Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले संसद् विघटनलाई अदालतले असंवैधानिक भनेर घोषणा गर्नुपर्ने बताएका छन्। एमिकस क्युरीमा रहेका खरेलले आज बुधबार संवैधानिक इजलासमा राय दिँदै ‘साइलेन्स’ अधिकार छ भनेर गरिएको संसद विघटनलाई वैधता दिन नमिल्ने बताए। उनले प्रधानमन्त्रीले ‘साइलेन्स’ अधिकार छ भनेर गरेको संसद् विघटन सदर भए तल्लो तहले पनि संविधान नमान्ने खतरा रहेको औंल्याए। उनले प्रदेश २ का गृहमन्त्रीले प्रधानमन्त्रीलाई साइलेन्स अधिकार भए आफूहरुलाई पनि अधिकार रहेको बताउँदै अब भटाभट कानुन निर्माण गर्ने भनेर दिएको अभिव्यक्तिलाई उदाहरण दिएका थिए। उनले संसदीय व्यवस्था भन्दैमा प्रधानमन्त्रीले संसद् विघटन गर्न नमिल्ने बताए। संविधानमा प्रस्ट भएको व्यवस्था बाहेक संसद् विघटन गर्न नमिल्ने उनको…
काठमाडौं : काठमाडौं महानगरपालिकाले खुलामञ्चभित्र बनाइएका संरचना हटाउन थालेको छ। खुलामञ्चमा वीर अस्पताल र दरबार हाइस्कूलको भवन पुननिर्माण गर्न निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारहरु अस्थाई रुपमा बस्दै आएका थिए। दुवै भवन निर्माण सम्पन्न भएपनि निर्माणकर्ताले निर्माण सामग्री र कामदार हटाएको थिएन। काठमाडौँ महानगरले खुलामञ्च भित्र भएको अतिक्रमण रोक्न नसकेको आरोप खेप्दै आएको थियो। आज बुधबार बिहानबाट महानगरले डोजर लगाएर त्यस भित्र रहेका घर टहरा साथै सबै संरचना भत्काउन थालेको छ । भत्काउने टोलीको संयोजन गरिरहेका काठमाडौँ महानगरका नगर प्रहरी नायब उपरीक्षक दिनेश अर्यालले ३ दिनभित्र खुलामञ्च खाली गरिने बताए। खुलामञ्चभित्र अहिले वीर अस्पताल बनाइरहेको…
काठमाडौँ: नेकपाको दाहाल-नेपाल समूहले आजदेखि चौथो चरणको देशव्यापी आन्दोलन थाल्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेको कदमलाई ‘प्रतिगमन’ भन्दै दाहाल-नेपाल समूह पुस ५ पछि आन्दोलीत छ । चौथो चरणका कार्यक्रमअन्तर्गत आजदेखि २१ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतका विरोध कार्यक्रम हुँनेछन् । भोलि राजधानीको टुंडिखेल मानव साङ्लोले घेर्ने कार्यक्रम छ। कार्यक्रम अन्तर्गत फागुन ७ मा सबै वडामा विरोध गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। फागुन ७ देखि १५ गतेसम्म सार्वजनिक स्थलहरूमा हस्ताक्षर संकलन गर्ने उनले बताए। पुस ५ प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि दाहाल(नेपाल समूह आन्दोलनमा छ। यो…
काठमाडौँ: प्रतिनिधिसभा विघटन बदनियत र असंवैधानिक भएको प्रतिनिधसभा विघटनविरुद्धका मुद्दाका एमीकस क्युरी वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले बताएका छन् । संवैधानिक इजलासलाई प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिने क्रममा मंगलबार वरिष्ठ अधिवक्ता कार्कीले प्रतिनिधिसभा विघटनको कारण हेर्दा बदनियत र असंवैधानिक भएको देखिएको बताए । ‘पार्टीभित्रको झगडालाई मुख्य कारण मानेर संसद् विघटन गर्नु मालाफाइड र असंवैधानिक हो । त्यो आधारमा विघटनको अधिकार प्रयोग गर्ने होइन । त्यो अधिकार प्रयोग गर्न पाइँदैन,’ वरिष्ठ अधिवक्ता कार्कीले यो विषयमा आफ्नो प्रष्ट धारणा रहेको बताए । संसद् विघटन हुने संवैधानिक आधार र प्रक्रिया पूरा नभएसम्मका लागि विघटन गर्न नपाइने उनको भनाइ थियो । जुन कारण देखाएर प्रधानमन्त्री…
काठमाडौँ: सेयर बजारले (मंगलबार) रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दुमा आइपुगेको छ । फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो । आज १५.५० अंकले बढेको बजार २६०१.५१ अंकमा आएर अडिएको छ । यस दिन १० अर्ब ३ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारले यतिहास रचेको दिनमा अधिंकाश समूह भने राताम्मे देखिएका छन् । बैंकिङ, विकास बैंक, म्यूचुअल फण्ड र अन्य समुह बाहेकका बाँकी समूहमा गिरावट छ । चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने…
काठमाडौँ: नेपालमा भारतीय जनता पार्टीको सरकार गठन गर्ने तयारी भइरहेको भनेर भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले दिएको अभिव्यक्तिप्रति नेपालले औपचारिक रुपमा आपत्ति जनाएको छ। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सो अभिव्यक्तिबारे सरकारले आपत्ति जनाइसकेको जानकारी दिएका हुन्। ज्ञवालीले ट्विटरमा सो विषय जानकारीमा लिइएको र यस विषयमा औपचारिक रुपमै आपत्ति व्यक्त गरिएको बताएका छन्। ट्विटर प्रयोगकर्ता समीर अन्सारीले त्यस विषयमा परराष्ट्रमन्त्री ज्ञवालीलाई मेन्सन गर्दै चासो व्यक्त गरेपछि ज्ञवालीले सो जानकारी दिएका हुन्। भारतीय गृहमन्त्री अमीत शाहले भारतमा मात्रै नभएर नेपाल र श्रीलंकामा पनि भाजपाको सरकार गठन गर्ने तयारी भैरहेको जानकारी गराएको भनेर त्रिपुराका मुख्यमन्त्रीले भाषण गरेका थिए। उनको…
काठमाडौं । संयोग कस्तो भने लामो समयदेखि कार्यालय नगएको भन्दै आलोचित भइरहेका प्रधामन्त्री केपी शर्मा ओलीले सरकारको तीन वर्ष पुगेको अवसर पारेर पुनर्निर्माण सकिएको सिहदरबारको उद्घाटन गरे। पुनर्निर्मित सिंहदरबार भवनको उद्घाटन गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विनाशकारी भूकम्प आउनुपूर्वको अवस्थामा जस्तै अब सिंहदरबारको मुख्य भवनबाट सन्चालनमा आएको छ । यो एक हिसाबे २०७२ को विनाशकारी भूकम्पको पुनर्निर्माण अन्तिम चरणमा प्रवेश गर्न लागेको संकेत पनि हो । पुनर्निर्माण राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) कसले पाउने भन्ने राजनीतिले लामो समय भूकम्पपछिको पुनर्निर्माणले गति लिएन । प्रतिनिधिसभा चुनावपछि केपी शर्मा अोलीको नेतृत्वमा सरकार बन्नुअघि प्राधिकरण सिइओमा कांग्रेस र तत्कालीन एमालेबीच कसलाई…
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर मुद्दाको संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा आजदेखि जवाफी बहस सकिएको छ । रिटको पक्ष र विपक्षका वकिलहरूले बहस सकेपछि आइतबारदेखि रिट निवेदकका तर्फबाट जवाफी बहस शुरू भएको थियो । भोलि (मंगलबार) देखि एमिकस क्यूरीले सुझाव दिने अदालतले जनाएको छ । एमिकस क्यूरीको सुझावपश्चात फैसलाको प्रक्रिया शुरू हुनेछ । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि विघटनविरुद्ध सर्वोच्चमा १३ वटा रिट दर्ता भएका थिए । सबै रिटमाथि माघ ४ देखि बहस शुरू भएको थियो ।
काठमाडाै: गृह मन्त्रालयले महानगरीय अपराध महाशाखा प्रमुखसहित ४ जना प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी)को सरुवा गरेको छ । गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णय गर्दै ४ एसएसपीको काजमा सरुवा गरेकाे नेपाल प्रहरीका प्रवक्ता, प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) बसन्त कुवरले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार महानगरीय अपराध महाशाखाका प्रमुख, एसएसपी दिपक थापाको मानवश्रोत तथा प्रशासन विभाग अन्तरगत रहेको भर्ना छनौट महाशाखामा सरुवा भएको छ । एसएसपी थापाको ठाउँमा भर्ना छनौट महाशाखामै कार्यरत एसएसपी चन्द्र कुवेर खापुङलाई महानगरीय अपराध महाशाखामा काजमा सरुवा भएको छ । थापाको करिव १० महिना अघि वैशाख १२ गते महाशाखामा सरुवा भएको थियो । मन्त्रीस्तरीय निर्णयबाट एक नम्बर…
काठमाडौं । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तानाशाहको संज्ञा दिएका छन् । सोमबार सर्वोच्च अदालतको संवैधानिक इजालसमा जवाफी बहस गर्दै ९४ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले संघीय तानाशाह (केपी ओली) लाई नियन्त्रण गर्न नसके हरेक प्रदेशमा तानाशाहहरु जन्मिने बताए । ‘अविश्वास प्रस्ताव आउँदैछ भन्ने थाहा भएपछि विघटन गरिदिइहाल्ने, अहिले भएको त्यही हो’ भण्डारीले भने, ‘संघको यो नजीर कायम गरिदियो भने प्रदेशहरुमा समेत अविश्वासका प्रस्तावहरु आउनै सक्दैन । यो बुझेर संघीय तानाशाहलाई रोकिएन भने हरेक प्रदेशमा सात वटा तानाशाह जन्मिन्छन् । एउटा तानाशाह भनिरहँदा सात-सात वटा जन्मिन्छन् ।’ उनले मुलुकमा अरु तानाशाहहरु जन्मिन नदिन अदालतले प्रतिनिधिसभा…
