Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वासको प्रस्तावको आरामले सामना गर्ने बताएका छन्। आइतबार आफूविरुद्ध प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका ३७ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि मुख्यमन्त्री राईले आफूले त्यसको बहुमतका साथ सामना गर्ने बताएका हुन्। अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम भएको, काम गर्न नसकेको कारण नभई निश्चित ठाउँबाट निर्देशित भएको उनको आरोप छ। ‘अविश्वासको प्रस्ताव प्रदेश सरकार असक्षम भएर होइन, सरकारले काम गर्न नसकेर होइन, प्रदेश सरकार र मुख्यमन्त्रीले नाजायज काम गरेर होइन’, उनले भने, ‘यो अविश्वासको प्रस्ताव सुनियोजित, बनिबनाउ र खास ठाउँबाट निर्देशित भएर आएको छ।’ यो प्रस्ताव प्रदेशलाई कमजोर बनाउने, अस्थिरता, अराजकता र अव्यवस्था निम्त्याउने र संघीयतालाई…

Read More

काठमाडौं: बङ्गलादेशबाट खरिद गरिएको ५० हजार टन रासायनिक मल पुस अन्तिम साता नेपाल आइपुग्ने भएको छ। यही पुस २ गते सरकार–सरकारबीच (जीटुजी)मार्फत रासायनिक मल खरिदको सम्झौता भएको थियो। मल खरिदको सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी (प्रतितपत्र) खोल्ने काम शुरु भएको जनाएको छ। मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनीले शुक्रबार सिदार्थ बैंङ्कमा एलसी खोल्न पत्र पठाएको जनाएको छ। नेपालमा एलसी खोलेको जानकारी गराएपछि बङ्गलादेशको कम्पनीले एलसी खोलेर मल खरिदको तयारी गर्ने जानकारी आएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार दुवै देशले एलसी खोलेको १५ दिनभित्रमा मल खरिद शुरु हुनेछ। ‘बङ्गलादेशमा गएर सम्झौता…

Read More

काठमाडौं: नेपाल इन्फ्रास्ट्रक्चर बैंकले साधारण सेयर निष्कासन गर्ने स्वीकृति पाएको छ। नियामक नेपाल धितोपत्र बोर्डले आइतबार देशकै पहिलो पूर्वाधार बैंकलाई साधारण सेयर जारी गर्न अनुमति दिएको हो। कम्पनीले ८ अर्ब रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने छ। सेयर जारीपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ हुने छ। सर्वसाधारणलाई कम्पनीले ४० प्रतिशत सेयर वितरण गर्ने छ। यसमध्ये ०.२ प्रतिशत सेयर कर्मचारीका लागि छुट्याइएको छ। ५ प्रतिशत हाराहारी सेयर सामूहिक लगानी कोष कम्पनीहरुले पाउने छन्। कम्पनीको कुल सेयरमा १० प्रतिशत सेयर सरकारको छ। बाँकी पैसा निजी क्षेत्रले लगाएको छ। बैंकको सञ्चालक समिति अध्यक्षमा अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा चन्द्रप्रसाद ढकाल, श्रीकृष्ण नेपाल…

Read More

काठमाडौ: नेपाल टेलिकम र काठमाडौ­तराई मधेश द्रुत सडक आयोजनाबीच अप्टिकल फाइबर बिछ्याउने विषयमा सम्झौता भएको छ। राजधानीलाई मधेशसँग जोड्ने छोटो (७२.५ कि.मी) मानिएको फास्ट ट्रयाकमा टेलिकमले इन्टरनेट पूर्वाधार विकास गर्ने गरी सम्झौता गरेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन उक्त सडकमा अप्टिकल फाइबर बिछ्याउने प्रावधानहरुसहित आयोजना र टेलिकमबीच २०७७ पुस १० गते एमओयूमा हस्ताक्षर भएको छ। टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र द्रुतमार्ग सडक आयोजनाका प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले हस्ताक्षर गरेका छन्। विभिन्न प्याकेजमा चरणबद्ध रुपमा निर्माण हुने द्रुत सडक आयोजना निर्माणका क्रममा नै अप्टिकल फाइबरसँग सम्बन्धित् ठेक्का समावेश गरी आवश्यक संरचना निर्माण गर्दै प्रावधान सम्झौतामा उल्लेख भएको…

Read More

काठमाडौं: आइतबार सेयर बजार सूचक करिब ४० अंकले घटेर २००० अंकभन्दा मुनि आएको छ। धितोपत्र बोर्डले ब्रोकर कमिसन करिब ३३ प्रतिशतले घटाएपनि लगानीकर्तामा भने कुनै उत्साह देखिएको छैन। सूचक घटेसँगै कारोबार रकम पनि पछिल्लो करिब एक महिनायताकै न्यून भएको छ। करिब ८० लाख कित्ता सेयर किनबेच हुँदा चार अर्ब ६६ करोड रुपैयाँको कारोबार भएको छ। सबै उपसूचक रातो भएको बजारमा सबैभन्दा धेरै जीवन बीमा समूह ५२० अंक र निर्जीवन बीमा समूह २३८ अंकले घटेको छ। २०४ कम्पनीको कारोबार हुँदा २० वटा कम्पनीको मात्रै मूल्य बढेको छ। १३ वटा कम्पनीको मूल्य स्थिर रहेकामा बाँकी सबै कम्पनीको मूल्य घटेको छ। नारायणी…

Read More

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मिलेनियन च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झैता नेपालको पक्षमा रहेको बताएका छन् । आइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ऊर्जामन्त्री रायमाझीले एमसीसी कार्यान्वयनमा सहयोग गर्न आग्रह गरे । कतिपय सम्झौता गर्दा देशको स्वाभिमानलाई कमजोर पार्ने बुँदाहरु छन् भने सच्याउन सकिने भन्दै उनले भने, ‘यो अपराध हो, सैन्य आक्रमण हुन्छ भन्ने मलाई विश्वास छैन ।’ पछिल्ला हरेक सरकारले एमसीसीलाई अनुमोदन गर्दै आएको भन्दै उनले अब पास गर्नुपर्ने बताए । उनले भने, ‘एमसीसी हुबहु लागू गर्नुपर्छ भन्ने त होइन । तर यदि त्यो लागू गर्न नसक्ने हो, ट्रान्समिसन लाइन निर्माण नगर्ने हो भने खतम हुनेवाला…

Read More

काठमाडौँ: आगामी माघ ७ गते प्रदेश १ को प्रदेशसभा बैठक बोलाइएको छ। आइतबार बसेको प्रदेश मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीका अनुसार आगामी माघ ७ गते हिउँदे अधिवेशन सुरु गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय भएको हो। यसअघि साउन ९ गते सभामुख सोमनाथ अधिकारीले प्रदेशसभाको बजेट अधिवेशन अन्त्य गरेका थिए। यसैगरी आजै बसेको बैठकले भौतिक पूर्वधार विकास मन्त्रालयबाट प्रस्ताव गरिएको प्रदेश यातायात नियमावली २०७७ स्वीकृत गरी लागू गर्ने निर्णय गरेकोसमेत कार्कीले जानकारी दिए। यसअघि मुख्यमन्त्री शेरधन राईविरुद्ध आजै अविश्वास प्रस्ताव दर्ता भएको छ। प्रदेश सांसद राजेन्द्र राईका अनुसार नेकपाको प्रचण्ड-नेपाल…

Read More

काठमाडौँ: आइतबारदेखि लागू हुने गरि घटाइएको ब्रोकर कमिशनको दरमा पुनरबचिार गर्न माग गर्दै धितोपत्र दलाल व्यवसायीहरु धितोपत्र बोर्ड पुगेका छन् । आइतबार बिहान १० बजे नै जावलाखेलस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेका शेयर ब्रोकरहरुले कमिशन घटाउने सम्बन्धमा बोर्डले गरेको निर्णय समयसामयिक नभएको भन्दै बोर्डको ध्यानाकर्षण गराएका छन् । बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानालाई भेटेर स्टक ब्रोकर एशोसिएसनका पदाधिकारीले आफुहरुसँग माग गरिएको सुझावका विषयलाई नसमेटी कमिशन दर घटाइएकोतर्फ ध्यानाकर्षण गराएका हुन् । बोर्ड अध्यक्ष ढुङ्गानालाई कमिशन घटाउन गरिएको निर्णयका सम्बन्धमा पुनरबिचारका लागि सुझाव तथा बजारको अवस्था सहितको ज्ञापन पत्र बुझाइएको एक शेयर दलाल व्यवसायीले बताए । आम्दानीका स्रोतलाई संकुचित बनाइँदै गर्दा कामका दायराहरु…

Read More

काठमाडौं: संसद विघटनका विरुद्ध देशव्यापी आन्दोलनका कार्यक्रम घोषणा गरेको नेकपा प्रचण्ड–माधव पक्षले आइतबार देशका सबै जिल्लामा जिल्लास्तरीय कार्यकर्ता भेला गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुष ५ गते असंवैधानिक ढंगले संसद विघटन गरेका थिए । त्यसका विरुद्ध प्रचण्ड नेपाल समुहकोे नौ गते सम्पन्न केन्द्रीय समिति बैठकले पुष १० गतेबाट पहिलो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । प्रचण्ड नेपाल पक्षले संसद विघटनलाई असंवैधानकि, अलोकतान्त्रिक र प्रतिगामी कदम भनेको छ । सोही क्रममा पुस १० गते पार्टीका केन्द्रीय सदस्य र सांसदहरु माइतीघरमा भेला भएर संसद विघटनको विरोध गर्दै जुलुससहित निर्वाचन आयोग पुगेर हस्ताक्षर बुझाएका थिए । त्यसैदिन आयोजित पत्रकार…

Read More

काठमाडौँ: प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ । भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो । अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक लक्षमण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड-माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बताइएको छ । प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् । यसअघि आजै बिहान प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय…

Read More