Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पुनर्स्थापनापछि प्रतिनिधि सभाको दोस्रो बैठक आज (बुधबार) बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसदीय सचिवालयले जनाएको छ। सचिवालयका अनुसार आजको बैठकमा ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ। यसअघि यही फागुन २३ गतेको पहिलो बैठकमा सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पेस गर्दा फिर्ता लिन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठकै अवरुद्ध पारेको थियो। त्यस्तै प्रचण्ड–नेपाल पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए। याे पनि : ‘प्रधानमन्त्रीज्यू, एसिड आक्रमणविरुद्धको अध्यादेश फेल गर्न खोजे भनेर झुट बोल्ने !’ जसका कारण सभामुख अग्नि सापकोटाले बैठक मंगलबार फागुन २५ सम्मका लागि स्थगन गरेका थिए भने अर्काे बैठक आज फागुन २६…
काठमाडौँ: ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आइपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत फागुन २१ गते शुक्रबारदेखि प्रतिशेयर एक सय रुपैयाँ अंकित दरमा ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आइपीओ खुला गरेको थियो । निष्काशनमा आउने कुल ६६ लाख कित्ता शेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता सामूहिक लागनी कोषका इकाइहरुलाई र सोही बराबरको शेयर इन्स्योरेन्सका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ । सामूहिक लगानी कोषका इकाइ र कर्मचारीहरुलाई सुरक्षित गरि बाँकी रहेको ५९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आएको हो । यस आइपीओमा लगानीकर्ताले धितोपत्र बोर्डबाट सि–आस्वा सदस्य बैंक तथा…
काठमाडौँ: बङ्गलादेशबाट खरिद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो । भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ । नेपाल सरकार र बङ्गलादेश सरकार (सरकार–सरकारबीच (जिटुजी) सम्झौताअनुसारको पहिलो चरणको रासायनिक मल नेपाल आइपुगेको हो । बङ्गलादेशबाट खरीद गरिएको ५० हजार मेट्रिक टन रासायनिक मलमध्येमा पहिलो चरणमा कोलकातामा २२ हजार ५०० टन रासायनिक मल ल्याइएको कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीले जानकारी दिए । उनका अनुसार कोलकाताबाट रेल तथा ट्रकमार्फत नेपालमा ल्याइनेछ ।…
काठमाडौँ: यस वर्षको महाशिवरात्रि पर्व यही फागुन २७ गते बिहीबार मनाइँदै छ । पर्वका अवसरमा काठमाडौँस्थित पशुपतिनाथ मन्दिर र देशभरका शिवालयहरूमा भक्तजन तथा साधुसन्तहरूको भिड लाग्छ । पशुपति क्षेत्र विकास कोषले शिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने श्रद्धालु भक्तजनको सुविधाका लागि सबै तयारी पूरा भएको जनाएको छ । कोषले ११ वटा उपसमितिहरू बनाएर महाशिवरात्रि पर्व व्यवस्थापनको काम गरेको छ । पशुपतिनाथ मन्दिर क्षेत्रमा करिब ८ लाख भक्तजन आउने कोषको अनुमान छ । भक्तजनको व्यवस्थापन र सुरक्षाका लागि नेपाल प्रहरीबाट ७ हजार र सशस्त्र प्रहरी बलबाट ३ हजार सुरक्षाकर्मी खटाइने कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए । कोभिडको जोखिम…
काठमाडौं:अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरानो बसपार्कमा भ्यु टावर निर्माण अघि बढाएका व्यवसायी मनोज भेटवालसहित ६ जनालाई नियन्त्रण लिएर विशेष अदालत काठमाडौंमा ११ वटा मुद्धा दायर गरेको छ। यीबाहेक विभिन्न व्यक्तिका विरुद्धमा पनि मुद्धा दर्ता गरिएको आयोगले जनाएको छ। आयोगले साविकको रोयल मर्चेण्ट बैकिङ्ग एण्ड फाइनान्स लिमिटेडका संचालक बसन्त मल्ल, बरिष्ठ प्रबन्धक विकास श्रेष्ठ, प्रबन्ध संचालक मधुवनलाल श्रेष्ठ, इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका संचालक मनोज कुमार भेटवाल, ऋणी भैरब प्रसाद भेटवाल र रविन लामासमेतलाई नियन्त्रणमा लिई मुद्धा दायर गरेको हो। सार्वजनिक सम्पत्ती हानिनोक्सानी गरेको भन्दै उनीहरु विरुद्ध मुद्धा दर्ता गरिएको हो। भिन्दाभिन्दै सम्पत्ती हानिनोक्सानीको कसुरमा ११ वटा आरोपपत्र दायर गरि कुल…
काठमाडौं: मुलुकको केन्द्रीय बैंकको दोस्रो ठूलो पद डेपुटी गभर्नरमा नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र नियुक्त भएका छन् । मंगलबार बसेको मन्पिरिष बैठकले ढुंगाना र मिश्रलाई डेपुटी गभर्नर नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । डेपुटी गभर्नर बनेकी ढुंगाना हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् । डेपुटी गभर्नरको एउटा कुर्सी समावेशी बनाउने सन्दर्भमा पनि उनलाई बलियो स्पर्धी मानिएको थियो । बमबहादुर मिश्र विदेशी विनियम विभाग प्रमुख रहेका कार्यकारी निर्देशक हुन् । पाँच वर्ष अघि डेपुटी गभर्नर नियुक्त भएका चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठको म्याद आगामी १९ फागुनमा सकिएको थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार राष्ट्र बैंकमा…
काठमाडौँ: केपी ओली नेतृत्वको एमाले र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो । सोही वर्ष २३ जेठमा निर्वाचन आयोगले ओली-प्रचण्डकाे नेकपालाई मान्यता दियो । योसँगै एमाले र माओवादी केन्द्र भन्ने दल रहेनन् । केही समयलगत्तै गोपाल किराँतीले निर्वाचन आयोगमा नेकपा माओवादी केन्द्र दर्ता गराए । किराँती एमालेसँग मिल्न नचाहेका माओवादी नेता थिए । एकता प्रक्रियाप्रति नै असहमति जनाउँदै अलग्गै बसेका उनले नेकपा बनिसकेपछि निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका थिए । केही दिनमै आयोगले उनकाे नाममा माओवादी केन्द्र रहने गरी निर्णय दियाे । एकताको एक वर्षपछि नेकपामा…
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देउवा निवास बूढानीलकण्ड पुगेका छन् । पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकलगत्तै प्रचण्ड देउवा भेट् गएका हुन् । माओवादी स्थायी कमिटी बैठकले सत्ता समीकरणका लागि कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो ।
काठमाडौं । सत्ता सहकार्यलगायतका विषयमा वार्ता गर्न नेकपा एमाले र जनता समाजवादी पार्टीले संयुक्त कार्यदल गठन गरेका छन् । दुवै पक्षबीचको छलफलपछि कार्यदल बनेको हो । कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका सल्लाहकार डा.राजन भट्टराई छन् । त्यस्तै जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहेको बताइएको छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले १२१ सिटसहित संसदमा पहिलो दल छ । तर, बहुमतका लागि अर्को दलसँग मिल्नुपर्ने भएकाले जसपासँग एमालेको छलफल चलेको हो । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सिट चाहिन्छ । हाल नेपाली कांग्रेसका विजयकुमार गच्छदार र अफताब आलम तथा जसपाका…
काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेको छ । आयोगले एमाले र माओवादीलाई पुनः एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन समेत सूचित गरेको छ । आयोगले सन्ध्या तिवारीलाई नेकपा एमाले र गोपाल किरातीलाई माओवादी केन्द्रको नाम दिन नसकिने भएकाले नयाँ नाम प्रस्ताव गरी १५ दिनभित्र सुधारसहितको विवरण आयोगसमक्ष पेश गर्न भनेको छ । आयोगले एमाले र माओवादीलाई नयाँ दलको रूपमा पुनः एकीकरण गर्ने भएमा एकीकरणपछि बन्ने दलको नाम…
