Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपाल सुनचाँदी ब्यवसायी महासंघको शुक्रबारदेखि साठमाडौंमा शुरु भएको सातौं तथा आठौ बार्षिक साधारणसभा एबं तेस्रो महाअधिवेशन आइतबार सम्पन्न भएको छ । महाअधिवेशनवाट महासंघका वरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्य सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका छन् । साधारणसभावाट वरिष्ठ उपाध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । उपाध्यक्षहरुमा क्रमशः मोहन काजी शाक्य, दियेश रत्न शाक्य, र विपिन रामुदामु निर्वाचित भएका छन् । यस्तै एशोसिएटस् उपाध्यक्षमा पवन सोमानी निर्वाचित भएका छन् भने महासचिवमा धर्मशुन्दर बज्राचार्य, कोषाध्यक्षमा सुदिप श्रेष्ठ, सचिवमा किरणभाई बज्राचार्य र वावुराम विश्वकर्मा निर्वाचित भएका छन् । प्रवक्तामा मनोज कुमार शाह निर्वाचित भएका छन् भने सह कोषध्यक्षमा पद्मशुन्दर शाक्य निर्वाचित भएका छन् ।…

Read More

काठमाडौँ: अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विशेष प्राथमिकता दिएर स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने वातावरण तयार पार्न नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार व्याञ्जु र गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठलाई स्थानीय तहहरुमा पूँजीगत खर्च बढाउने गरी भूमिका निर्वाह गर्न आग्रह गरे । स्थानीय तहहरुमा पुगेको रकम मध्ये १ सय २६ अर्ब रुपैयाँ खर्च हुन सकेको छैन । अर्थमन्त्री पौडेलले खर्च हुन बाँकी रहेको रकम खर्चेर गाउँपालिका र नगरपालिकाहरुमा विकासको थप लहर सिर्जना गर्न आग्रह गरे । यसैबीच अर्थमन्त्री पौडेलले कोभिड-१९ बाट अतिप्रभावित जोखिममा रहेका…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले चार पूर्वप्रधानन्याधीशहरुलाई धम्याउने कार्य तत्काल रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएको छ । चार पूर्वन्यायाधीशहरुले संयुक्त वक्तव्य दिएकोमा प्रधानमन्त्रीले अपमानित गर्ने र धम्काउने काम गरेको भन्दै उक्त कार्य आपत्तिजनक भएको दाहाल–नेपाल समूहको बैठकले निष्कर्ष निकालेको छ । पेरिसिडाडामा आइतबार बसेको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको सचिवालय बैठकले संसद विघटनको विरुद्धमा बोल्नेहरुलाई प्रधानमन्त्री ओलीले धम्क्याएको भन्दै भर्त्सना समेत गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । वैयक्तित स्वतन्त्रता र संवैधानिक अधिकारको हनन भएको भन्दै त्यसको रक्षाका लागि बैठकले अपील गरेका उनले जानकारी दिए । सचिवालय बैठकले प्रधानमन्त्री ओलीले केही समययता प्रदर्शन गरेको…

Read More

काठमाडौं: बाणिज्य बैंक समूहले सेयर बजारलाई नयाँ उचाइमा पुर्याएको छ। आइतबार बैंकिङ सूचक ५९.६१ अंकले बढ्दा समग्र बजार सूचक ४१.२४ अंकले उक्लिएको छ। बजार सूचक २२३५.७२ अंकमा पुगेको छ। यो अहिलेसम्मकै उच्च अंक हो। जीवन बीमाबाहेक सबै उपसूचकहरु उक्लिएका छन्। एभरेष्ट बैंकबाहेक सबै बाणिज्य बैंकहरुको सेयर मूल्य बढेको छ। खासगरी कुमारी बैंकको मूल्य सर्वाधिक बढेको छ। धेरै कारोबार भने प्रभु बैंकको भएको छ। बैंकको ३९ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ। सूचक खासै उतारचढाब बिना माथि गएको छ। यसले गर्दा कारोबार रकम पनि ६ अर्ब ३२ करोड रुपैयाँ नाघेको छ। दिनभरीमा २०६ कम्पनीको सेयर कारोबार भएको छ। बाणिज्य…

Read More

काठमाडौँ: सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले सेतोपाटीलाई जानकारी दिए। आजकै मन्त्रिपरिषद बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

Read More

काठमाडौँ: मन्त्रिपरिषद्को ‘आकस्मिक बैठक’ ले राष्ट्रिय सभाको हिँउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको ‘आकस्मिक बैठक’ले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको सरकारका प्रवक्ता पार्वत गुरूङले जानकारी दिए । पुष १७ गते सुरू भएको हिउँदे अधिवशेनमा आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् ।

Read More

काठमाडौँ: मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टको सफलतापछि सरकारले बाराको अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन जडान तीव्ररुपमा अघि बढाएको छ । सङ्घीय सरकारको प्राथमिकतामा रहेको मोतिहारी–अमलेखगञ्ज पाइप लाइन विस्तार गरी लोथरसम्म पु¥याउने लक्ष्यसहित काम शुरु भएको नेपाल आयल निगम९एनओसी०ले जनाएको छ । “अमलेखगञ्जबाट चितवनको लोथरसम्म ६९ किलोमिटरमा निर्माण हुने सो पेट्रोलियम पाइप लाइनलाई अगाडि बढाउनेबारे अध्ययन भइरहेको छ”, नेपाल–भारत पाइप लाइन ज्वाइन्ट अध्ययन ग्रुप नेपालतर्फका संयोजक वीरेन्द्र गोइतले भने, “लोथरसम्म सो पाइप लाइन विस्तार कसरी गर्ने, त्यसमा कति खर्च लाग्नेबारे अध्ययन तथा छलफल भइरहेको छ ।” मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइप लाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिनेछ र…

Read More

काठमाडौँ: साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ हजार ३ सय रुपैयाँले घटेको हो । भने चाँदी ६० रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबार छापावाला सुन तोलाको ९३ हजार , तोजावी ९२ हजार ५ सय रुपैयाँ र चाँदी १ हजार २७० रुपैयाँ तोकिएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९५ हजार ३ सय रुपैयाँ , तेजावी ९४ हजार ८ सय रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।

Read More

काठमाडौँ: नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ । पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ । सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ । नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ। उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो। सो सूचीमा नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि…

Read More

काठमाडौँ: प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्दैछन् । दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । यद्यपि त्यसलाई निर्वाचन आयोगले वैधता दिइसकेको छैन ।

Read More