Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: अरबौं रुपैयाँ घुस खाने एक पूर्व बैंकरलाई मृत्युदण्ड दिइएको छ । चीनको एक बैंकका यी शीर्ष अधिकारीलाई शुक्रबार मृत्युदण्ड दिइएको चीनको सरकारी मिडिया पिपुल्स डेलीले जनाएको छ । ५८ वर्षका लाइ शाओमिन चीनको सत्ताधारी कम्युनिस्ट पार्टीका पनि सदस्य थिए । उनले बरिष्ठ बैंकिङ रेगुलेटरको रुपमा काम गर्ने क्रममा १.७९ बिलियन युआन (३२ अर्ब नेपाली रुपैयाँ) घुस लिएको आरोप थियो । अदालतले यही जनवरीको पहिलो हप्ता उनलाई दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो । उनलाई कुन तरिकाले मृत्युदण्ड दिइयो भन्ने खुलासा गरिएको छैन । उनीमाथि गोप्य तरिकाले दोस्रो परिवार सुरु गरेको समेत आरोप थियो । आफ्नो मूल परिवारभन्दा बाहिर…
काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सरकारका तर्फबाट आज (सोमबार)देखि बहस हुने भएको छ। प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरू भएको १३ औँ दिन हिजो(आइतबार) रिट निवेदकका तर्फबाट बहस सकिएको पछि आजदेखि सरकारका तर्फबाट बहस हुनेछ। १३ जना रिट निवेदकका तर्फबाट आजसम्म रिट निवेदक र कानुन व्यवसायी गरी ६८ जनाले बहस गरेका छन्। हिजोको बहसमा वरिष्ठ अधिवक्ता यदुनाथ खनालले प्रतिनिधिसभा विघटन गर्नु राजनीतिक प्रश्न नभएको हुँदा अदालतले संविधानको उचित तरिकाले व्याख्या गर्नुपर्ने तर्क राखे। खनालले प्रधानमन्त्रीको लिखित जवाफमा प्रतिनिधिसभा विघटनको यो धाराबाट गरिएको भन्ने कुनै पनि धारा उल्लेख नगरिएको तर्क गरेका थिए। रिट निवेदक तुलसी सिंखडाले प्रतिनिधिसभा कार्यकाल पाँच वर्षको भनेर…
काठमाडौं: सोमबारदेखि ‘आयोडिन मन्थ’ सुरु हुँदैछ । युनिभर्सल साल्ट आयोडाइज (युएसआई) का सदस्य राष्ट्रहरुको रुपमा नेपालले सन् १९९८ देखि हरेक वर्ष निरन्तर मनाउँदै आएको ‘आयोडिन मन्थ’ सोमबारदेखि सुरु हुन लागेको हो । युएसआईको आह्वान अनुसार प्रत्येक वर्षको फेब्रुअरीलाई विश्वभर यस्तो महिनाको रुपमा मनाउने गरिएको छ । सो अवधिमा आयोडिनयुक्त नुनको प्रयोगको विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएको छ । आयोडिनको कमीका कारण नेपालमा विगतमा निकै ठूलो विकृति देखिँदै आएको छ । सोमध्ये सबैभन्दा महत्त्वपूर्ण विकृतिको रुपमा रहेको भिजिबल गोइटर सज् १९८५÷८६ मा ४४.२ प्रतिशत रहेकोमा सन् २००७ मा यो घटेर ०.४ प्रतिशतमा सीमित भएको थियो । अहिले यो शुन्यमा…
किमाथाङ्का: सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको काम ४० प्रतिशत सम्पन्न भएको छ । परियोजनाले नदीको पानी डाइभर्सन गर्न ४२९ मिटरको सुरुङ मार्गसमेत निर्माण गरिसकेको छ । परियोजनाले सोमबार सुरुङतर्फ फर्काउने सबै तयारी पूरा गरेको सतलज कम्पनीका कार्यकारी अधिकृत अरुण धिमानले जानकारी दिनुभयो । परियोजनाको २०७४ वैशाख २९ गते प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गर्नुभएको थियो । अरुण नदीको पानी थुनेर सोमबार सुरुङतर्फ फर्काइने छ । बाँधस्थल मकालु गाउँपालिका–५ फ्याक्सिन्दा र विद्युत्गृहस्थल चिचिला गाउँपालिका–२ पुखुवामा निर्माणको काम चौबीसै घण्टा तीव्र गतिमा चलिरहेको परियोजनाले जनाएको छ । बाँधस्थलमा जयप्रकाश एशोसियटस निर्माण…
काठमाडौँ, १८ माघ (रासस) : नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ । अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ । विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।
काठमाडौँ, १८ माघ (रासस) : कोभिड–१९ विरुद्धको कोभिशिल्ड खोप आज पाँचौँ दिन ८८ हजार सात व्यक्तिले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार प्रदेश नं १ मा १२ हजार ७६३, प्रदेश नं २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा पाँच हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा छ हजार ८७७ जनालाई खोप लगाइएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप यही माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । मन्त्रालयले पहिलो चरणमा…
काठमाडौं : नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमालय आरोहणबापत उठ्ने रोयल्टी रकमको १० प्रतिशत आरोहीको हितमा खर्च गर्ने गरी छुट्याउन सरकारसँग प्रस्ताव गरेको छ । नेपालमा हरेक वर्ष ५० करोड भन्दा माथि हिमाल रोयल्टीवापत रकम संकलन हुने गरेको छ । यस्तो रकम अहिले तीन तहका सरकारले बाँडफाँट गरी राख्ने गरेका छन् । एनएमएका अध्यक्ष शन्तबीर लामाका अनुसार रोयल्टीवापत उठ्ने रकमको केही अंश हिमाल आरोही तथा सहयोगीहरुकै हितमा खर्च गर्नुपर्छ भन्ने मनसायसहित संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो । मन्त्रालयबाट यो प्रस्ताव अगाडि बढ्ने अपेक्षा लिइएको उनले जानकारी दिए । हिमाल आरोही र सहयोगीले ज्यानको…
काठमाडौं : लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले ओरालो लागेको छ । नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर र आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० मा खरिद बिक्री भए ।…
काठमाडौँ: प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ शुरु भएको १३औँ दिन आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । रिट निवेदक १३ जना थिए । उनीहरुका तर्फबाट हालसम्म रिट निवेदक र कानून व्यवसायी गरी ६८ जनाले बहस गर्नुभयो । सोमबारदेखि विपक्षीको बहस शुरु हुनेछ । रिट निवेदकका तर्फबाट आज गोपाल पाण्डे, अमिता गौतम, कृतिनाथ पौडेल र खडानन्द कँडेलले बहस गर्नुभयो । त्यस्तै रिट निवेदक लोकेन्द्रबहादुर ओली र केशरजङ्ग शाहीका तर्फबाट खेमानन्द अधिकारी र पूर्णप्रकाश बस्नेतले तथा रिट निवेदक कमलबहादुर खत्रीका तर्फबाट वरिष्ठ अधिवक्ता यदुनाथ खनालले बहस गर्नुभयो । रिट निवेदकहरु मनिराम उपाध्याय र तुलसी सिंखडाले बहस गरेसँगै सम्पूर्ण रिट निवेदकको बहस सकिएको…
काठमाडौँ: प्रहरीले कलंकीबाट शनिबार ३ किलो अफिम बरामद गरेको छ। धादिङका माइला भन्ने म्याक्रसु लो पक्राउ परेका हुन्। धादिङबाट अफिम बेच्न काठमाडौं ल्याउँदै गर्दा प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले म्याक्रसुलाई विशेष सूचनाको आधारमा पक्राउ गरेको जनाएको छ। थानकोट नाका पार गरेर कलंकी आइपुगेका म्याक्रसुको शरीर खानतास गर्दा कम्मरको भागमा बाँधेर लुकाएको अवस्थामा अफिम बरामद भएको थियो। पक्राउ परेका म्याक्रसु पेशेबर अफिम कारोबारी रहेको अनुसन्धानबाट खुलेको छ। बरामद गरिएको उक्त लागुऔषधसम्बन्धि थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
