Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको छ । उनको ललितपुरको स्टार अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान निधन भएको हो । ५५ वर्षीय पौडेलको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उनी दुई वर्षदेखि जिल्ला न्यायाधिश थिए ।

Read More

काठमाडौं : प्रेस काउन्सिलको अध्यक्षमा पत्रकार बालकृष्ण बस्नेत नियुक्त भएका छन् । सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । उनलाई चार वर्षका लागि अध्यक्षमा नियुक्त गरिएको संचार मन्त्री पार्वत गुरुङले जानकारी दिए । दोलखा निवासी पत्रकार बस्नेत नेपाल टेलिभिजनको बोर्ड सदस्य एवं‌ नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

Read More

काठमाडौँ: सर्वोच्च अदालतले शुक्रबारका लागि सबै न्यायाधीशहरूको बैठक (फुलकोर्ट) बोलाएको छ । कोरोना महामारीका कारण रोकिएको अदालतको सेवा सञ्चालन बैठकको मुख्य विषय बनाइएको छ । एजेन्डामा संवैधानिक इजलास सञ्चालन नियमावलीको संशोधनको विषय छैन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत मंगलबार तत्काल सर्वोच्चको फुलकोर्ट बोलाउने र त्यहाँबाट नियमावली संशोधन गराई संवैधानिक इजलासमा वरिष्ठतम् न्यायाधीशहरू रहने व्यवस्था गर्ने आश्वासन दिएका थिए । शुक्रबारका लागि ‘विविध’ शीर्षकको एजेन्डा राखिएकाले प्रधानन्यायाधीश जबराले त्यही क्रममा नियमावली संशोधनको विषयबारे छलफल गर्न सक्ने स्रोतले बतायो ।

Read More

काठमाडौँ: विश्वकप एसियाली छनोटको समूह ‘बी’ मा अस्ट्रेलियाले बिहीबार राति कुवेतलाई ३–० ले हराएको छ । जितसँगै अस्ट्रेलियाले समूहको शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाएको छ । यो जितमा म्याथ्यु लेकी, ज्याकसन इरभान र एजडिन हुरसिकले गोल गरे । नेपाल सम्मलित यो समूहका प्राप्त जितपछि अस्ट्रेलियाको ५ खेलबाट अधिकतम १५ अंक भएको छ । त्यसपछि कुवेत र जोर्डन समान १० अंकमा छन् । नेपालको ६ अंक छ भने चिनिया ताइपेईले अहिलेसम्म खाता खोलेको छैन । एसियाली विश्वकपका बिहीबारका अन्य खेलमा इरानले हङकङलाई ३–०, बहराइनले कम्बोडियालाई ८–०, प्यालेस्टाइनले सिंगापुरलाई ४–०, कतारले भारतलाई १–० र यूएईले मलेसियालाई ४–० ले हरायो । यस्तै…

Read More

काठमाडौँ: निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण गर्ने खाद्यान्न र खाना पकाउने ग्यासमा शुक्रबारबाट २० प्रतिशत छुट दिने भएका छन् । सरकारले उपभोक्तालाई राहत दिन आगामी आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत सो व्यवस्था गरेकामा उक्त व्यवस्था शुक्रबारबाट लागू गरिने भएको हो । नयाँ व्यवस्था कार्यान्वयनको विषयमा बिहीबार अर्थ मन्त्रालयमा ती कम्पनीका प्रमुखबीच भएको छलफलपछि उक्त निर्णय कार्यान्वयनमा आएको जनाइएको छ । यो योजना निषेधाज्ञा अवधिसम्म मात्रै लागू हुनेछ । गत वर्षको बजेटमा पनि दुई कम्पनीले वितरण गर्ने खाद्यान्नमा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । दुई सरकारी कम्पनीले हाल चामल, दाल, चिनी, नुन,…

Read More

काठमाडौं: काठमाडौं उपत्यकामा केही खुकुलो बनाएर १० दिन थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । जेठ १४ गतेदेखि किराना पसलहरु समेत बन्द गरेर एक साताका लागि कडा निषेधाज्ञा गरिएकोमा आजदेखि भने केही सेवा चल्न दिनेगरी नयाँ व्यवस्था गरिएको हो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईका अनुसार अब काठमाडौं उपत्यकामा बिहान ९ बजेसम्म किराना लगायत केही पसल खुला गर्न पाइने छ । तरकारी, फलफूल, दूध, मासु, खानेपानी लगायत सेवा एवं किराना पसल बिहान ९ बजेसम्म खोल्न पाइने भएको छ । डिपार्टमेन्टल स्टोरमा भने ग्रोसरीमात्र खोल्न दिइने छ । राति ९ बजेदेखि बिहान ९ बजेसम्मको लागि निर्माण सामग्रीको ढुवानीका साधनहरू…

Read More

काठमाडौं । विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले पराजित गरेको छ । समूह बी अन्तर्गत कुवेतको जाबेर अहमद इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालका लागि अन्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । खेलको तेस्रो मिनेटमै प्राप्त पेनाल्टीमा अन्जनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । चाइनिज ताइपेईका खेलाडीले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि नेपालले पेनाल्टी पायो र त्यसमा अन्जन विष्टले कुनै गल्ती गरेनन् । यसअघि २०१९ मा भएको छनोटकै खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० ले हराउँदै दुवै गोल अन्जनले नै गरेका थिए । दोस्रो हाफमा नेपालले एक…

Read More

काठमाडौँ: सरकारले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि हुने आक्रमणका दोषीमाथि कारबाही गर्न अध्यादेशमार्फत कडा कानुन बनाउने भएको छ । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो सम्बन्धि अध्यादेश ल्याउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार अस्पताल र चिकित्सकमाथि हुने आक्रमण रोक्न त्यस्तो अध्यादेश ल्याउनु परेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा सो अध्यादेश ल्याउने निर्णय भएको हो ।

Read More

काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवम् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेले निषेधाज्ञाका कारण पीसीआर परीक्षण गर्ने घटेको बताएका छन्। गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पीसीआर परीक्षण दर घटेको छ। परीक्षाण घट्नुमा संक्रमणका लक्षण भएका व्यक्ति परीक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परीक्षण केन्द्रसम्म जान नसकेको हुनसक्ने डा. पौडेलले बताए। सरकारले पीसीआर परीक्षण घटाउने नभइ बढाएको साथै एन्टीजेन परीक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको उनकाे भनाई छ। गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पीसीआर परीक्षण दर घटेको छ। बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परीक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको थियो।…

Read More

काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज २९ दशमलव ५५ अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो । आज २९ दशमलव ५५ अंकले बाधा २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा सेयर बजार पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । आज जम्मा १६ अर्व ९० करोड ७० लाख बराबरको सेयर करोबार भएको छ। आज कुल ३ करोड ४६ लाख ९१ हजार कित्ता सेयर कारोबार भए। आज सबै भन्दा बढी…

Read More