काठमाडौँ: नेपालको पासपोर्ट विश्वकै खराब सूचीमा परेको छ ।
पासपोर्टबारे सूची राख्ने एजेन्सी हेन्ले पासपोर्ट इन्डेक्सले सन् २०२१ का शक्तिशाली पासपोर्ट भएका देशको सूची सार्वजनिक गर्दा नेपाल ११० मुलुकमध्ये १०४ औँ स्थानमा परेको छ ।
सूचीमा सबैभन्दा शक्तिशाली पासपोर्टमा जापान पहिलो स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा कमजोर पासपोर्ट पाकिस्तान र अफगानिस्तानको रहेको छ ।
नेपालको पासपोर्ट उत्तर कोरिया र सुडानको भन्दा पनि खराब सूचीमा परेको छ। उत्तर कोरिया १०३औँ र सुडान १०२औँ स्थानमा रहँदा नेपाल १०४ औँ स्थानमा परेको हो।
सो सूचीमा नेपालले ३८ वटा मुलुकमा फ्रि भिसाको अवसर प्राप्त गरेको छ । नेपालसँगै द्धन्द्धग्रस्त मुलुक लिबिया पनि सोही स्थानमा छ ।