Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं । अब दोहोरो कर नलाग्ने भएको छ । केन्द्र सरकारले कर लिएपछि प्रदेश वा स्थानीय सरकारले कर लिन नपाउने भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै करसम्बन्धी दाेहाेराे अवस्थाकाे अन्त्य गर्ने बताएका हुन् । विदेशबाट वस्तु आयात गर्दा वा उत्पादन भएको बस्तुको विक्रीमा केन्द्र सरकार र प्रदेश तथा स्थानीय तहले कर लिदै आएको भनेर विरोध हुदै आएको थियो । केन्द्र सरकारले कर लिएपछि स्थानीय वा प्रदेश सरकारले पुनः कर लिन नपाउने भएको हो ।

Read More

काठमाडौँ । सरकारले कर्मचारीको तलब वृद्धि नगरेपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरेको छ । बिहीबार अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणमार्फत कर्मचारीको तलब वृद्धि गर्न नसकिएपनि महँगी भत्ता ५ हजार रुपैयाँ वृद्धि गरिएको जानकारी दिए । कर्मचारीको तलब वृद्धि गर्नुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव नभएको अर्थमन्त्रीको भनाइ छ । तथापि २०८२ साउन १ देखि लागू हुने गरी सबै कर्मचारीले महँगी भत्ता पाउने उनको भनाइ छ ।

Read More

काठमाडौँ: सरकारले सहकारी ठगको सम्पत्ति र राहदानी रोक्का राख्ने भएको छ। सरकारले सहकारी ऋण असुली न्यायाधिकरण स्थापनागरी सञ्चालकहरु र कर्जा अपचलनकर्ताहरुको सम्पत्ति रोक्का राख्ने भएको हो। राज्यसुविधा परिचयपत्र राष्ट्रिय परिचयपत्रसँग आबद्ध गरिनेछ।

Read More

काठमाडौँ:सरकारले ५ लाख सुकुम्बासीलाई लालपुर्जा वितरण गर्ने भएको छ। अर्थमन्त्री विष्णु पौडेलले भूमी सम्बन्धी कानुन संसोधनगरी भूमिहिन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास स्थाई रुपमा समाधान गर्न लालपूर्जा दिइने घोषणा गरेका हुन्। अर्थमन्त्रीले स्रोत साधन र जनशक्तिको अभाव नहुने बताएका छन्।

Read More

काठमाडौँ: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ व्यवस्था सकारात्मक लयतर्फ उन्मुख रहेको बताएका छन्। आर्थिक वर्ष २०८२-०८३ को बजेट भाषणका क्रममा उनले गत वर्ष आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा ४.६ प्रतिशत हुने प्रक्षेपण रहेको जानकारी दिए। उद्योग, निर्माण थोक तथा खुद्रा व्यापार लगायतका क्षेत्रमा गत आर्थिक वर्षमा ऋणात्मक वृद्धिदर रहेकोमा चालु आर्थिक वर्षमा अर्थतन्त्रका सबै क्षेत्रहरू धनात्मक वृद्धिदर हुने अनुमान रहेको उनले बताए।

Read More

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट स्वीकृत गरेको छ। संसद्मा बजेट पेस गर्नुअघि बसेको बैठकले नयाँ बजेट अनुमोदन गरेको हो। यो सँगै अब राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट वाचन सुरु गरेका छन्।

Read More

काठमाडौँ । प्रतिनिधिसभा बैठक सुरु भएको छ । भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेर विपक्षीहरूले मंगलबार र बुधबारको प्रतिनिधिसभा बैठकमा अवरोध पुर्याएका थिए । विपक्षीको अवरोधका कारण दुई दिनको बैठक कार्यसूचीमा प्रवेश गर्न सकेको थिएन ।

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र प्राप्त गरेको नभई आर्जन गरेको बताएका छन् । गणतन्त्र दिवस मूल समारोह समितिले काठमाडौँको टुँडिखेलमा गणतन्त्र दिवस २०८२ का अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लामो सघर्ष, हजारौँ दिदीबहिनी दाजुभाइहरूको बलिदान र नेपाली जनताको अथक मेहनतबाट २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको स्मरण गरे । ‘गणतन्त्र– हामीले प्राप्त गरेका होइनौँ, अर्जन गरेका हौँ– हजारौँ जनताको बलिदानबाट र त्यागबाट’, प्रधानमन्त्रीले भने, ‘मुकुटको हुकुमी आदेशबाट सञ्चालन हुने राज्य प्रणाली भत्काएर जनताको मुटुले गरेको निर्णयबाट देश चल्ने प्रणाली स्थापित गरेका हौँ ।’ प्रधानमन्त्री ओलीले हाम्रो समाजले हासिल गरेको त्यस गौरवपूर्ण…

Read More

काठमाडौँ:काठमाडौँको टुँडिखेलमा १८औँ गणतन्त्र दिवस मनाइएको छ। बिहीबार टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोहका बीच दिवस मनाइएको हो। सो अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधि सभाका सभमुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल लगायत उच्च पदस्थ व्यक्तित्त्वको उपस्थिति रहेको थियो। नेपाली जनताको लामो बलिदान र संघर्षको उपलब्धिका रूपमा डेढ दशकदेखि यो दिवस मनाइने गरिएको छ। २०६२/६३ सालको ऐतिहासिक जनआन्दोलनका माध्यमबाट मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको थियो। तत्कालीन सात राजनीतिक दल र नेकपा (माओवादी) बीच भएको…

Read More

राष्ट्रिय समाचार समिति (रासस)काठमाडौँ, १५ जेठः अठारौँ गणतन्त्र दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी हर्षाेल्लासका साथ मनाइएको छ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुनुभयो ।

Read More