Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बितेको २४ घण्टामा देशभर थप ४१९ जनामा कोरोनाभाइरसस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । जसमध्ये २ लाख ५३ हजार ८५७ निको भएका छन् । बितेको २४ घण्टामा मात्रै ७५० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार बितेको २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ भने यससँगै कुल मृतकको संख्या १८७० पुगेको छ । हाल देशभर सक्रिय संक्रमित ५ हजार ७११ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।
काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपालाई अव विभाजनबाट जोगाउन सम्भव नभएको बताएका छन् । शनिबार नेकपा बागमति प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित आम कार्यकर्ता भेलामा उनले प्रचण्ड र माधव नेपाल नै पार्टी विभाजन गर्न लागि परेको भन्दै अव विभाजनबाट जोगाउन सम्भव नभएको बताए । उनले संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले मध्यावधि चुनावमा जाने गरेको निर्णय उचित भएकाले अब कसैले पनि रोक्न नसक्ने तर्क गरे । आफ्नै पार्टीको घेराबन्दी र असहयोगका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको उनले दाबी गरे । सरकारको लोकप्रिय काम पार्टीकै नेताहरूलाई अपच भएपछि जनतामा जाने गरी प्रतिनिधिसभा विघटन भएको पौडेलले बताए । संविधानअनुसार लोकतन्त्रमा प्रधानमन्त्रीले…
काठमाडौँ: नेकपाको प्रचण्ड–नेपाल समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेको विरोधमा देशव्यापी आन्दोलन गर्ने घोषणा आज पत्रकार सम्मेलनबाट गरिएको हो । आन्दोलन शान्तिपूर्ण हुने भन्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले देशभरबाट सरकारको खबरदारी गर्ने बताए । आन्दोलनका कार्यक्रम पुस २० गतेदेखि माघ २३ गतेसम्मका कार्यक्रम रहेका छन् । आन्दोलन अन्तर्गत जिल्ला, पालिका, वडा तहसम्म अन्तर्क्रिया, छलफल, विरोध प्रदर्शन लगायतका छन् । आगामी माघ १० गते राजधानी लगायत सबै शहरी केन्द्रमा मोटरसाइकल र्याली गर्ने कार्यक्रम रहेको छ । संसद पुनःस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल नेकपाले पहिलो चरणको आन्दोलन गरिसकेको छ । संसद विघटन गर्दै सरकारले आगामी…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि हालतमा प्रतिनिधिसभा पुनर्स्थापना नहुने बताएका छन् । आफू पक्षका काठमाडौं जिल्लाका कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् कुनै पनि हालतमा पुनर्स्थापना नहुने दाबी गरेका हुन् । प्रधानमन्त्रीको अधिकार प्रयोग गरेर संसद विघटन गरिएको भन्दै ओलीले पुनर्स्थापना हुनै नसक्ने तर्क गरे । उनले धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटनको सिफारिस गरेको बताए । उनले बेलायत र इजरायलको उदाहरण दिँदै आफूले गरेको संसद विघटन सही रहेको र स्वाभाविक भन्दै पुनर्स्थापना नहुने बताए । उनले कार्यकर्ता संरक्षण गर्न पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले प्रतिनिधिसभा पुनर्स्थापनाको हल्ला फैलाएको आरोप समेत लगाए…
जेन्सी: फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ । संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ । सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभावित मुलुकको भूमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ । राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन । ‘फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,’ सरकारका प्रवक्ता गाब्रियल…
काठमाडौँ: शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखामा भेटिएका काभ्रेका ध्रुव बोलखे निकै खुसी देखिन्थे। हातमा हेलमेट थियो। उनी त्यहाँ कसैलाई कुर्दै थिए। केही समयपछि महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराई बोलखे भएनजिकै आए। भट्टराईलाई देखपछि झनै बोलखेको अनुहारमा खुसी देखियो। एसएसपी भट्टराईले बोलखेको हातमा रहेको कागजपत्र हेरे। ‘अबदेखि लापरबाही तरिकाले जहाँ पायो त्यहाँ नराख्नू। ह्यान्डल लक गर्ने बानी बसाल्नू,’ भट्टराईले बोलखेलाई सम्झाउँदै थिए। बोलखेले पनि ‘हस्’ भन्दै धन्यवाद दिए। कोल्ड स्टोर सञ्चालन गर्दै आएका बोलखे कालोपुलमा डेरा गरी बस्थे। कुखुरा बोक्न सजिलो हुने भन्दै २७ कात्तिकमा बोलखेले २२० सिसिको पल्सर मोटरसाइकल किने। किनेको ४५ दिनमा अर्थात पुस ११ गते…
काठमाडौँ: निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा भएको परिवर्तनबारे सात दिनभित्र लिखित जानकारी गराउन दुवै समूहलाई पत्राचार गरेको छ। आयोगले शुक्रबार दुवै समूहलाई पत्र पठाएको प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिएका छन्। आयोगले राजनीतिक दल सम्बन्धी नियमावलीकाे अनुसूची १८ बमोजिम विवरण प्रस्तुत गर्नका लागि जानकारी माग गरेको थपलियाले बताए। अनुसूची १८ दलको विवरण हेरफेर भएको निवेदनको ढाँचा हो। जसमा दलले निर्वाचन आयोगमा बुझाएको विवरणमा हेरफेर गर्नु पर्ने भए त्यस विषयमा जानकारी गराउनु पर्ने हुन्छ। त्यसमा कुन मितिमा कुन केन्द्रीय समितिबाट के विवरण परिवर्तन भएको हो भन्ने विषयको निर्णय गरिन्छ। ‘पार्टीको वैधानिकताका सम्बन्धमा आज दुवै पक्षलाई पत्र पठाएका छौं,’ प्रमुख…
काठमाडौँ: संसद विघटनको कदमविरुद्ध नेकपा (प्रचण्ड-नेपाल) समूहले भोलि (शनिबार) दोस्रो चरणको कार्यक्रम घोषण गर्ने भएको छ। भोलि बिहान ११ बजे संघर्ष समितिको सचिवालयको बैठक बस्ने र त्यसले दोस्रो चरणको संघर्ष कार्यक्रम तय गर्ने एक नेताले जानकारी दिए। संघर्ष समितिको सचिवालयमा स्थायी समितिका सबै सदस्य छन्। यस्तै वागमती प्रदेशका पदाधिकारी, जबस मोर्चाका संयोजक र सहसंयोजक रहेका छन्। संघर्ष समितिका प्रवक्तामा स्थायी समिति सदस्य योगेश भट्टराई छन्। ‘भोलि बिहान ११ बजे संघर्ष समितिको बैठक बसेर संघर्षका थप कार्यक्रम घोषणा हुँदैछ’, ती नेताले भने, पहिलो चरणको कार्यक्रमको प्रभावकारीता भएपछि दोस्रो चरणको संघर्षको कार्यक्रम तय गरिन लागेको हो।’ स्रोतका…
काठमाडौँ: सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई किर्ते काम गरेको भनी लगाएको आरोपको खण्डन गरेका छन्। प्रधानमन्त्रीले सभामुख सापकोटाले संसद विघटन भइसकेपछि केहि सांसदहरुले हस्ताक्षर गरेर प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन भनी साढे ३ बजे प्रस्ताव दर्ता गर्न गएकोमा १०ः४० मै आएको भनी दर्ता गराएको आरोप लगाएका थिए। ‘सभामुखले किर्ते सनाखत गर्नुभयो। सभामुख जस्तो मर्यादित पदबाट साढे ३ बजे गएको प्रस्तावलाई साढे १० बजे गएको भनियो,’ ओलीले शुक्रबार प्रवासी नेपालीहरुसँग गरेको भर्चुअल अन्तरक्रियामा भनेका थिए। उनले संसद विघटन भइसकेपछि अविश्वास प्रस्तावको कुनै अर्थ नहुँदा नहुँदै पनि सभामुखले सो प्रस्तावलाई बैधानिकता दिने प्रयास गरेको बताए। प्रधानमन्त्री ओलीले संसद विघटनको…
काठमाडौँ: सञ्चार तथा सूचनाप्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले संसद पुनर्स्थापना भन्दा ताजा जनादेशमा जानुपर्ने अहिलेको आवश्यकता भएकोले सडक विरोधमा भन्दा चुनावी तयारीमा जुट्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । मन्त्रिपरिषद्का निर्णयहरु जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता गुरुङले सरकारले निर्वाचनको लागि सम्पूर्ण तयारी पूरा गरेको र यसै गरी निर्वाचन आयोगले पनि तयारी गरिरहेको बताए । उनले संसद पुनर्स्थापना हुन्छ भन्ने भ्रममा नपर्न समेत आग्रह गरेका छन् । अहिलेको सरकार काम चलाउ हो कि भन्ने खालका प्रश्न उठेको भन्दै वर्तमान सरकारलाई संवैधानिक तथा कानूनी मान्यता भएकोले कसैको भ्रममा नपर्न अपील गरेका छन् । सडकमा अभद्र नारा र…
