Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं । नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई दलको साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने सूचना राष्ट्रपति कार्यालय पठाएको छ । उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले कारबाही गर्ने जानकारी राष्ट्रपति कार्यालय पठाएको प्रधानमन्त्री केपी शर्मा ओली निकट स्रोतले जानकारी दिएको छ । ‘उनीहरुले दलीय अनुशासन उल्लंघन गरेकाले साधारण सदस्य पनि नरहने गरी कारबाही गर्ने जानकारी गराएका छौं’ उनले भने । शुक्रबार संविधानको धारा ७६(५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा बुझाएका छन् । जसमा नेकपा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका छन् ।
काठमाडौँ: पछिल्लो २४ घण्टामा नेपालमा थप ८६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १७७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । यसअघि बिहीबार देशभर ८३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १९० जनाको मृत्यु भएको थियो । यस्तै ६५४३ जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा २३ हजार २२६ जनाको नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ७८९० जना संक्रमणमुक्त भएका छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ९७ हजार ५२ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ७४…
नेकपा (एमाले)का १२१ र जसपाका ३२ गरी १५३ जना सांसदको समर्थन आफूलाई रहेको पत्रसहित प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) बमोजिम प्रधानमन्त्री पदको लागि दावी गरेका छन् । दावी पत्रमा जसपाको तर्फबाट अध्यक्ष महन्थ ठाकुर तथा संसदीय दलका नेता राजेन्द्र महतो र एमालेका अध्यक्ष एवम् दलका नेता केपी शर्मा ओलीकाे हस्ताक्षर रहेको प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्रीको दावी गर्दै विपक्षी गठबन्धनका तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा पनि १ सय ४९ सांसदको हस्ताक्षरसहित शीलतनिवासमा छन् । *यसअघि १२१ भएको मा सच्चाइएको छ । सम्पादक
काठमाडौं: संविधानको धारा ७६ (५) अनुसारको सरकार गठनका लागि दावी पेश गर्न विपक्षी दलहरु राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधनमन्त्री बनाउन माग गर्दै १४९ सांसदको हस्ताक्षरसहित नेताहरु शीतलनिवास पुगेका हुन् । देउवालाई प्रधानमन्त्रीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई उपेन्द्र यादव पक्षका सांसदले समर्थन गरेका छन् ।
काठमाडौँ: प्रम केपी शर्मा ओलीले शुक्रबार राष्ट्रिय सहमतिको सरकार गठनको लागि सबै दलहरुलाई आवोहान गरेका छन् । “देश कोभिड जन्य महाब्यादीबाट आक्रान्त भैरहेको अवस्थामा म सबै दलहरुलाई राष्ट्रिय सहमतिको सरकार गठनको लागि आवोहान गर्न चाहन्छु,” उनले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा भन्नुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुलाई बैकल्पिक सरकार बनाउन आग्रह गरेका छन्। “सक्नुहुन्छ भने सरकार बनाउनुस त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ,” प्रम ओलीले आज बालुवाटारमा पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन्। “मैले मार्ग प्रसस्त गरेको छु, आज पाँच बजेसम्मको समय राष्ट्रपतिबाट समय दिनु भएको छ त्यसभित्र समहमति गरेर बैकल्पिक सरकार बनाउन दलहरुलाई आग्रह गर्दछु,” प्रम ओलीले भने। “उनले रास्ट्रपतिलाई महाअभियोग लगाउने कुरा गरेर हुर्मत लिन खोजिएकोमा दलहरुलाई प्रम ओलीको आक्रोस थियो,” उनले भने।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष नयाँ सरकार गठनमा पनि तटस्थ बस्ने भएको छ । यससँगै संसद (प्रतिनिधिसभा) भंग गरेर फेरि मध्यावधि चुनाव घोषणाको सम्भावना बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गर्न साँझ ५ बजेसम्मको समय दिएकी छन् । तर संसदको बहुमतमा निर्णायक मानिएको जसपाको ठाकुर पक्षले फेरि पनि तटस्थ बस्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको बैठकले सरकार गठनको प्रक्रियामा सहभागी नहुने निर्णय गरेको । अध्यक्ष ठाकुरले भने, ‘हामीले त सुरुदेखि नै तटस्थ बस्दै आएका छौं । अहिले पनि हाम्रो अवस्था…
काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने गृहकार्य सुरु गरेका छन् । उनीहरुले प्रधानमन्त्रीका लागि तयार रहन महन्थ ठाकुरलाई प्रस्ताव पनि पठाएका छन् । जसपा नेपालको नेतृत्वमा सरकार बनाउन काँग्रेस, माओवादी केन्द्र र एमालेका माधवकुमार नेपाल पक्षले पनि सघाउने गरी कुराकानी अगाडि बढेको अध्यक्ष भट्टराईका प्रेस सल्लाहकार एवम् जसपाका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले बताए । उनले भने, ‘अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले महन्थ ठाकुरलाई प्रस्ताव पठाइसक्नु भएको छ । महन्थ ठाकुरले जसपाको नेतृत्वमा सरकार बनाउने कि ओलीलाई साथ दिने उहाँमा निर्भर छ । उहाँको जवाफको…
काठमाडौँ: नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने कांग्रेस पदाधिकारी बैठकको निर्णय लगत्तै दलका नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठ पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुढानिलकण्ठ पुगेसँगै एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल पनि छलफलका लागि पुगेका छन् । संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउनका लागि बहुमत सिद्ध गर्न राष्ट्रपतिले दिएको समय आजै सकिदैछ । यस्तो सरकारको गठन र नेतृत्वका सम्भावनाबारे बैठकमा छलफल हुने एक कांग्रेस नेताले बताए । उनका अनुसार जसपा नेता उपेन्द्र यादव पनि देउवासँग छलफलका लागि बुढानिलकण्ठ पुग्दैछन् ।
काठमाडौँ: जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव समूहसँग छलफल गरेर राजनीतिक निकास दिने बताएका छन् । शुक्रबार सिंहदरबारमा संसदीय दलको बैठक बस्नुअघि संक्षिप्त प्रतिक्रिया दिँदै ठाकुरले यादव समूहसँग पनि छलफल गर्ने बताएका हुन् । अहिले सिंहदरबारस्थित कार्यालयमा संसदीय दलको बैठक बसिरहेको छ । बैठकमा उपेन्द्र यादव र बाबुराम भट्टराई समूह भने सहभागी भएको छैन । ठाकुरले यादव समूहसँग पनि छलफल भइरहेको बताए । ‘छलफल भइरहेको छ । हामी निकास दिन्छौं । उपेन्द्र यादवसहित पनि बस्छौँ,’ उनले भने । अध्यक्ष ठाकुरले जसपा केन्द्रीय कार्यालय बालकुमारीमा उपेन्द्र यादवहरुसँग छलफल गर्ने बताए । उनले शुक्रबार बिहान मात्रै पनि यादवहरुसँग भेटघाट…
