Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: संसद विघटनविरुद्धको आन्दोलनमा उत्रिएको नेकपा प्रचण्ड–माधव नेपाल पक्षका नेता कार्यकर्ता नारावाजी गर्दै निर्वाचन आयोग पुगेका छन् । माइतीघरमा भेला भएर उनीहरु सर्वोच्च अदालतको गेट अगाडीबाट भद्रकाली, न्युरोड, हुँदै निर्वाचन आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् । कान्तिपथस्थित आयोगको कार्यालयको मुख्य गेटअगाडीको मुख्य सडकमै बसेर विरोध प्रदशर्शन गरेका छन् । कान्तिपथमा पुगेर नेकपाको जुलुससभामा परिणत भएको थियो । सभालाई नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले सम्बोधन गरेका छन् । त्यसक्रममा उनले नेकपाको बहुमत सदस्य प्रचण्ड माधव पक्ष नै नेकपाको आधिकारिक पक्ष भन्दै सर्वोच्च अदालत र निर्वाचन आयोगलाई तलमाथि नगर्न चेतावनी दिए । ‘खवरादार ! यो हँसिया हथौडा र निर्वाचन चिन्ह हाम्रो…
काठमाडौँ: संवैधानिक इजलाश गठनका विषयमा कानुन व्यवसायीहरुले प्रश्न उठाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले गठन गरेको संवैधानिक इजलाशप्रति कानुनव्यवसायीले प्रश्न उठाएका हुन् । इजलाश सुरु हुनासाथ अभिवक्ता गोविन्द बन्दी र दिनेश त्रिपाठीले इजलाश गठनमा प्रश्न उठाए । त्यसपछि अधिवक्ताहरु र राणाबीच केहीबेर सवालजवाफ समेत भएको थियो । सो क्रममा प्रधानन्यायाधीश राणाले सबैले छाडिदिने हो भने कसले तपाईँहरुको मुद्दा हेरिदिन्छ भन्दै आफ्नो बचाउ गरे । ५ सदस्यीय गठित इजलासमा प्रधानन्यायाधीश जबराका अलावा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । बुधबार प्रधानन्यायाधीश जबराको एकल इजलासले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरू संविधानको धारा ७६ को…
काठमाडौँ: बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याइएको छ । सत्तारुढ नेकपाकै प्रचण्ड–माधव नेपाल पक्षले पौडेलविरुद्ध अविश्वास प्रस्ताव ल्याएको हो । उनलाई हटाएर नयाँ मुख्यमन्त्रीमा अष्ठलक्ष्मी शाक्यलाई प्रस्ताव गरिएको छ । ४५ जना प्रदेश सभासदस्यहरुले हस्ताक्षरसहित मुख्यमन्त्री पौडेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेका हुन् । यो प्रदेशमा नेकपाका ८० सांसद छन् । आजै बागमती प्रदेश सरकारका तीन मन्त्रीले राजीनमा दिएका छन् । आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमकट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलाल र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपालले राजीनामा दिएका हुन् ।
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका धेरै उजुरीमा तथ्य–प्रमाण नहुने गरेको पाइएको छ । आर्थिक बर्ष ०७६–७७ मा परेका उजुरी मध्ये करिब साढे ९ हजार उजुरी छानविन गर्दा तथ्य–प्रमाण नभेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । बिहिबार आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ३० औं बार्षिक प्रतिवेदन बुझाएको छ । सो प्रतिवेदनमा यस बर्ष परेका उजुरीमध्ये ९ हजार ३ सय ८७ उजुरी तामेलिमा राखेको उल्लेख गरिएको छ । तथ्य–प्रमाण फेला नपरेपछि ९ हजार ३ सय ८७ उजुरी प्रारम्भिक छानबिनपछि तामेलिमा राखिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले रातोपाटीलाई बताए । ‘प्रमाण र तथ्य नभेटिएका उजुरी हामीले तामेलिमा राख्छौं’ प्रवक्ता अधिकारीले…
काठमाडौँ: संसद् विघटनका विरुद्ध संघर्षका कार्यक्रम घोषणा गर्दै नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलिदेखि २५ गतेसम्म आन्दोलनका कार्यक्रम घोषणा गरेको जानकारी दिए । उनले आन्दोलनका लागि संघर्ष समिति गठन भएको जानकारी दिदै संघर्षलाई सशक्त पार्ने निर्णय भएको बैठकपछि जानकारी दिए । जसअनुसार पुस १० गते बिहान १० बजे प्रचण्ड–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य माइतीघरमण्डलामा उपस्थित हुने र प्रदर्शन गर्ने तय भएको छ । त्यसपछि सोही टोली निर्वाचन आयोगमा जाने तय भएको छ भने शुक्रबार नै २ बजे पत्रकार सम्मेलन राखिएको छ । यस्तै ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने,…
काठमाडौं: नेकपा ओली पक्षको केन्द्रीय समिति बैठक १६ वटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । बैठकपछि जारी विज्ञप्तिमा २०७७ साल पुस ५ गते प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयको तारिफ गरिएको छ । ओलीको उक्त कदमको चौतर्फी विरोध भइरहेको छ भने देशका सबै राजनीतिक पार्टीहरुले आन्दोलनका घोषणा गरेका बेला ओली पक्षले भने त्यसको स्वागत गरेको छ । संसद विघटनबारे ओली पक्षको बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘पार्टीका केही नेताहरुबाट आफ्ना निहित स्वार्थका लागि निरन्तर भइरहेको असहयोग, घेराबन्दी र षडयन्त्रलाई चिर्न र जनताको अभिमतलाई गलत ठाउँमा जान नदिन गरिएको वाध्यात्मक कदमका रुपमा ग्रहण गर्दछ ।’ ‘नेपालको संविधानले मुलुकको सार्वभौमसत्ता…
काठमाडौं: नेपाल उद्योग परिसंघले उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न उद्योगीलाई आग्रह गरेको छ। परिसंघले आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुवै पक्षलाई हानि पुग्ने जनाएको छ। बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिन परिसंघले आग्रह गरेको छ। उखु उत्पादन किसानको रोजीरोटी तथा चिनी उद्योगले अत्यावश्यक वस्तुको माग पूरा गर्न योगदान गर्ने भएकोले समयमै समस्या समाधान गर्न उपयुक्त हुने परिसंघले जनाएको छ।
काठमाडौं: व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ । अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब, नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब, निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २ अर्ब रुपैयाँ एकिन भएको छ । यस्तै नेपाल पुनर्बिमा कम्पनी लिमिटेडबाट १ अर्ब, कर्मचारी सञ्चय कोषबाट १ अर्ब, नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बिमा संस्थानबाट ५० करोड रुपैयाँ निश्चित भएको छ । अर्थमन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिरकुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा ३० अर्ब रुपैयाँको प्रतिबद्धता प्राप्त भएको छ । उहाँले निश्चत…
काठमाडौँ: प्रतिनिधिसभा विघटनपछि समानन्तर बैठक थालेका सत्तारूढ नेकपाका ओली र दाहाल-नेपाल समूहको आज अलगअलग केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रतिनिधिसभा विघटनपछि गत मंगलबार पहिलो पटक समानन्तररूपमा केन्द्रीय कमिटी बैठक गरेका दुबै समूहले आजको बैठकमार्फत सचिवालय सदस्य हेरफेरको तयारी गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली समूहले दिउँसो साढे १२ बजे बालुवाटारमा डाकेको छ । बैठकमा सचिवालय सदस्यहरूको संख्या थप्ने, चुनावी तयारी तथा अर्को समूहले सरकारलाई पारेको अप्ठेरोको भण्डाफोर गर्न गाउँतहस्म कार्यकर्ता खटाउने विषयमा ओलीले निर्देशन दिने तयारी गरेको एक सदस्यले जानकारी दिए । काठमाडौँको बबरमहलस्थित एक पार्टी प्यालेसमा दिउँसो १ बजे हुने पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको बैठकमा…
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य शेरबहादुर तामाङ आज (बिहीबार) बिहान बस्ने प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्। यसअघि उनी ओली समूहले रोखेको सांसद भेला तथा केन्द्रीय कमिटी बैठकमा सहभागी भएका थिए। उनले आफ्नो सबै नेताहरुप्रति आदरभाव रहेको बताउँदै साथीहरुसँग सल्लाह गरेर प्रचण्ड– नेपाल समूहको बैठकमा सहभागी हुने निर्णय गरेको बताए। ‘सबै नेताहरुप्रति आदारभाव छ। भोलि एक स्थान नआइ सुख छैन’, नेपालखबरसँग तामाङले भने, ‘साथीहरुले सल्लाह गरेर मैले आज कार्की पार्टी प्यालेसमा हुने केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छु।’ उनकी पत्नी उषाकला राईले पनि ओली पक्षले केन्द्रीय सदस्यमा गरेको मनोनयन अस्वीकार गरेकी छन्। सिन्धुपाल्चोकबाट सांसदमा…
