Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 28
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » भ्रष्टाचार आरोप पुष्टी भएपछी सेनाका जर्नेल खड्का र मेजर कार्की सेवाबाट बर्खास्त

    भ्रष्टाचार आरोप पुष्टी भएपछी सेनाका जर्नेल खड्का र मेजर कार्की सेवाबाट बर्खास्त

    पहिलोक्लिकपहिलोक्लिकJuly 3, 2025No Comments
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाली सेनाका सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्की बर्खास्त भएका छन्। सैनिक विशेष अदालतले बिहीबार सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई सेवाबाटै बर्खास्त गर्ने फैसला सुनाएको हो।

    ‘सैनिक अनुशासन, आचारसंहिता र सम्पत्तिसम्बन्धी कसुरमा सैनिक ऐन, २०६३ को दफा १०१ बमोजिम भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गर्ने निर्णय भएको छ’, सैनिक प्रवक्ता राजाराम बस्नेतले भने, ‘अपचलन भएको रकम निजहरुबाट असुलउपर गर्ने पनि फैसला भएको छ।’

    सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सेनाका बहालवाला सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको (कोर्टमार्सल) थियो।

    अवकाश भइसकेका दुई जनासहित चार जनाले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना गरेको सैनिक अदालतले ठहर गरेको हो। कोर्ट अफ इन्क्वायरीको क्रममा हिनामिनामा उनीहरुको संलग्नता पुष्टि भएपछि कोर्ट मार्सल अगाडि बढाइएकोमा दुवै जना दोषी ठहर भएका हुन्।

    सेनाबाट अवकाश भइसकेका दुई जनालाई भने कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुसन्धानको जिम्मा दिइएको थियो। जसमा प्रहरीले अनुसन्धान सकेर अदालतमा पुद्दा पुगेको थियो।

    सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्। तत्कालीन् सेनानी लक्ष्मण अधिकारी भने अवकास भएर अमेरिकामा छन्। उनलाई पक्राउ गरेर ल्याउन इन्टरपोलको सहयोग मागिएको छ।

    उनीहरु चार जना सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमाबापतको रकम हिनामिना गरेको अभियोग थियो।

    शाखामा रहँदा वास्तविक रुपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरुको संलग्नता पुष्टि भएको हो।

    यस्तो छ भ्रष्टाचार आरोप

    २०७४ कात्तिक १३ देखि २०७५ भदौ २६ गतेसम्म १४४ थान चेकबाट एक करोड ४७ लाख २१ हजार ३२९ रुपैयाँ ८८ पैसा र २०७३ फागुन ९ गतेदेखि २०७५ असोज १७ गतेसम्म ४० थान चेकबाट ४७ लाख ६४ हजार १८५ रुपैयाँ ६० पैसा हिनामिना गरेको अभियोग थियो।

    सहायक रथी खड्का त्यतिबेला प्रमुख सेनानी र बोधराज कार्की सेनानी हुँदा सँगै कार्यरत थिए।

    अवकाशप्राप्त जमदार थापाले यसरी नक्कली कागजात खडा गरेर भुक्तानी गर्ने कार्य सहायक रथी खड्का समेतको निर्देशनबमोजिम नै गरेको बयान दिएका थिए। हिनामिना गर्दा काटिएका चेक अधिकांश थापाकै नामबाट भुक्तानी भएको भेटिएको छ।

    थापाले कल्याणकारी कोषको रकम हिनामिना गर्दा काटेका ४० वटा चेकको फोटोकपी र रकमको विवरण समेत प्रहरीलाई पनि बुझाएको थियो। यसअघि सेनाले कोर्टअफ इन्क्वायरी गरेको थियो। कोर्ट अफ इन्क्वायरीको ४३ पानाको रिपोर्ट पनि प्रहरीलाई पनि दिएको थियो।

    बहालवाला सैनिकको हकमा सैनिक ऐन अनुसार फैसला भएको हो।

    कल्याणकारी कोषको रकम नेपाल बैंक त्रिपुरेश्वरको शाखाबाट लिने गरेका थिए। त्यसरी भुक्तानी लिइसकेपछि उक्त रकम खड्का, अधिकारी र कार्कीलाई आत्मारामले बुझाउने गरेका थिए।

    त्यस्तो फर्जी काम गरेबापत आत्मारामलाई विदामा सहुलियत, पेट्रोलको कुपन र क्यान्टिनमा खाजाको रकम तिरिदिने गरेको खुलेको छ।

    सैनिक कल्याणकारी कोषको ४ लाखभन्दा बढी रकम निकाल्न सहायक रथीको हस्ताक्षर आवश्यक हुन्छ भने त्यो भन्दा कमको रकम निकाल्न कम्तीमा २ जना अधिकृतको हस्ताक्षर आवश्यक पर्ने कानुनी व्यवस्था छ।

    अवकाश हुने सैनिकले उपदानबापत पाउने बिमा तथा आवासको रकम बुझिसकेपछि स्वयंले हस्ताक्षर गर्नुपर्ने व्यवस्था छ। तर यी चार जनाले भने विभिन्न व्यक्तिको नाममा लिएको रकममा आफैँ हस्ताक्षर गरेर झिकेको खुलेको छ।

    आत्मराम थापाले यसअघि सैनिक छानबिनका क्रममा ३० लाख रुपैयाँ आफूले अपचलन गरेको स्वीकार गरेको सेनाको दाबी छ। अर्का प्रतिवादी लक्ष्मण अधिकारी भने दुई वर्षपहिले नै अवकाश भएर अमरिका पुगेका छन्। उनीविरुद्ध पनि सैनिक ऐन आकर्षित नहुने भएकाले आवश्यक कारबाही गर्न सेनाले प्रहरीलाई पत्र पठाएको थियो। उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता भइसकेको छ।

    जिल्ला अदालतमा मुद्दा दायर गरिएका दुई जनालाई मुलुकी अपराध संहिता, २०७४ को दफा २५२ बमोजिम आपराधिक विश्वासघात गर्न नहुने कसुरमा कारबाही माग गरिएको छ। यस्तै अपचलन भएको रकम बिगो भराउन पनि माग गरिएको छ। उक्त दफा अनुसार कसुर पुष्टि भएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.