काठमाडौं: साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक आज २९ दशमलव ५५ अंकले बढेर बजारमा नयाँ रेकर्ड कायम भएको हो ।
आज २९ दशमलव ५५ अंकले बाधा २ हजार ८ सय ५६ दशमलव ७७ अंकमा सेयर बजार पुगेको छ । गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । आज जम्मा १६ अर्व ९० करोड ७० लाख बराबरको सेयर करोबार भएको छ।
आज कुल ३ करोड ४६ लाख ९१ हजार कित्ता सेयर कारोबार भए। आज सबै भन्दा बढी विकास बैंकको १४६.०२ बिन्दुले यस समुहको सेयर बढ्यो भने होटेल र पर्यटन समुहको ११७.११ बिन्दुलेक बढेको छ ।
आइतबारको रेकर्ड तोड्दै नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । बिहीबार १६ अर्ब ९० करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।