Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेकपा एमालेको आज (आइतबार) स्थायी कमिटी बैठक बस्ने भएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले दिएको जानकारीअनुसार स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा अहिले बिहान ९ बजे बस्ने भएको हो। समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बोलाइएको एमालेले जनाएको छ। असन्तुष्ट वरिष्ठ नेता माधव नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको आदेश दिन माग गर्दै सर्वाेच्च अदालतमा दिइएको रिट निवेदनमा आफूनिकट सांसदले गरेको हस्ताक्षर फिर्ता नगर्ने बताएको भोलिपल्ट एमाले स्थायी कमिटी बैठक बस्न लागेको हो। यस्तै सर्वाेच्च अदालतले मन्त्रिपरिषद् पुनर्गठन बदर गरेको, प्रधानमन्त्रीसमेत रहेका पार्टीका अध्यक्ष केपी शर्मा ओलीले घोषणा गरेको एमालेको दसौं महाधिवेशन आयोजक कमिटी अमान्य भनेको,…
काठमाडौँ: जारी यूरो कप फुटबलको अन्तिम १६ को पहिलो नकाउट खेलमा डेनमार्कले वेल्सलाई ४-० गोल अन्तरले पराजित गरेको छ । वेल्स डेनमार्क सामु निरिह जस्तै देखिएको थियो।
काठमाडौँ: काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि फेरि थप्ने तयारी गरिएको छ। यसअघि जारी निषेधाज्ञाको अवधि आज राति १२ बजेदेखि सकिँदै छ। कोरोना भाइरसको पछिल्लो नयाँ खतरनाक प्रकार डेल्टा प्लस देखिएको तथा संक्रमण पनि नघटेकाले निषेधाज्ञाको अवधि पुनः थप्नुपर्ने अवस्था रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ढुण्डीप्रसाद निरौलाले जानकारी दिए। ‘त्यसका लागि हामी तीन जिल्लाका सीडीओ भरे वा भोलि बिहानै बैठक बस्दै छौं,’ प्रमुख जिल्ला अधिकारी निरौलाले आइतबार बिहान नेपालखबरसँग भने, ‘अरू एक हप्ता थपिन्छ कि?’ अब सार्वजनिक यातायात पनि खुलाउने हो कि? ‘यो त अहिल्यै भन्न सकिन्न,’ उनले भने, ‘हामी छलफलमै बसेका छैनौं।’ तर थपिने निषेधाज्ञा अझ सहज बनाउने…
काठमाडौँ: नयाँ राष्ट्रिय रेकर्ड बनाउँदै इटाली युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो। खेलमा निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्यो। खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए। उनले इपिन्जोलाको पासमा गोल गरेका थिए। इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्यो। माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए। अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए।…
काठमाडौं: स्वदेशी लगानीमा निर्माण भइरहेको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको परीक्षण उत्पादन गर्ने तयारी भएपछि प्रसारणलाइन तयार राख्न लागिएको छ। आयोजनाले एक साताभित्र पहिलो युनिटको परीक्षण गर्ने योजनाका साथ काम गरेपछि प्रसारणलाइनको पनि व्यवस्थापन मिलाउन लागिएको हो। नेपाल विद्युत प्राधिकरणले शनिबार सूचना प्रकाशित गर्दै आगामी आइतबारदेखि शनिबार (असार१३ देखि १९ गते)सम्म आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने कार्यक्रम रहेकाले खिम्ती लामोसाँघु १३२ केभी प्रसारणलाइन बन्द रहने उल्लेख गरेको छ। प्रणालीमा विद्युत अपुग हुने भएकाले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको छोटो समयका लागि विद्युत कटौती हुन सक्ने जनाएको छ। कुलेखानी जलाशयको पानी प्रयोग गरि यथासम्भव विद्युत कटौतीको समय कम…
काठमाडौँ: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केही दिनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने बताएका छन्। पत्रकारहरुसँग आयोजना गरिको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले संविधान अनुसार संसद पुनर्स्थापना हुने र देउवा प्रधानमन्त्री हुने बताए। ‘यो नियम संविधान अनुसार भनेको छु, सेटिङमा भनेको छैन’, उनले भने। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई देखाएर अदालतलाई धम्क्याएको बताए। कहिले आफै त कहिले महान्यायाधीवक्ता मार्फत ओलीले अदालतलाई धम्क्याएको उनले बताए। यो पटक आफूहरुले नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको उनको भनाई छ। ‘यो पटक हामी प्रधानमन्त्री हुन पाए सरकार बनाउन पाए भन्ने कुराबाट प्रेरित छैनौं’, प्रचण्डले भने, ‘देशलाई वर्वाद बनाउन…
काठमाडौँ: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ता जस्तो भएर काम गरेको आरोप लगाएका छन्। संघीय संसद भवन नयाँवानेश्वरमा शनिबार विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै सभापति देउवाले संविधानको संरक्षक र सबैको साझा अभिभावकको रुपमा संविधानले र्निदृष्ट गरेको भूमिका निर्वाह नगरेर राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको कार्यकर्ता जसरी काम गरेको दाबी गरेका हुन्। संसदको कुनै पनि सांसदले बहुमत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा प्रधानमन्त्री हुन सक्ने व्यवस्था संविधानले गरेको उल्लेख गर्दै उनले बहुमत पुर्याएर प्रस्ताव लैजाँदा पनि राष्ट्रपतिले संविधानको व्यवस्था अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेर ओलीको इसारामा चलेको आरोप लगाए। उनले…
काठमाडौँ: नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव आएको खुलासा गरेका छन्। पाँच दलीय गठबन्धनका नेताले शनिबार पत्रकारहरुसँग गरेको अन्तर्क्रियामा बोल्दै नेता नेपालले आफूलाई प्रधानमन्त्रीको प्रस्ताव आएको भए पनि स्वीकार नगर्ने बताए। उनले गठबन्धनलाई धोका दिन नसक्ने प्रष्ट पारे। उनले सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता नलिने बताए। ‘मलाई प्रधानमन्त्री आफर आइसक्यो’, नेपालले भने, ‘तर गठबन्धनलाई धोका दिन सक्दिन। यो लडाई केपी ओली प्रवृत्तिका विरुद्ध हो।’ संविधान र लोकतन्त्र रक्षाका लागि पाँच दलीय गठबन्धन बनेको बताउँदै नेता नेपालले केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नभएको बताए। उनले प्रधानमन्त्री केपी ओलीलाई शक्ति, सरकार र पैसाको मात लागेको आरोप लगाए। त्यही…
काठमाडौँ: मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् । आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् । एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ ।…
काठमाडौँ: पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अपराह्न जानकारी दिएको छ । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण मुक्त बनेका छन् । यससँगै देशभर कोरोना संक्रमित हुनेको कुल संख्या ६ लाख ३२ हजार ३२६ (पीसीआर) र ३१ हजार ५३१ (एन्टिजेन) जना पुगेको छ । यस्तै निको हुनेको संख्या ५ लाख ८१ हजार ३२७ पुगेको छ । हालसम्म कोरोनाबाट कुल ८ हजार ९७५ जनाले ज्यान गुमाएका छन्…
