२ ग्राम ब्राउनसुगर बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिबबहादुर सिंहले पनि पुष्टि गरे । इलाका प्रहरी कार्यालय तुलसीपुर र जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएका सादा पोशाकका प्रहरीले गोप्य सूचनाका आधारमा तुलसाको स्कूटरबाट प्रतिबन्धित लागुऔषध…

Read More

काठमाडौँ: प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफूहरुले नेतृत्व गरेको नेकपा नै आधिकारिक भएको र सबै कमिटीमा आफूहरुसँग बहुमत रहेको स्पष्ट पारेका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पूनर्स्थापना गरिसक्दा पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नदिनु अर्को असंवैधानिक कदम भएको उनको टिप्पणी छ। आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता रावलले केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता संसारमा कोही पनि नभएको पनि बताए। ‘अदालतबाट प्रतिनिधिसभा पूनःस्थापना भैसकेको छ। तर, उहाँले प्रधानमन्त्रीबाट म हट्दिन भन्नु असंवैधानिक हो। केपी ओलीजस्तो असंवैधानिक र अनैतिक नेता तानाशाह र सैनिक शासकबाहेक संसारमा कोही…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेकपा विप्लव समूहसँग चाँडै वार्ता गर्ने बताएका छन् । आइतबार झापामा नेपाल–चीन मैत्री औद्योगिक पार्क शिलान्यास समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । ‘तपाईंहरुलाई खुशीको खवर छ । अब शान्तिको सम्बन्धमा अलिअलि समस्या रहेको ठानिएको विप्लव समूहको समस्याको पनि हामी छिट्टै वार्ताद्वारा समाधान गर्नेछौँँ’, प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘तपाईंहरुले घर बसिबसी समस्या समाधानको भव्य कार्यक्रम टेलिभिजनबाट देख्नुहुनेछ ।’ सो क्रममा प्रधानमन्त्री ओलीले ५ बर्षभित्र नेपाल विकासशील राष्ट्रको सूचीमा पर्ने पनि बताए ।

Read More

काठमाडौँ: राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा रजनीश कुमार गुप्ता विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले २५ करोड ८० लाख ६५ हजार ४२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी लिई बीरगञ्ज उप-महानगरपालिका वडा नं.१० स्थित रजनीश ट्रेडिङ कन्सर्न तथा डल्फीन ट्रेडर्स प्रा.लिका संचालक तथा प्रोप्राइटर रजनीश कुमार गुप्ताविरुद्ध मुद्दा दायर गरेको हो। गुप्ताले भन्सार चोरी पैठारी गरी भन्सार, मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको देखिएको विभागले जनाएको छ । गुप्ताले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को…

Read More

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट अविस्वासको प्रस्ताव पास गरेर आफूलाई हटाएर देखाउन प्रचण्ड–माधव समूहलाई चुनौती दिएका छन् । आइतबार झापास्थित आफ्नो निर्वाचन क्षेत्रमा चीन–नेपाल मैत्रीपूर्ण औद्योगिक पार्कको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाएर देखाउन चुनौती दिएका हुन् । ‘तपाईंहरुले संसद फिर्ता गरेर ल्याउनुभएको छ भने, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् ।’ पहिले पनि हटाउँदा जनताले आफूलाई जिताएर पठाएको उल्लेख गर्दै उनले अहिले हटाए तीन करोड जनताबाट फेरि दुई तिहाई मत ल्याएर देखाउने दावी गरे । ‘त्यसैले चिन्ता गर्नुपर्ने अहिलेको अवस्था होइन’ उनले भने, ‘संसद पुनः स्थापना त भयो । तर, पार्टीको नेता र…

Read More

काठमाडौँ: कारोबारमा आएका अधिकांश कम्पनीको शेयरमूल्य घट्दा शेयर बजार परिसूचक मापक नेप्से आइतबार ३.१२ प्रतिशत अर्थात ७९.७४ अंकले घटेर २ हजार ४७४ दशमलव ३९ अंकमा झरेको छ । कोरोना भाइरस संक्रमणका कारण लगानीका अन्य क्षेत्रहरु खुम्चिएर बैंकिङ्ग प्रणालीको ब्याजदर न्यून भई सबैतिरबाट शेयर बजारमा भित्रिएको पार्किङ्ग मनि बाहिरिन थालेसँगै एकपछि अर्को दिन नेप्सेको घट्ने क्रम बढेको हो । बिहीबार ४४ अंकले घटेको नेप्से आइतबार ८० अंकले घटेको छ । आइतबार २०७ कम्पनीका १ करोड ६० लाख १७ हजार ३२२ कित्ता शेयर ९६ हजार १५१ पटक खरीद बिक्री हुँदा कारोबार रकम ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार ८१४…

Read More

काठमाडौं: भारत सरकारले नेपालको बिजुलीलाई आफनो बजारमा प्रवेश गर्न दिने नीति कार्यान्वयनमा ल्याएको छ । नेपालले लामो समयदेखि गर्दै आएको पहल स्वरुप नै भारतको केन्द्रीय विद्युत् प्राधिकरणले विजुली व्यापारका लागि मार्गप्रशस्त गरिदिएको छ । तर त्यसमा नदेखिने तर स्पष्ट बुझिने एउटा सर्त भने राखेको छ । त्यसमा नेपाल र भारतले लगानीकर्ता बाहेक अन्य देशका लगानीकर्ताको लगानी रहने बिजुली भने भारतीय बजारमा प्रवेश पाउने छैन । नेपालमा पछिल्ला दिनमा चिनियाँ लगानीकर्ताले जलविद्युत् क्षेत्रमा ठूला लगानी भित्र्याउने तयारी गरिरहेका छन् । केही आयोजनामा त चिनियाँ कम्पनीले लगानी समेत गरिसकेका छन् । भारतले आफना लगानीकर्ताले लगानी गरेका आयोजनाबाट उत्पादित बिजुलीलाई मात्रै आफनो…

Read More