काठमाडौं : नेपाल पर्वतारोहण संघ (एनएमए)ले हिमालय आरोहणबापत उठ्ने रोयल्टी रकमको १० प्रतिशत आरोहीको हितमा खर्च गर्ने गरी छुट्याउन सरकारसँग प्रस्ताव गरेको छ ।
नेपालमा हरेक वर्ष ५० करोड भन्दा माथि हिमाल रोयल्टीवापत रकम संकलन हुने गरेको छ । यस्तो रकम अहिले तीन तहका सरकारले बाँडफाँट गरी राख्ने गरेका छन् ।
एनएमएका अध्यक्ष शन्तबीर लामाका अनुसार रोयल्टीवापत उठ्ने रकमको केही अंश हिमाल आरोही तथा सहयोगीहरुकै हितमा खर्च गर्नुपर्छ भन्ने मनसायसहित संघले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव पठाएको हो ।
मन्त्रालयबाट यो प्रस्ताव अगाडि बढ्ने अपेक्षा लिइएको उनले जानकारी दिए । हिमाल आरोही र सहयोगीले ज्यानको बाजी राखेर गर्ने शाहसिक कामकै कारण संसारभर नेपाल चर्चित रहेको भन्दै यसमा राज्यले समेत केही न केही योगदान गर्नुपर्छ भन्ने अपेक्षा संघको छ ।
अघिल्लो साता माउण्ट केटुबाट हिउँदे सिजनमा नेपाल फर्किएका टिमका सदस्यहरुले राज्यबाट आरोहीलाई साथ र सहयोग नपाएको गुनासो गरेका थिए । सोही अवसरमा अध्यक्ष लामाले आरोहीको हितका लागि रोयल्टीवापतको रकम ‘वेलफेयर’मा खर्च गर्नुपर्ने प्रस्ताव मन्त्रालयमा गएको जानकारी आरोहीहरुलाई जानकारी गराएका थिए ।
संघ आफैंले समेत हिमाल प्रवर्द्धन गरी आरोहण रोयल्टी उठाउने गर्छ । सरकारले २७ वटा हिमालको जिम्मा नेपाल पर्वतारोहण संघलाई दिएको छ ।
न् ।