Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : सेयर खरिदबिक्री रकममा नयाँ माहोल देखिएको छ । नेप्से सूचक आकर्षक हिसाबले वृद्धि हुँदा खरिदबिक्रीमा नयाँ उत्साह देखिएको छ । केही दिनयता बजारले क्रमशः नयाँ उचाईहरु बनाइरहेको छ । नाफा गरेकाहरुले बेच्ने अनि अझै बढ्छ भनेर विश्वस्त हुनेहरुले खरिदक्रम बढाउँदा समग्र कारोबार रकममा भारी वृद्धि देखिएको हो । वित्तीय प्रणालीमा रहेको अधिक तरलता अनि यसका कारण उपलब्ध सस्तो ब्याजदरले सेयर बजारलाई उचाईमा पुर्याउन सहयोग पुगेको हो । लगानीकर्ताहरुले समग्र नेप्से भन्दा पनि आफूले लगानी गर्ने कम्पनीतर्फ बढी ध्यान दिन आवश्यक देखिन्छ । लगानी गर्ने कम्पनीको समग्र वित्तीय सूचकको गहन अध्ययन हुन आवश्यक छ । यसको नाफा, लाभांश बाँड्न…
काठमाडौं: नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले होम डेलिभरी सेवालाई रोक लगाएकोमा आपत्ति जनाएको छ। लकडाउन र निषेधाज्ञामा घरघरमा अत्यावश्यक खाद्यान्न पुर्याएर सेवा दिएर बजारमा भीडभाड कम गर्न सहयोग गर्ने व्यवसायलाई रोक्नु न्यायोचित नभएको मञ्चले जनाएको छ। मञ्चले कोरोनाका कारण आर्थिक गतिविधी ठप्प रहेको अवस्थामा बजारको वितरण प्रणालीलाई निरन्तरता दिएर आर्थिक गतिविधिमा सहयोग पुर्याएको समेत जिकिर गरेको छ। अनलाइनमार्फत घरघरमा सेवा दिने कम्पनीहरुले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएको बताउँदै त्यस्ता व्यवसाय निर्वाध संचालनको माग मञ्चले गरेको छ।‘कर्मचारीहरूलाई पीपीई सूटको व्यवस्था गरिएको छ। डेलिभरी गर्ने भ्यानहरूलाई समेत प्रत्यक पटक स्यानीटाईज गरिन्छ,’ सस्तो डिलका संस्थापक अमुन थापाले भने , ‘कारोवार सकेसम्म नगद…
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टायता थप ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २२८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार आज एक महोत्तरीकी ४ वर्षीया बालिकासहित ७ जनाको मृत्यु भएको छ । जसमा महोत्तरीकी ४ वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला, रुपन्देहीकी ६८ वर्षीया महिला रहेका छन् । त्यसैगरी झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय पुरुष र भक्तपुरका ७७ वर्षीय पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जनाएको छ ।…
काठमाडौँ: पछिल्लो १२ दिनमा निषेधाज्ञा उलंघन गर्ने करिब १२ हजार सवारी ट्राफिक प्रहरीको कारवाहीमा परेका छन्। भदौ तीन गतेबाट आजसम्म ११ हजार ७ सय ७३ सवारी कारवाहीमा परेको ट्राफिक प्रहरीले बताएको छ। उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहितको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। अत्यावश्यक सेवा क्षेत्र बाहेक निषेधाज्ञाको अवज्ञा गर्ने सवारीहरुलाई होल्डमा राखेर कारवाही गर्ने गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) भीम प्रसाद ढकालले बताए। सुरुका दिनभन्दा पछिल्लो समय नागरिक सचेतना बढेकाले अनावश्यक बाहिर निस्किनेहरुको संख्या कम रहेको उनले बताए। सर्वसाधारणले निषेधाज्ञा पालना गरिरहेको उनले बताए।…
काठमाडौँ: काठमाडौं उपत्यकामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ सय ९० जना, ललितपुरका ६७ जना र भक्तपुरमा ४१ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
काठमाडौं: नेपालमा सोमबार थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ थियो । पछिल्लो २४ घण्टामा थप ५८८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २१ हजार ४१० पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि आइतबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको…
काठमाडौँ: लिबर्टी इनर्जीले सर्वसाधारणमा निष्काशन गरेको साधारण शेयरको बाँडफाँड सोमबार बाँडफाँड भएको छ । कम्पनीको शेयर १ लाख ८८ हजार ३७३ आवेदकले पाएका छन् । लिबर्टी इनर्जीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार योग्य आवेदकलाई १० कित्तादेखि ४० कित्ता शेयर बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार लिवर्टीको शेयर ९४ हजार ९०४ आवेदकले १० कित्ता शेयर पाएका छन् । त्यसै गरी ४५ हजार ४८ आवेदकले २० कित्ता शेयर पाएकोमा ४८ हजार २२१ आवेदकले ३० कित्ता शेयर पाएका छन् । गोलाप्रथाबाट २५ हजार ६२० आवेदकले थप १० कित्ता शेयर पाएका छन् । ३० कित्ता सम्मका सबै आवेदकलाई माग गरे…
बेइजिङ:निर्यात बजारको मागमा सामान्य गिरावट आएपनि देशभित्रको माग बढेपछि औद्योगिक उत्पादनमा वृद्धि भएको सर्भेक्षणले देखाएको छ । चिनियाँ तथ्याँक विभागले सोमबार सार्वजनिक गरेको मासिक खरिद सूचक (पिएमआई) मा जुलाईको भन्दा औद्योगिक सूचकमा सामान्य गिरावट आए पनि समग्रमा सुधारोन्मुख देखिएको जनाएको छ । औद्योगिक सूचक गणना गर्ने पर्चेजिङ म्यानेजर्स इन्डेक्स (पिएमआई) मा जुलाईमा ५१.१ विन्दु रहेकामा अगष्टमा ५१ मा झरेको देखिएको छ । कूल १०० अंकको पिएमआई विन्दु ५० भन्दा बढी भएमा औद्योगिक गतिविधि सकारात्मक रहेको मानिन्छ । निर्यात माग सामान्य गिरावट आए पनि त्यसको घट्ने दर निकै कम रहेको छ । यसको मापनमा ४८.४ बाट ४९.१ विन्दुले सकारात्मक भएको…
काठमाडौँ: कोभिड–१९ का कारण काठमाडौँ–केरुङ रेलमार्गको अध्ययन अघि बढ्न नसके पनि चीन सरकारले आफ्नो देशभित्रको क्षेत्रमा अध्ययन अघि बढाएको छ । चीनले सिंगाछेबाट नेपालको सीमा नजिकैको केरुङसम्मको अध्ययन अघि बढाएको हो । सो रेलमार्गको अध्ययन अघि बढ्नु सकारात्मक भएको रेल विभागले जनाएको छ । केरुङबाट काठमाडौँभन्दा केरुङबाट सिंगाछेको दूरी लामो छ । काठमाडौँ केरुङ रेलमार्गको अध्ययन कोभिड–१९ का कारण अघि बढ्न नसकेको अवस्थामा चीन सरकारले आफ्नै देशमा पर्ने क्षेत्रमा अध्ययन अघि बढाएको हो । चीनमा अहिले केरुङदेखि सिङ्चेसम्मको रेलमार्गको अध्ययन भइरहेको जानकारी पाएको रेल विभागका महानिर्देशक बलराम मिश्रले बताउनुुभयो । चीनतर्फको क्षेत्रमा अध्ययन अघि बढ्नु सकारात्मक भएको विभागले…
खलङ्गा: कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्मका चार घर भत्किँदा एकै परिवारका चारसहित १० जनाको मृत्यु भएको छ । दुई जना अझै बेपत्ता छन् । घटनास्थलबाट उद्धार गरिएका दुई जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लगिएको छ । नाग्म बजारको पछाडिपट्टिको भिरालो जमिन आइतबार बिहान सात बजेतिर भासिएर पहिरो जाँदा घरभित्रै रहेकाहरू पुरिएका हुन् । पहिरोले लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरिकारका घर भत्किँदा पुरिएकामध्ये १० को शव राति ७ बजेतिर फेला परेको हो । शुभकालिका गाउँपालिका–७ घर भई नाग्म बजारमा व्यापार गर्दै आएका एकै परिवाका चार जनाको मृत्यु भएको छ । चालीस वर्षीय प्रयाग शाही, उनकी सात वर्षीया छोरी हिमा तथा…
