Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो चाररचार रुपैयाँ मूल्य घटाएका हुन् । लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य प्रतिकिलो रु ७७ कायम गरेका छन् । यसअघि उक्त दुई उद्योगले रु ८१ (भ्याट बाहेक) लिँदै आएका थिए । फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो । उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए । “हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको…

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।

Read More

काठमाडौँ: कोरोना बीमा गर्ने ३५ हजार भन्दा बढी बीमितले कोरोना बीमाको दाबी भुक्तानी रकम पाएका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार माघ १० गते मंगलबारसम्म ३५ हजार ४ जना बीमितले कोरोना बीमाको रकम पाएका हुन् । यस अवधिमा ३० हजार २७० जना बीमितलाई तीन अर्ब ३८ करोड ७७ लाख रुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ । समितिका अनुसार माघ ९ गतेसम्म कारोना बीमामा ६४ हजार २९५ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका तीन हजार ३७५ वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् । आठ हजार ६४३ दाबीका फाइल स्वीकृत हुने प्रक्रियामा…

Read More

काठमाडौँ: ट्राफिक उल्लङ्घन गरे बापतको जरिवाना अबदेखि इसेवाबाट नै भुक्तानी गर्न सकिने भएको छ । महानगरिय ट्राफिक महाशाखा तथा अन्य मातहतका कार्यालयमा सवारी उलंघन गरेबापत तिर्नुपर्ने जरिवाना रकम इसेवाबाटै भुक्तानी गर्न मिल्ने भएको हो । अनलाइन भुक्तानी सम्बन्धी सम्झौता पत्रमा इसेवाका तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोशन लामिछाने र महाशाखाका तर्फबाट वरिष्ठ प्रहरी उपरिक्षक जनक भट्टराईले हस्ताक्षर गरे । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयर विकास गरेसँगै अनलाइन भुक्तानीको सेवा सुरू भएको हो । प्रविधिको प्रयोग र अनलाइन भुक्तानीको सुविधाले सवारी व्यवस्थापन गर्दा थप…

Read More

काठमाडौं: नेकपा प्रचण्ड-माधव समूहले भोलि बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति गरिएको भन्दै प्रचण्ड-माधव समूहले पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्ने गर्दै भोलि आम हड्ताल गर्ने निर्णय गरेको हो । यसबाहेक थप संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको संघर्ष समितिकी सहसंयोजक पम्फा भुसालले जानकारी दिइन् । आमहड्तालमा यातायात, बजार, उद्योग, कार्यालय सबै बन्द रहने छ । पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको छ । प्रधानमन्त्री केपी ओली समूहले माघ २३ गते शुक्रबार काठमाडौँमा ‘विशाल जनसभा’ आयोजना…

Read More

काठमाडौँ: उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक निकायका पदाधिकारीहरुको शपथग्रहण समारोह बहिस्कार गरेका छन्। राष्ट्रपति निवास शीतलनिवासमा बुधबार बिहान भएको शपथग्रहण समारोह उनीहरुले बहिस्कार गरेका हुन्। ‘सभामुखले आफ्नो धारणा लिखित रुपमै राखिसक्नु भएको छ। संविधानको धारा २ सय ९२ अनुसार संसदीय सुनुवाइ भएको छैन। नियुक्ति गर्दा संविधान मिचिएको छ। त्यसमा साक्षी बस्न जाने कुरा भएन,’ सभामुखको सचिवालय स्रोतले भन्यो, ‘संसदीय सुनुवाइ नगर्ने संसद भंग गर्ने र अनि संवैधानिक निकायहरुमा नियुक्ति गर्ने भनी उहाँले प्रश्न उठाउनु भएको छ।’ सभामुख सापकोटाले आइतबार नै संसदीय सुनुवाइ गर्ने अवस्था नभएको भन्दै सुनुवाइका लागि आएका नामहरुको सक्कलै फिर्ता गरेका थिए। उपराष्ट्रपति पुनले…

Read More

काठमाडौँ: लामो विवादबीच संवैधानिक आयोगका ३४ जना पदाधिकारीलाई शपथग्रहण गराइएको छ। बुधबार बिहान राष्ट्रपतिनिवासमा आयोजित एक समारोहबीच संवैधानिक आयोगका ५ जना अध्यक्ष र २७ जना पदाधिकारी शपथग्रहण गराइएको हो। ५ जना अध्यक्षलाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले र पदाधिकारिहरुलाई २७ पदाधिकारीहरुलाई अध्यक्षहरुले शपथग्रहण गराएका हुन्। त्यस्तै थारु आयोगमा सिफारिस भएका दुई पदाधिकारीले भने आयोगको कार्यालयमै शपथ लिएका थिए। मंसिर ३० गते बसेको संवैधानिक परिषद्को बैठकले संवैधानिक आयोगमा ३८ जनाको नाम सिफारिस गरेको थियो। सिफारिस भएका मध्ये पर्शुराम रम्तेल र रामकृष्ण तिमल्सेनाले यसअघि नै पद अस्वीकार गरेका थिए। थारु आयोगमा नियुक्ति सिफारिस भएका पदाधिकारीको योग्यता नपुगेका कारण २ जनाको शपथग्रहण हुन नसकेको…

Read More

काठमाडौँ: संवैधानिक आयोगमा सिफारिस ४५ जनाका लागि अहिले बिहान ९ बजे शपथ कार्यक्रम राखिएको छ। शीतल निवास स्रोतका अनुसार शीतल निवासमा उनीहरूको शपथ राखिएको हो। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले आजका लागि बोलाएको संवैधानिक परिषद्को बैठक पछि स्थगन गरिएको थियो । यसअघि भएको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष, समावेशी आयोगलगायत संवैधानिक निकायका प्रमुखसहितका पदाधिकारी गरी ४५ जनाको नाम नियुक्तिका लागि सिफारिस गरेको छ।

Read More

काठमाडौँ: आज देशभरको मौसममा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज कतै वर्षा र कतै हिमपातको सम्भावना छ । विभागका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भूभागमा आशिंक बदली रहेको छ भने बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको छ।तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको अवस्था छ । आगामी तीन दिनको मौसम पूर्वानुमान माघ २१ गते (बुधबार) दिउँसो : देशको सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकि पहाडी भूभागमा आंशिक बदली साथै अन्य भूभागहरुमा…

Read More

काठमाडौँ: कैलाश मानसरोवर मार्गमा पर्ने माल्पा क्षेत्रमा भारतले सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा महाकाली नदीको बहावमा सामान्य अवरोध सिर्जना भएको छ। भारतीय पक्षले सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा व्यास गाउँपालिका–१ माल्पा क्षेत्रमा नदीको बहावमा अबरोध आएको हो। ‘भारतले आफ्नो क्षेत्रको सडक विस्तार गर्ने क्रममा निर्माण सामग्री खस्दा नदी बहावमा सामान्य अबरोध छ,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने, ‘नदीको बहावमा धेरै समस्या छैन, भारतले अवरोध हटाइरहेको छ।’ महाकाली नदी बहावमा सामान्य अवरोध आएकाले नदी तटीय क्षेत्रका बस्तीमा जोखिम नरहेको उनी बताउँछन्। ‘महाकाली नदी तटीय क्षेत्रका जनताले डराउनु पर्ने अवस्था छैन्,’ उनले भने, ‘कञ्चनपुर प्रशासनले समन्वय…

Read More